राज्यसत्ता ,
काठमाण्डौं, २०८२ मङ्सिर १९ गते (तदानुसार ५ दिसेम्बर २०२५) । भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपाल र गृहमन्त्री माननीय ओम प्रकाश अर्याल बिच छलफल भएकाेछ । भूतपूर्व सैनिक कल्याणकारी समिति, नेपालको प्रतिनिधि मण्डलले गृहमन्त्री सामु त्रिपक्षीय संधिअनुसार बेलायती सेनामा सेवा गरेका र सेवारत गोर्खाहरू र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तर हुनुपर्ने माग राखेकाेछ ।

साथै , आगामी राष्ट्रिय निर्वाचनमा गोर्खाहरूले आफ्नो नागरिकताको परिचयपत्र देखाई बेलायतबाटै मतदान दिने व्यवस्था मिलाई दिनको लागी अन्तरिम सरकारका गृहमन्त्री लाई CNCBG (Continuation of Nepali Citizenship for British Gurkhas} को माग सहित ज्ञापनपत्र बुझायकाेछ । ज्ञापनपत्र समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आलेज्यूले पढेर सुनाएपछि अध्यक्ष थापाले हस्तान्तरण गर्नुभएको थियो । ज्ञापनपत्र बुझेपछि गृहमन्त्री ओम प्रकाश अर्यालज्यूले बृटिश गोर्खाहरु नेपाल सरकारकै सन्धी सम्झौता बमोजिम गएकोले नेपाल सरकारले दोहोरो नागरिकताको सुनिश्चित गर्नु पर्नेमा हामी सहमत छौ, यसर्थः त्यसमा के कति पहल गर्न सकिन्छ त्यसकोलागि मैले सक्दो पहल गर्नेछु भन्नुभयो ।

विदेशमा बस्ने नेपालीले बिदेशबाटै मतदान गर्न पाउने गरी व्यवस्था गर्नको लागि सरकारले अध्यादेश ड्राफ्ट गरेर निर्वाचन आयोगमा दिएका थियौं, निर्वाचन आयोगले सहमतिका साथ फिर्ता पठाएको छ । अदालतको आदेश पनि व्यवस्था गर्नु भन्ने आदेश छ, अब स्टेकहोल्डरहरुको सहमती लिएरअगाडि बढाउछौ भन्नुभयो। त्यस विषयमा कानून मन्त्रालयले भने केही गम्भिर प्रश्न उठाएको छ। त्यसैले यस विषयमा आफ्नो सरकार गम्भीर रहेको र हामीहरू कसरी हुन्छ उहॅाहरूलाई समेट्न प्रयत्नरत छौं भनेर जवाफ दिनुभएको थियो ।
प्रतिनिधि मण्डलको नेतृत्व समितिका अध्यक्ष श्री हुम बहादुर थापाले गरेका थिए भने समितिका सचिव तथा वरिष्ठ अधिवक्ता चेत आले मगर, कोषाध्यक्ष श्री खुन बहादुर राना, सिएनसिबिजिको सदस्य पूर्ण बहादुर राना मगर , प्रतिमाया पुन मगर , कौशल जंग घले , दिल बहादुर क्षेत्री र अम्बिका कुमारी खुलाल मगर सहभागी थिए ।
