जता भिड उतै हिंड

Read Time:5 Minute, 5 Second

पूर्ण बहादुर राना


१) क्षणिक भावनामा बगेर गर्ने राजनीति(Impulsive Politics) वा emotional politics र devotional politics

क्षणिक भवनामा बगेर गर्ने राजनीति ((Emotion-driven, impulsive politics) भनिन्छ ।

यस्ताे राजनीतिलाई सस्तो लाेकप्रियताकाे राजनीति (Populist Politics) पनि भनिन्छ । यस्ताे मानिसहरू भीडसँग रमाउँछन् । यिनिहरू क्षणिक भावना, रिस–आक्रोश, आफ्नो जातीय-धार्मिक भावनामा आधारित राजनीति गर्छन् । अन्य जातिकाे नेतृत्व स्विकार्दैनन् ।

भावना(Imulsive politics) ले सोच-विचार नगरी तुरुन्त प्रतिक्रिया दिने प्रकारको राजनीति संस्कारकाे विकास हुन्छ ।

यिनिहरू जता भिड उतै हिंड भन्ने खालकाे हुन्छ । जस्तै यस्ता राजनीति गर्ने मानिसहरू कतै बाटामा जाँदा राजेश हमाल भेटे भने फाेटाे क्लिक गरिहाल्छन् र साेसल मिडियामा राखि हाल्छन् । मानाैं कि उसलाई राजेश हमालले पनि चिन्छ भन्ने भान हुन्छ ।

दृष्टान्तकाे लागि भावनाकाे राजनीति गर्ने जनमुक्तियनहरूलाई अन्य ठूला दल काङ्ग्रेस, एमाले, माओवादीले वडा अध्यक्ष, पालिका अध्यक्ष दिए पनि मख्ख हुन्छन् । प्रदेश वा केन्द्रीय समितिमा सिफारिस गरे पनि भुँईमा खुट्टा हुँदैन । मलाई त वडाअध्यक्ष र सांसदकाे टिकट दिएको भनेर गर्व गर्छन् । म ठूलै नेता भएछु भनेर मख्ख पर्छन् ।

भावनात्मक राजनीति गर्नेहरू मेख मार्ने राजनीति गर्छन् । कसैलाई लखेट्न पाए खुसि हुन्छन् । सबैलाई लखेटेर, हुनेनहुने आराेप लगाएर, कुरा काटेर, झगडा गरेर, अपशब्द बाेलेर, निषेध र प्रतिशाेधकाे राजनीति गरेर मख्ख पर्छन् । र गर्व गर्छन् । आफुले मन नपरेकाे मान्छे वा नेता, कार्यकर्ताले दु:ख पाउँदा खुच्चिङ गर्छन् । मन नपर्नेलाई जसरी पनि लखेटि छाड्छन् ।

यिनिहरू अरूलाई दुःख, पीडा वा कष्ट दिएर रमाउने निर्दयी(Sadist) हुन्छन् । यिनिहरू खलनायक प्रवृत्तिकाे हुन्छन् । अर्थात अरूकाे दुस:खमा सुख मान्ने प्रवृत्तिकाे हुन्छन् । यस्ता दुष्टहरू सबैलाई लखटेर आफू एक्लै बस्छ । यिनिहरूले पार्टी आफू एक्लैले धानेकाे ठान्छन् । उ आफुलाई ठूलो नेता ठान्छ ।

तर उसलाई हेक्का हुँदैन कि पक्का उ आफु जनमुक्तिकाे नेता भएको भए त काङ्ग्रेस, एमाले र माओवादीका ओलि, देउवा र दाहालहरू आफ्नो पार्टी छाडेर म जनमुक्ति पार्टीमा आउँछु भनि माग राख्थ्याे हाेला भनेर ।


२) नीति, विचार, दर्शन बुझेर गर्ने राजनीति(ideological politics)

पार्टीको निति, सिद्धान्त विचार र दर्शन बुझेर (Thoughtful, ideological, principle-based politics) राजनीति गर्ने खालको हुन्छ।

याे दर्शन, सिद्धान्त, विचार प्रणालीमा आधारित राजनीति।यस्तो राजनीति नीति-नियम, मूल्य-मान्यताका आधारमा चल्ने राजनीति हाे ।

नीति, योजना, अध्ययन गरिएको मार्गदर्शनमा आधारित राजनीतिलाई Policy-driven Politics, Rational, Philosophical Politics Politics) अर्थात तर्क, विश्लेषण, तथ्य आधारमा चल्ने राजनीति भनिन्छ ।
याे राजनैतिक दर्शन र गहिरो चिन्तनमा आधारित राजनीति।
बिचार बुझेपछि उ दीर्घकालसम्म राजनीति गर्छ । उसले भिड हेर्दैन् । उसले बुझेको राजनीतिक दर्शनले अवश्यम्भावी जातीय मुक्ति दिलाउँछ भन्ने अटल विश्वास सहित उ आफू एक्लो भएपनि पार्टीबाट बिचलन नभई बसिरहन्छ । उसले व्यक्तिगत ईच्छा आकांक्षा र अवसर त्यगि दिन्छ ।

अधिकार र आवाजबिहिन समुदाय र जनतालाई घाटा पारेर व्यक्तिगत फाईदा लिनु भन्दा नलिई सबै माैका र अवसरलाई तिलाञ्जलि दिन्छन् । पार्टीलाई परेकाे जस्तोसुकै प्रतिकुल अवस्थामा पनि उ सतिसाल भएर उभिरहन्छ । भरसक सबैलाई समेटाैं र सबैलाई पार्टीमा अटाअाैं भन्ने हुन्छ । उनिहरू एकतामा बल देख्छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *