रबिन्द्रनाथ टेगाेरद्वारा लिखित कविता

Read Time:10 Minute, 52 Second

“Where the Mind is Without Fear”(जहाँ मन डरविनाको हुन्छ त्यहाँ शिर उच्च हुन्छ) भनेझैं असलि जनमुक्तिहरूकाे शिर सधैँ उचाे हुन्छ

-पूर्ण बहादुर राना

Where the Mind is Without Fear

Where the mind is without fear and the head is held high;
Where knowledge is free;
Where the world has not been broken up into fragments
By narrow domestic walls;
Where words come out from the depth of truth;
Where tireless striving stretches its arms towards perfection;
Where the clear stream of reason has not lost its way
Into the dreary desert sand of dead habit;
Where the mind is led forward by thee
Into ever-widening thought and action

Into that heaven of freedom, my Father, let my country awake.

नेपाली उल्था

जहाँ मन डरविनाको हुन्छ र शिर उच्च हुन्छ

जहाँ मन डरविनाको हुन्छ र टाउको गर्वसाथ उचालिन्छ;
जहाँ ज्ञान सबैका लागि स्वतन्त्र हुन्छ;
जहाँ संसार साँघुरो सीमामा विभाजित छैन;
जहाँ शब्दहरू साँचो भावनाको गहिराइबाट निस्कन्छन्;
जहाँ अथक प्रयास पूर्णताको दिशामा फैलिन्छ;
जहाँ तार्किक विचारको स्पष्ट प्रवाह
मृत र अड्चनले भरिएको मरुभूमिमा हराउँदैन;
जहाँ मनलाई तिमीले अगाडि बढाउँछौ
सधैं फराकिलो सोच र कर्मको दिशामा—
त्यो स्वतन्त्रताको स्वर्गमा, हे पिता, मेरो देश उठोस्।

प्रस्तुत कवितामा रबिन्द्र नाथ टेगाेरले मानिसकाे मनमा डर हुनुहुँदैन । डर नभएको मनले मानिसकाे शिर उच्च राख्छ । मनमा डर नभए शिर ठाडाे हुन्छ । उ गर्वले फुल्छ । जहाँ संसार सानासाना साँघुरो घेरामा विभाजित छैन् । साँघुराे घेरा भन्नाले छुत-अछुत, धनी-गरिबी, काला-गाेरा, शिक्षित-अशिक्षित, भाषा, धर्म, लिङ्ग र जाति, क्षेत्रमा विभाजित छैन त्यहाँ उसकाे शिर उच्च हुन्छ । मनमा डर नभए पछि उसकाे शब्दहरू साँचाे मनबाट निस्कन्छ जहाँ छलकपट, धाेकाधडि हुँदैन । जहाँ विभेद छैन त्यहाँ उसका परिश्रमी हातहरू पूर्णता र सफलतिर लम्कन्छ । उसकाे तार्किक बिचारहरू प्रष्ट हुन्छ । जहाँ मृत र अड्चन अर्थात परम्परावादि, रूढिवादि विभेदपूर्ण र अपमान भए पनि सफा र ईमानदार मन अगाडि बढ्छ । सत्य र तथ्य कर्म लिएर स्वर्ग अर्थात समृद्धकाे बाटोमा बढ्नकाे लागि भगवान वा ईश्वर र परमेश्वरलाई पसकारेका छन् ।

१) डरविनाको मन

“डरविनाको मन” भन्नाले भय, सामाजिक, राजनीतिक वा मानसिक दमन र दासत्वबाट मुक्त मनलाई जनाउँछ। जहाँ मानिसहरू स्वतन्त्र, निर्भीक, र खुला सोच राख्न सक्छ र समाज प्रगतिशील हुन्छ । र समाजमा विभेद हुँदैन ।

२) टाउको ठाडाे हुनु

टाउको उच्च राख्नु भनेको सबैखाले विभेदबाट मुक्त समाजमा मानिसहरूमा आत्मगौरव, सम्मान र आत्मसम्मान हुन्छ र व्यक्तिले आफ्नो मूल्य र स्वतन्त्रता बुझ्छ, अरूको दमन वा आलोचना गरे पनि उ डराउँदैन।

३) ज्ञान सबैका लागि स्वतन्त्र हुनु

सबै मानिस समान हुन् । शिक्षा र ज्ञान सर्वसाधारणको पहुँचमा हुनुपर्छ ।।केवल केही व्यक्तिका लागि मात्र ज्ञान हुनुहुँदैन भन्ने हाे ।

४) साँघुराे साेंच

“Narrow domestic walls” भन्नाले विश्व वा समाज साँघुराे साेंच जात, धर्म, भौगोलिक, सामाजिक, लिङ्ग, वर्ग विभाजन भन्दा माथि उठेर मानवता र एकतामा विश्वास गर्नुपर्छ भन्ने हुन्छ ।

५) साँचो शब्द र कर्म

साँचाे शब्द भन्नाले साेेझाे, ईमानदार र सत्य र तथ्यलाई विश्वास गर्ने भन्ने हुन्छ । जहाँ सत्य बोल्ने, सही काम गर्ने, र परिश्रम गर्ने समाज को चाहना भन्ने अर्थमा प्रयाेग हुन्छ ।
रूढिबाढि, पुराना बाध्यता र अन्ध विश्वासले मानवको सोचलाई अवरुद्ध नगर्ने हुनुपर्छ भन्ने हाे ।

६) मनको निरन्तर विकास

फराकिलो, सफा र चाेखाे मन वा सोच सधैं फराकिलो र प्रगतिशील दिशा र कार्यमा मा अघि बढिरहन्छ ।


असलि जनमुक्ति विचारधारा बुझेका “नेपाल जनमुक्ति पार्टी” का कार्यकर्ताहरू जुनसुकै समुदायको हाेस् चाहे मुस्लिम, आदिवासी जनजाति, मधेसी, दलित, खसआर्य, महिला, तेश्राे लिङ्गि, पिछडिएको क्षेत्र, गरिब जाेसुकै हाेस् आफूमा आत्मबल छ । असली जनमुक्तिहरूकाे मनमा डर हुँदैन । उ सधैं आफ्नाे समुदाय र अरू समुदायकाे अस्तित्वलाई उच्च सम्झन्छ । जनमुक्तियनहरूले समानतामा विश्वास गर्छन् । जनमुक्तियनहरूले सबैकाे अस्तित्व(existence) र बिपरित अस्तित्वकाे उच्च सम्मान गर्दै सहअस्तित्व(co-existence)लाई सर्वाेच्च स्थानमा राख्छन् । अस्तित्व र सहअस्तित्वलाई सम्बाेधन गर्न तपसिलका सुत्र(Formulae) अनुसार मात्रै सम्भव छ भन्ने दृढ विश्वास जनमुक्ति विचारधाराका अनुयायीहरूसँग छ । तपसिलकाे मुद्दाको विरासत(Legacy) “नेपाल जनमुक्ति पार्टी”सँग मात्रै छ । तल उल्लेख गरेका सुत्रहरूले कुनै जाति जित्ने कुनै जातिले हार्ने(Win-lose) हुँदैन । जुन सुत्रले सबै जातिकाे जित-जित(Win-Win)लाई प्रत्याभूति(Guarantee) गर्छ ।

तपसिलका सुत्रहरू;

जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व-जिन्दावाद!

जातीय मुक्ति- जिन्दावाद!!

जनमुक्ति विचारधारा- जिन्दावाद!!!

बहुजातीय लाेकतान्त्रिक समाजवाद- जिन्दावाद! !!!


परिशिष्ट(Postscript):

१) जातीय जनसंख्याको आधारमा समानुपातिक
प्रतिनिधित्वकाे सट्टामा राष्ट्रिय जनसंख्याको आधारमा
समानुपातिक प्रतिनिधित्व भन्न सकिन्छ ।

२) जातीय मुक्तिकाे सट्टामा राष्ट्रिय मुक्ति भन्न सकिन्छ ।

३) बहुजातीय लाेकतान्त्रिक समाजवादकाे सट्टामा बहुराष्ट्रिय
लाेकतान्त्रिक समाजवाद भन्न सकिन्छ ।

नेपाल जनमुक्ति पार्टीको २०६७ सालमा नवलपुर वर्दघाट सुस्ता पुर्व कावासाेतिमा चाैंथाे राष्ट्रिय महाधिवेशनमा एम. एस. थापाज्यूले “जातीय जनसंख्याको आधारमा” काे सट्टामा “राष्ट्रिय जनसंख्याको आधारमा” भन्ने भनेर राजनीतिक प्रतिवेदन बन्दसत्रमा पेश भएको थियाे । र तत्कालीन समयमा दलित, मधेसी, आदिवासी, मुस्लिम र महिलाको चेतना स्तर नउठिसकेकाेले राष्ट्रियकाे सट्टामा जातीय नै भन्ने भनेर महाधिवेशन हलले पास गरेकाे थियाे । किनकि जातिको उच्च विकसित रूप राष्ट्रिय हुन्छ । सर्वाेच्च विकसित रूप राष्ट्र हुन्छ ।

माथि उल्लेखित मुद्दा बाेक्ने कानुनी(Legal) र नैतिक(Moral) अधिकार(Authoruty) निलाे पृष्ठभूमिमा राताे सुर्य अंकित झण्डा र चुनाव चिन्ह “घर” लाई छ । भन्नलाई त अरूले पनि हामी असली जनमुक्ति भन्न पाईन्छ । कुनै छेकबार छैन । तर जातीय समानुपातिक प्रतिनिधित्व प्रणाली, जातीय मुक्ति र बहुजातीय लाेकतान्त्रिक समाजवादकाे कूल र मूल “राताे सुर्य अंकित निलाे झण्डा” र चुनाव चिन्ह “घर”सँग मात्रै छ ।

राष्ट्रिय समानुपातिक वा जातीय समानुपातिक प्रतिनिधित्वलाई अंगिकार गरेकाेले जनमुक्तिहरूले बाँडेर खानुपर्छ । मिलेर बस्नुपर्छ । नेपालमा बसाेबास गर्ने १४२ जातिलाई आफ्नै दाजुभाइ ठान्छन् । नेपाल देशलाई आफ्नै घर ठान्छन् । १२४ भाषालाई आफ्नै मातृभाषा र देशकै सम्पदा(सम्पत्ति) ठान्छन् । राज्यसत्ताका सबै निकाय र तहमा सबै जातिकाे अनुपात अनुसार अंशबण्डा गराै । भागवण्डा गराैं । पेटबाँडाे र दामासाहि तरिकाले अंशवण्डा र भागबण्डा गराैं भन्छ । किनकि जनमुक्तिहरूले हामी सबै १४२ जाति नेपाली दाजुभाइ र दिदिबहिनी हाैं । सबैले समान कर, राजस्व र रेमिट्यान्स तिरेका छन् भने विश्वास राख्छन् ।

भन्नलाई जे भनेनि हुन्छ लाजपचाएर । जसरी जुनसुकै रेष्टुरेन्टले आफ्नो रेष्टुरेन्टकाे नाम KFC राख्छन् । असलि KFC त (Kentucky Fried Chicken) का संस्थापक कर्नल हार्ल्यान्ड स्यान्डर्स (Colonel Harland Sanders) स्थापना गरेका हुन् । राख्न त रेष्टुरेन्टकाे नाम KFC राखेकाे बग्रेल्ती उदाहरणहरू छन् । अन्य नक्कली KFC काे पूरा रूप र अर्थ हेर्दा Kentucky Fried Chicken नभएर Kwality Food Cafe, Kings Food Cafe आदि आदि हुन्छ । जुन सरासर नक्कली हुन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %