भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गर्दै जेनजी २.० समूहले गृहमन्त्री अर्याललाई ज्ञापनपत्र

Read Time:1 Minute, 40 Second

राज्यसत्ता ,

काठमाडौं । जेन्जी २.० समूहका युवासँंग गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार गृहमन्त्रालयमा भेटघाट गरेका छन् । सो अवसरमा जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ । जेनजी २.० नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।

जेनजी २.० समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए । उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए । साथै जेनजीमाथि कारबाही गर्दा नियत बुझन पनि उनले अनुरोध गरे । नियत सफा भए पनि तोडफोडमा संलग्नमाथि मानबीय भाबना हुनुपर्ने उनले तर्क राखे । उदाहरण दिंदै भने, जस्तो केही जेनजी युवाहरुलाई भ्रष्टाचारको अखडा यो सरकारी कार्यालय हो, यसलाई ध्वस्त गरयो भने देशबाट भ्रष्टाचार अन्त्य हुन्छ भनेर युवाको दिमाग भुटिदिए अनि ती अवोध युवाले भबन जलाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *