नेपाल बौद्ध परियत्ति शिक्षाको लागी शिक्षा मन्त्री संग छलफल (फाेटाे सहित)

Read Time:6 Minute, 54 Second

हुम बहादुर थापा मगर
काठमाण्डौ , १ मङ्ंसिर — नेपाल बौद्ध परियत्ति शिक्षाको लागी शिक्षा मन्त्री माननिय श्री महाबिर पुनज्यू संग ३० कार्तिक २०८२ कादिन सिंहदरबार स्थित शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयमा छलफल भएकोछ ।

छलफलमा परियत्ति शिक्षाका केन्द्रीय परिक्षा नियन्त्रक भिक्षु बेधिज्ञान महास्थविर ज्यूको नेतृत्वमा नौ सदिस्य प्रतिनिधि मण्डलले भेटगरि नेपाल बौद्ध परियत्ति शिक्षा बोर्ड गठन बारे छलफल गरेको थियो ।

छलफलमा अन्य बौद्ध शिक्षाका बिज्ञ, बौद्ध शिक्षक,बौद्ध शिक्षाका अनुसन्धानकर्ता र अभियान्ताहरुमा भिक्षु उत्तरो स्थविर , पूर्व मन्त्री डा.केशबमान शाक्य , डा.त्रिरत्न मानन्धर , डा.सबिता धख्वा , नेपाल मगर बौद्ध सेवा समाजका उपाध्यक्ष बल बहादुर रखाल मगर , महासचिव भिम बहादुर मगर , सचिब सोबित राना मगर पूर्व उपसचिव , नेपाल सरकार , बौद्ध अभियान्ता प्रतिमाया पुन मगर र पाल्पा रिब्डीकोट बुद्ध विहारका अध्यक्ष एबं सहजकर्ता हुम बहादुर थापा मगर रहेका थिए ।

२६०० बर्ष अगाडि नेपालमा जन्मनु भएको गौतम बुद्धको शिक्षा जनजनमा पु¥याउन बि.सं. २०२० मा अखिल नेपाल भिक्षु महासंघले अनुमोदन गरी “नेपाल बौद्ध परियत्ति शिक्षा” नामाकरण गरी औपचारिक रुपमा देशका विभिन्न जिल्लाहरु र बिदेशमा बेलायत , अमेरिका लगायतका देशहरुमा संचालन गर्दै आइरहेको छ ।

हाल सम्म ६२ वर्ष भित्र ३० वटा भन्दा बेसी जिल्लामा १०० वटा भन्दा बढि परियत्ति केन्द्रहरु मार्फत ६८,८९२ जना बिद्यार्थीहरु लाभान्वित भैसकेका छन । परियत्ति शिक्षाले मानिसलाई असल मानिस बन्न सिकाउंछ । यसले मानिसमा नैतिक आचरण बृद्धि भएको कुरा विभिन्न अध्ययन/मुल्यांकन अनुसन्धानबाट प्रमाणित भईसकेको छ ।


नेपाल बौद्ध परियत्ति शिक्षाको दीर्घकालीन लक्षहरु यसरी निर्धारण गरिएको छ –
१. परियत्ति शिक्षाको संस्थागत विकास, दक्ष जनशक्ति उत्पादन तथा केन्द्रहरुको विस्तार गर्ने ।
२. गुणस्तरीय पाठ्यक्रम र पाठ्यपुस्तक उपलब्ध गराउने ।
३. गुणस्तरीय र ब्यवस्थीत परीक्षा प्रणालीको विकास गर्ने ।
४. परियत्ति सम्बन्धमा आवश्यक अनुसन्धान गर्ने जनशक्ति निर्माण गर्ने ।

केही वर्ष देखि नेपाल मगर बौद्ध सेवा समाजले पनि विभिन्न जिल्लामा परियत्ति शिक्षा संचालन गर्दै आइरहेको छ । यो शिक्षालाई नेपाल सरकारको मान्यता र ब्यवस्थापन सहयोगमा संचालन गरी देशब्यापि विस्तार गरी धेरै बिद्यार्थीहरुलाई लाभ पु¥याउनु पर्ने कुरा उठाउनु भएकोमा अखिल नेपाल भिक्षु महासंघको ध्यानाकर्षण भयो ।

यसको लागि राज्यको पहलमा एक स्वायत्त नेपाल बौद्ध परियत्ति शिक्षा बोर्ड गठनको आवश्यकता देखिएकोले माननीय मन्त्रीज्यूले सो बोर्ड गठन गर्न शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयबाट आवश्यक कार्यवाही अगाडि बढाइ दिनु हुन विनम्रता साथ यो निवेदन पेश गरेका छौं भनि सो बोर्ड गठनको लागि एक प्रस्तावना यसै निवेदन संगै संलग्न पेश गरेको अखिल नेपाल भिक्षु महासंघका महासचिव, भिक्षु धर्मगुप्त महास्थबिरले हस्ताक्षर गर्नुभएको निबेदन मन्त्री महाबिर पुन ज्यू लाई परियत्ति शिक्षाका केन्द्रीय परिक्षा नियन्त्रक भिक्षु बेधिज्ञान महास्थविर ज्यूले हस्तान्त्रण गर्नु भएको थियो । उक्त निबेदनमा नेपाल मगर बौद्ध सेवा समाज लाई बोर्धाथ तथा आबश्यक समन्वयार्थको लागी पनि पत्रमा समाबेश गरिएकोछ ।

साथै , भिक्षु बेधिज्ञान महास्थविर ज्यू र डा.सबिता धख्वाले बौद्ध परियत्ति शिक्षाको कक्षा १ देिख १० सम्मकाे पाठय पुस्तक साथै महासचिव भिम बहादुर मगर , सचिब सोबित राना मगरले नेपाल मगर बौद्ध सेवा समाजले प्रकाशन गरेकाे जन्म देखि मृत्यु सम्मकाे कर्मकाण्ड र बुद्ध शिक्षा र मगर समुदाय नामक पुस्तक मन्त्री पुन लाई हस्तान्त्ररण गर्नु भएको थियो ।

निश्कर्षः
लागी शिक्षा मन्त्री माननीय महाबिर पुनज्यूले स्कुलको कक्षा १ देखि ५ कक्षा सम्मका साना बिध्यार्थी हरु देखिनै ध्यान ,शील र बर्तव्य आदि प्रयोगात्मक रुपमानै व्यावहारिक रुपमा नैतिक शिक्षा दिनु पर्ने सुझाव दिनुको साथै सोहि अनुसार कक्षा ६ देखि माथीकालाई सरकारको पाठयक्रममा समाबेस गर्न परियत्ति शिक्षालाई पहल गर्न पनि अनुरोध गर्नुभयो । शिक्षा मन्त्री माननीय महाबिर पुनज्यूको आबश्यक समन्वयार्थका लागी परियत्ति शिक्षक एवं पाठयपुस्तक निर्माणकर्ता डा.सबिता धख्वा ज्यू र नेपाल मगर बौद्ध सेवा समाजका महासचिव भिम बहादुर मगर ज्यूलाई सदस्यमा राखिएकोछ ।

नेपाल बौद्ध परियत्ति शिक्षा बोर्ड गठनका लागी प्रस्तावना :

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *