कता लाग्ने तपाईंहरूकाे ईच्छा र स्वनिर्णय हाे? चाहे नेपाल जनमुक्ति पार्टीमा लाग्नुहाेस् वा राष्ट्रिय जनमुक्ति पार्टीमा लाग्नुहाेस । वा तटस्थ वा स्वतन्त्र बस्नुहाेस् । यसमा कसैलाई करकाप छैन ।
जनमुक्ति पार्टी अघि नबढ्नुकाे कारणहरू;
१. स्मरण शक्ति कमजाेर हाे वा बाेल्ने आँट नभएकाे के हाे?
२०४७ साल वैशाख २३ गते नेपाल राष्ट्रिय जनमुक्ति माेर्चा स्थापना भयाे । स्थापना भएकाे एक वर्ष नबित्दै अर्थात् २०४८ साल माघ ६ गते “नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा” र डा . खगेन्द्रजङ्ग गुरुङज्युको नेतृत्वमा रहेको “राष्ट्रिय जनजाति पार्टी” बिच एकता भै “राष्ट्रिय जनमुक्ति पार्टी” नाम रहन गयो ।
२०४८ सालदेखि अनवरत रूपमा हजारौं लाखौं नेता कार्यकर्ताकाे पसिना रगत, तन, मन, धनले सिंञ्चित पार्टीकाे नाम परिवर्तन गर्न भनी २०७४ मा सम्पन्न ११अाैं राष्ट्रिय भेलामा तत्कालीन महासचिव केशव सुर्यवंशीकाे प्रस्तावमा “राष्ट्रिय जनमुक्ति पार्टी “काे नाम परविर्तन गरि “नेपाल जनमुक्ति पार्टी” राख्ने प्रस्ताव बन्दसत्र हलले पारित गर्याे । र अध्यक्ष केपी पालुङ्वा पढेर निर्णय सुनाउनु भयाे । त्यसबेला “राष्ट्रिय जनमुक्ति पार्टी”को नाम फेरेर “नेपाल जनमुक्ति पार्टी” राख्न हुन्न । राष्ट्रिय जनमुक्ति पार्टी जनजिव्राेमा झुण्डिसकेकाे छ । या ब्रान्ड भईसकेकाे छ । नाम फेर्नुभन्दा काम गर्ने कार्यशैली फेराैं भन्ने म मात्रै थिएँ ।
केन्द्रीय मिटिङ, राष्ट्रिय सम्मेलन र महाधिवेशनमा उठेकाे ऐजेन्डा के हाे र पारित निर्णय के हाे ख्याल नगर्ने । फुरफुरे राजनीति गरेकाे जस्ताे व्यावहार देखाउने । किन २०७४ काे ११अाैं राष्ट्रिय सम्मेलनमा नेपाल जनमुक्ति पार्टी नाम फेर्ने प्रस्ताव पारित गरि निर्णय गर्दा किन तालि बजाएर सहमति जनायाे?
मिति २०८१ वैशाख २९ र ३० गते डाहाखानि चितवनमा सम्पन्न प्रथम विधान महाधिवेशनमा पनि “राष्ट्रिय जनमुक्ति पार्टी” काे नाम “नेपाल जनमुक्ति पार्टी” बनाउन किन सहमति गरियाे । “राष्ट्रिय” लाई हटाएर नेपाल बनाउने प्रस्ताव ल्याउँदा तत्कालीन कार्यकारी अध्यक्षले कुन शक्ति वा समुहलाई खुसि पार्नु थियाे । अनि अध्यक्ष केपी पालुङ्वाले किन हतार हतार गरेर महाधिवेशन सम्म नपर्खेर “राष्ट्रिय” ठाउँमा केही अनुपस्थित हुनेहरूकाे हस्ताक्षर गरेर “नेपाल” राख्याे? कुन शक्ति वा समुहलाई खुसि पार्नु थियाे? उत्पिडित समुदाय माथि गरेकाे याे कुटिल चालकाे हिसाबकिताब र लेखाजोखा समयक्रममा ईतिहासले निर्मम तरिकाले गर्नेनै छ ।
अनि तत्कालीन राष्ट्रिय जनमुक्ति पार्टी र हाल नेपाल जनमुक्ति पार्टी मा रहेका नेताहरूकाे स्मरण शक्ति कमजाेर भएको थियाे? वा कुनै शक्ति पिठलाई खुसि पार्नु थियाे? राष्ट्रिय शब्दसँग अाैधि माया हुनेहरूले ११अाैं राष्ट्रिय सम्मेलन र विधान महाधिवेशनमा किन चुँईक्क बाेलेनन्?
२) एउटा छ अर्काे छैन अर्काे छ एउटा छैन
राष्ट्रिय जनमुक्ति पार्टी मन पर्छ चुनाव चिन्ह “घर” र “राताे सुर्य अंकित निलाे झण्डा” छैन । चुनाव चिन्ह “घर” र “राताे सुर्य अंकित निलाे झण्डा” छ “राष्ट्रिय” छैन् । घरमा एकलसाेरा (अर्थात एक्लाे व्यक्ति)ले काम गर्दा यस्तै हुन्छ । जस्तै बनतिर काम गर्दा घरकाे काम गर्ने छैन् । घरमा काम गर्दा बनतिर काम गर्ने छैन् । यतिबेला जनमुक्ति पार्टी नामका दुईवटा मकै घाेगा जस्तै भएको छ । एउटा राम्रो घाेगा छ अर्काे नराम्रो छ । अर्थात एउटा घाेगा खाेसल्दै जाँदा खाेया छ मकै छैन । अर्काे घाेगा खाेसल्दै जाँदा खाेस्टा छैन तर मकै पनि छ खाेया पनि छ ।
पार्टी मन पर्याे चुनाव चिन्ह र झण्डा छैन । चुनाव चिन्ह र झण्डा मन पर्याे पार्टी छैन् । मज्जाले लाेप्पा खुवाए कुटिल नेताहरूले ।
३) “मुसा बढेर ठूलाे कि हात्ती घटेर सानाे?”
एकपटक जंगबहादुर राणा गाउँ घुम्न निस्केछन् ।
राणा आफ्नो सवारीसहित देशको गाउँतिर राजसी पोशाकमा, हातमा लठ्ठी, घोडामा सवार जंगबहादुर आफ्नो परिचित दम्भका साथ गाउँको बाटो हुँदै अघि बढ्दै थिए। त्यही बेला बाटो छेउमा उनले एउटा अनौठो जनावर देखे । त्याे जनवार सुँगुर थियाे ।
त्यो जनावर न मुसा जस्तो सानो, न हात्ती जस्तो ठूलो देख्दा जंग बहादुर राणालाई अनाैठाे लागेछ । केही बेर उनले ध्यानपूर्वक हेरेछन् । अनि हाँस्दै आफ्ना साथीसँग भनेछन्;
“यो जनावर त अचम्मको छ!
मुसा बढेर ठूलो भएको हो कि हात्ती घटेर सानो भएको हो?”
सबै दरबारका मानिसहरू हाँसे अरे । अहिले जनमुक्ति पार्टी देख्दा नेपाली जनता हाँसेका छन् कि राष्ट्रिय जनमुक्ति पार्टीबाट नेपाल जनमुक्ति पार्टी भएको हाे कि नेपाल जनमुक्ति पार्टीबाट राष्ट्रिय जनमुक्ति पार्टी भएको हाे भनेर ।
४) तँ गाउँकाे राजा म बनकाे राजा
एकपटक राजा महेन्द्र देशको पश्चिम पहाडी क्षेत्रमा भ्रमणमा निस्किएका थिए। त्यस क्रममा जंगलतिर उनले राउटे समुदायका मानिसहरू भेटेछन् । राउटेहरू जंगलमा बसेकाे देख्दा अचम्म मानेछन् । राउटेहरू जंगलमै बस्थे । उनिहरू जंगलमा बसोबास गर्ने, सिकार र रुखको सामान बनाएर जीविकोपार्जन गर्नेर स्वतन्त्र घुमन्ते समुदाय थिए।
राजा महेन्द्रले तिनीहरूलाई अचम्मका साथ हेरेछन् र सोधेछन् ।
“तिमीहरू कहाँका राजा?”
त्यसबेला एक राउटे बुढा अगाडि सरेर हाँस्दै उत्तर दिएछन्,
“तँ गाउँको राजा, म बनको राजा।”
राउटे बुढाले राजालाई झुक्ने होइन, बराबरीको अस्तित्व देखाए।
“तँ गाउँको राजा” – अर्थात्, तँ आफ्नो राज्यमा शासन गर,
“म बनको राजा” — म मेरो संसारमा स्वतन्त्र छु।
अहिले केपि र केशव यस्तै भएका छन् । एउटा नेपाल जनमुक्ति पार्टीको राजा(अध्यक्ष) अर्काे राष्ट्रिय जनमुक्ति पार्टीको राजा(अध्यक्ष)
यसकाे विजाराेपणलाई मल, जल, बल दिने काम जनमुक्ति पार्टीका नेता कार्यकर्ताले नै गरेका हुन् । छैटौं महाधिवेशनमा दुईवटा राजाहरू अध्यक्ष र कार्यकारी अध्यक्ष लिएर आयाैं हामी जनमुक्ति भनाउँदाहरूले । पार्टी बिभाजनकाे रूपरेखा उतिबेलै काेरिएकाे थियाे ।
५) पार्टी फुटाउँदा हड्डी हाेईन मासि हाँसेकाे छ
नेपाल जनमुक्ति पार्टी फुटाएर फेरि राष्ट्रिय जनमुक्ति पार्टी बनाउँदा र बनाउन बाध्य पार्न पाउँदा कसैकाे ओंठ हाँसेकाे छ । कसैकाे मुख हाँसेकाे छ । कसैकाे मन हाँसेकाे छ । कसैकाे हड्डी हाँसेकाे छ । कसैकाे हड्डी भित्रकाेमासि हाँसेकाे छ । यिनकाे जित भनेकाे एउटाले पार्टी फुटाउन बाध्य पार्ने माहाेल खडा गर्ने र फुटाउने नै अल्टिमेट जित हाे ।
६) नेता प्रधान कि नीति प्रधान?
म लालबुझ्कड हुनसक्छु । लालबुझ्कड भनेकाे धेरै बुझेकाे तर उल्टाे बुझेकाे भन्ने हुन्छ । म र म जस्ता नेपाल जनमुक्ति पार्टीमा टिकेकाे जनमुक्ति विचारधारा, जातीय(समुदाय) समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता, मातृभाषामा(बहुभाषिक शिक्षा) नितिले गर्दा हाे । यी माग पूरा गर्नलाई जनतालाई एकढिक्का पार्ने घर चिन्ह राताे सुर्य अंकित निलाेझण्डाले गर्दा हाे । यी चिन्हकाे कानुनी आधिकारिकता नेपाल जनमुक्ति पार्टीसँग छ । म बसेकाे कसैकाे अनुहार हेरर बसेकाे छैन । मत ती उत्पिडित दलित, मधेसी, आदिवासी जनजाति, महिला, मुस्लिम र उत्पिडत खसआर्यकाे मुख हेेरर याे चुनाव चिन्ह “घर” र राताे सुर्य अंकित निलाे झण्डा मुनि बसेकाे हुँ ।
मेराे सवालमा यदि घर चिन्ह राताे सुर्य अंकित निलाेझण्डाले जनमुक्ति विचारधार त्याग्छ । जातीय मुक्ति त्याग्छ । जातीय समानुपातिक, बहुजातीय लाेकतान्त्रिक समाजवाद, धर्म निरपेक्ष त्यागेर याे नेपाल जनमुक्ति पार्टीले मगरकाे मात्रै अधिकारकाे कुरा गरेनि म याे पार्टीमा एक सेकेन्ड त के मिलिसेकेन्ड बस्ने छुईन । याे पार्टीले आदिवासीकाे मात्रै अधिकारकाे कुरा गरेनि म बस्ने छैन । नेपाल जनमुक्ति पार्टीले आदिवासी, दलित, मधेसी र मुस्लिमको मुद्दा मात्रै बाेके पनि म बस्ने छैन । म लडेकाे सबे जाति , भाषा,धर्म र सबैखाले उत्पिडित जाति समुदायहरूकाे अधिकारकाे लागि हाे ।
म अधिकार बिहिन आदिवासी जनजाति, मधेसी, दलित,,मुस्लिम, महिला र खस आर्यलाई धाेका दिन चाहान्न ।
७) पार्टी वा संघसंस्थामा व्यक्ति कि बस्छ कि सर्छ कि मर्छ
पार्टी वा संगठन एव संघसंस्थामा राम्रो काम गर्ने व्यक्ति गणना याेग्य हुन्छ नत्र संस्था भन्दा व्यक्ति प्रधान हाेईन । म कुनै एक नेतालाई अध्यक्ष बनाउन र एउटा व्यक्तिलाई मुक्ति दिलाउन र खुसि पार्न हिंडेकाे मान्छे हाेईन । आजकाे डेटसम्म म जनमुक्ति विचारधारमा लागेकाे उत्पिडित मधेसीलाई मुक्ति दिलाउनलाई हाे । उत्पिडित दलितलाई मुक्ति दिलाउनलाई हाे । म जनमुक्ति विचारधारालाई आत्मसात गरेकाे उत्पिडित आदिवासी जनजाति र मुस्लिमलाई मुक्ति दिलाउनलाई हाे । म जनमुक्ति विचारधारामा लामबद्ध भएको उत्पिडित खसआर्यलाई मुक्ति दिलाउनलाई हाे । म जनमुक्ति विचारधाराकाे मैदानमा निस्केकाे उत्पिडित महिला र उत्पिडित वर्ग तथा क्षेत्रका जनतालाई मुक्ति दिलाउनलाई हाे । समग्रमा भन्दा उत्पिडित समुदायलाई मुक्ति र खुसि पार्न हिंडेको हुँ ।
पार्टीमा नेता त कि त्यहिं बस्छ । कि सर्छ अर्थात सरेर अर्काे पार्टीमा लाग्न सक्छ । कि नयाँ पार्टी खाेल्न सक्छ । कि तटस्थ वा स्वतन्त्र भई बस्न सक्छ । कि मर्छ । वा मरेर जान सक्छ । मेराे लागि नेता भन्दा नीति प्रधान(मुख्य) हाे ।
