राज्यसत्ता
काठमाडौँ, पुस ११ । नेपाल मगर संघ केन्द्रीय समितिद्वारा यही २०८२ पुस १० गतेका दिन नेपाल मगर संघ केन्द्रीय समितिको कार्यालय, कलङ्कीमा जिल्ला समन्वय समिति काठमाडौँको सामानान्तर समिति गठन गरिएको छ । केन्द्रले सामानान्तर समितिको अध्यक्षमा रामशरण आलेमगरलाई चयन गरेको छ ।

उता विपक्षले पनि बाग्मती प्रदेशको १३ वटै जिल्ला प्रशासन कार्यालयमा पुगेर मुद्दा दायर गरेको समाचार प्राप्त भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति काठमाडौँका अध्यक्ष डबबहादुर गर्बुजामगरलाई सोध्दा यस बारेमा आफूलाई कुनै जानकारी नभएको र राजधानीबाहिर रहेको राज्यसत्तालाई बताए ।


हालको केन्द्रीय समिति नेपाल मगर संघ १२ औँ महाधिवेशनमा विधानविपरीत चयन भएर आएको अवैधानिक समिति हो । यस समितिले मगर मगरबीचमा लडाउने र फुटाउने गरी सामानान्तर समिति गठन गर्दै विधिविधान विपरीत शृङ्खलाबद्ध रुपमा अगाडि बढिरहेको छ । साथै, केन्द्रले मगर संघ विघटन गर्न विपक्ष लागिपरेको भनी भाष्य निर्माण गरी सोझासाझा मगरहरुलाई भ्रम फैलाउँदै आइरहेको छ ।
काठमाडौँ जिल्ला समितिको पुस १० गते समानान्तर समिति गठनपछि जिल्ला समन्वय सिमित ,सिन्धुलीमा यहि पुस १३ गते र नेपालमगर संघ बग्मती प्रदेशको पुस १९ गते भक्तपुरमा अधिवेशन गर्ने समाचार प्राप्त भएको छ । नेपाल मगर संघ बाग्मती प्रदेश समितिका अध्यक्ष सविन पुलामी ‘साकार’ले भने, नेपाल मगर संघ बाग्मती प्रदेश समिति नाम लिएर नेपालको संविधान, संस्थाको विधानविपरीत अवाञ्छनीय कार्यहरु गर्नेविरुद्ध कडा सङ्घर्ष गर्नेदेखि कानुनी प्रक्रियाअनुसार कारवाहीका लागि अगाडि बढिसकेकोे कुरा राज्यसत्तालाई जानकारी दिए ।
(हेर्नुहोस जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दर्ता नं. २३४९ को पत्र)

नवीन रोका र ज्ञानेन्द्र पुन एमाले पार्टीमा क्रियाशील भएको नाताले गण्डकी प्रदेशको कास्की जिल्ला समन्व समितिको अध्यक्षमा चरिकोट निवासी राम थापामगरलाई चयन गराएका थिए । थापामगरको पोखरामा कुनै जग्गा जमिन छैन र उनी प्राइभेट जागिरे बनेर पोखरामा बस्दै आएका थिए । हाल उपाध्यक्ष क्या. चन्द्रबहादुर गर्बुजा पुनमगरलाई कार्यवाहक अध्यक्ष दिएर उनी लामो समयदेखि जापानमा बस्दै आएका छन् ।

ज्ञानेन्द्र पुनले नेपाल मगर संघको साझा सङ्गठनलाई एमालेको भातृसंस्थाजस्तै गरी चलाउँदै आइरहेको आम मगरले प्रस्टैसँग देखेका छन् । साथै, ज्ञानेन्द्र पुन पार्टीको सिफारिसमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा कर्मचारी नियुक्त भएकाले आम मगरहरूको साझा मुद्दा सरकारसँग उठाउन नसकेको सिन्धुली अध्यक्ष अम्बिकाकुमारी मगकोे आरोप छ । त्यस्तै नेपाल मगर संघ केन्द्रले पर्वत, चितवन, सिन्धुली, भक्तपुर, काठमाडौँ जिल्ला र बाग्मती प्रदेश समितिमा समेत सामानान्तर समिति गठन गरी मगरहरुबीच एकआपसमा लडाउने, भिडाउने र दुःख दिने कार्य गरिरहेको जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नकुल रानामगरले बताए । संघमा बसेर अवैधानिक काम गर्दै आइरहेकाले मगर संघ केन्द्रसँग आम मगरहरु रुष्ट देखिन्छन् भन्ने रानामगरको थप गुनासो छ ।
