नेपाल जनमुक्ति पार्टीकाे “राताे सुर्य अंकित निलाे झण्डा” र “चुनाव चिन्ह घर”

Read Time:14 Minute, 41 Second

-पूर्ण बहादुर राना

“पार्टी झण्डा” र “चुनाव चिन्ह” दुवै राजनीतिक दलसँग सम्बन्धित प्रतीक वा चिन्ह हुन् । तर दुबैको अर्थ र प्रयोजन फरक हुन्छ । तल सविस्तारमा बुझौं ।


१. पार्टी झण्डा (Party Flag)

पार्टी झण्डा भनेको कुनै पनि राजनीतिक दलले आफ्नो पहिचान, विचारधारा,सिद्धान्त र लक्ष्य जनाउनका लागि बनाएको हुन्छ ।

झण्डामा प्रयोग हुने रङ, आकृति र प्रतीकले पार्टीको विचारधारालाई झल्काउँछ । पार्टीको झण्डा पार्टीका सभा, सम्मेलन, प्रदर्शन, कार्यालय, र प्रचार सामग्रीकाे रूपमा प्रयोग गरिन्छ। झण्डाले विचारधाराको प्रतिनिधित्व (Representation of Ideology) गर्छ । झण्डाामा प्रयाेग भएको रङ्ग र प्रतीकहरूले पार्टीको, सिद्धान्त, नीति र दर्शनलाई बताउँछ ।

उदाहरण:

नेपाल जनमुक्ति पार्टीको झण्डा — निलाे रंगकाे बिचमा राताे सुर्य । पार्टीको झण्डा चुनावको समयमा मात्र होइन स्थायी हुन्छ । सधैं पार्टीसँग जोडिएको हुन्छ। यसले जनतालाई एकतामा बाँध्ने र शान्तिपूर्ण परिवर्तनमा विश्वास गर्ने पार्टीको सोच जनाउँछ ।


२. चुनाव चिन्ह (Election Symbol)

चुनाव चिन्ह भनेको निर्वाचन आयोगले पार्टी वा स्वतन्त्र उम्मेदवारलाई दिइने प्रतीक हो, जसले मतदाताले भोट हाल्दा चिन्न सजिलाे बनाउँछ।

यो मतपत्र (ballot paper) वा भोटिङ मेसिनमा देखिन्छ।

निर्वाचन आयाेगले प्रत्येक पार्टीलाई चुनाव चिन्ह दिन्छ । ताकि भाेटर भ्रम नहोस् भन्ने उद्देश्य रहेकाे हुन्छ ।

उदाहरण:

नेपाल जनमुक्ति पार्टीको — घर

चुनाव चिन्ह मुख्यतया चुनावका लागि प्रयोग हुने प्रतीक हो, झण्डा भन्दा फरक र अस्थायी प्रयोगमा आउने गर्छ ।


सामान्यतया विकसित देशहरूमा “चुनाव चिन्ह” (Election Symbol) हाम्रो जस्तो देशमा झैं प्रयोग गरिँदैन । यसको कारण विकसित देशमा शिक्षाको स्तर, राजनीतिक प्रणाली र मतदाताको पहुँचसँग सम्बन्धित छ।

कारणहरू;

१. साक्षरता दर उच्च हुन्छ

विकसित देशहरू जस्तै अमेरिका, ब्रिटेन, जापान, जर्मनी आदि देशमा मतपत्रमा उम्मेदवारको नाम, पार्टीको नाम वा सानो पार्टी लाेगाे मात्र हुन्छ । तर नेपाल जस्तो र विकासाेन्मुख देशमा “घर”, “रुख”, “सूर्य”, “लाैराे” चुनाव चिन्ह दिई जस्तो विकसितमा विकसित देशहरूमा चुनाव चिन्हहरू दिइँदैन।

२. मतपत्र (Ballot Paper) मा नाम र पार्टीको लोगो मात्र हुन्छ

विकसित देशहरू जस्तै अमेरिका, ब्रिटेन, जापान, जर्मनी आदि देशमा मतपत्रमा उम्मेदवारको नाम, पार्टीको नाम वा सानो पार्टी लाेगाे मात्र हुन्छ । तर नेपाल जस्तो र विकासाेन्मुख देशमा “घर”, “रुख”, “सूर्य”, “लाैराे” चुनाव चिन्ह दिई जस्तो विकसितमा विकसित देशहरूमा चुनाव चिन्हहरू दिइँदैन।

३. मतदान प्रणाली फरक हुन्छ

धेरैजसो विकसित देशमा इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM=Electronic Voting Machine) प्रयाेग हुन्छ । त्यस्ता देशहरूमा अक्षर वा नम्बर प्रणाली, र डिजिटल भोटिङ प्रयोग हुन्छ। त्यहाँ चिन्हको सट्टा उम्मेदवार वा पार्टी चयन गर्न बटन थिचिन्छ वा सूचीबाट आफुले चाहेकाे पार्टी र उम्मेदवार रोजिन्छ ।

४ चुनाव चिन्हकाे विकास

चुनाव चिन्हको उत्पत्ति विकासशील देशहरूबाट भएको हो । चुनाव चिन्हको प्रयोग दक्षिण एशियाली देशहरू जस्तै भारत, नेपाल, पाकिस्तान, बंगलादेश आदि आदिमा बढी प्रयाेग गरेकाे पाइन्छ । किनभने यहाँका सबै मतदाता अझै पनि साक्षर छैनन् । पार्टीको चुनाव चिन्हले उनीहरूलाई पार्टी र नेता चिन्न सहज र सरल बनाउँछ ।


५. संवैधानिक/कानूनी पक्ष:

नेपालमा दलहरूको झण्डा निर्वाचन आयोगमा दर्ता हुनुपर्छ।
एकै किसिमको झण्डा वा प्रतीक अर्को दलले प्रयोग गर्न पाउँदैन । यसलाई “पार्टीको पहिचान र वैधानिक अधिकार” मानिन्छ।

नेपाल जनमुक्ति पार्टीको झण्डा : अर्थ र दर्शन

पृष्ठभूमि रङ – निलो (Blue background):

नेपाल जनमुक्ति पार्टीको झण्डा

निलो रङ शान्ति, विश्वास, समानता र स्थायित्वको प्रतीक हो । निलो रङले “आकाशजस्तै विशाल सोच र नदीजस्तै निरन्तरता” लाई जनाउँछ। नीलो रङ्ग शान्ति, स्थिरता, विश्वास, समानता एकता र समर्पणको प्रतीक (Symbol of Unity and Devotion) हाे ।

कार्यकर्ताहरू झण्डा हेर्दा आफ्नो पार्टी, उद्देश्य र आन्दोलनप्रति प्रतिबद्ध महसुस गर्छन् र आन्दोलनमा एक ढिक्का हुन्छन् । यो एक किसिमको आत्मिक ऊर्जा र प्रेरणा हो ।

मूलतः शान्ति भंग उत्पिडित जाति, वर्गले न्याय नपाए पछि हुन्छ । त्यसैले जनमुक्ति पार्टीले सबै जातिलाई शान्ति मार्गमा लैजानकाे लागि मुलुककाे हरेक निकाय र तहमा समानुपातिक राजनीति न्याय, भाषिक न्याय, धार्मिक तथा साँस्कृतिक न्याय, लैङ्गिक तथा क्षेत्रीय न्याय र आर्थिक न्याय ग्यारेन्टी गर्ने लक्ष्य लिएकाे छ । नेपालमा कुनै पनि जाति समुदायले भाषा, धर्म र सँसकारकाे लागि रगत बगाउन नपराेस भनेर न्यायकाे कुरा गर्दछ । जनमुक्ति पार्टीको निलाे झण्डाले नेपालमा सबैखाले अन्याय र विभेदबाट न्याय हुनु पर्छ भन्ने कुरालाई आत्मसात गरेकाे छ । हाम्रो भनाइ यस्तो छ “न्याय बिना शान्ति हुँदैन । शान्ति बिना विकास हुँदैन । विकास बिना समृद्ध हुँदैन । समृद्ध बिना जनता सुखि र खुसि हुँदैन ।”


प्रतीक – रातो सूर्य (Red Sun):

रातो रङ्गकाे सुर्यले क्रान्ति, साहस, किसान तथा श्रमिक वर्ग, बलिदान जनाउँछ । उदाउँदाे राताे सुर्यमा प्रकाश छर्ने तागत हुन्छ । राताे सुर्यबाट नै प्रकाशहरू उत्सर्जन (Emission) हुन्छ जसरी आगाेकाे राताे काेईलाबाट ज्वाला(flame) निस्कन्छ । राताे काेईलामा ओसिएको दाउरा(अल्छी नेता र कार्यकर्ता) परे धुँवा निस्कन्छ । बल्ने दाउरा(सक्रिय कार्यकर्ता) परे आगाेकाे ज्वाला निस्कन्छ ।

रातो सूर्य एकता, उच्च लक्ष्य, ऊर्जा, क्रान्ति, प्रकाश र जागरणको प्रतीक हो । यसले जनताको चेतनाको उदय जनाउँछ । राताे सुर्यले अन्धकारमाथि प्रकाशको विजय भन्ने पनि हुन्छ । अर्थात उत्पिडनकाे कालाे काेठरिबाट उज्यालो ठाउँतिर भन्ने जनाउँछ । आर्थिक, भाषिक, धारणमिक र साँस्कृतिक उत्पिडन, सामाजिक अन्यायमाथि समानताको उदय जनाउँछ । सुर्य आफै उज्यालो दिने वस्तु भएकोले अन्यायमा परेकालाई आसाकाे बाटाे देखाउने भन्ने अर्थ जनाउँछ ।नेपाल जनमुक्ति पार्टीमा प्रयाेग भएको सूर्य बिचमा अवस्थित छ । राताे सुर्यकाे अर्थ सुर्य उदाउँदा पनि राताे हुन्छ । अस्ताउने बेलामा पनि राताे हुन्छ । यसकाे सांकेतिक अर्थ मानिसमा जस्ताेसुकै समस्या वा बाधाबिघ्न परेपनि आत्तिनु हुँदैन भन्ने हुन्छ । वा सुखमा मात्तिने र दु:खमा आत्तिने हुने हुँदैन भन्ने हाे । जस्तोसुकै परिस्थिति अनकुल वा प्रतिकुल अवस्थामा पनि दृढ आत्मविश्वासका साथ अघि बढिरहनु पर्छ भन्ने हाे । राताे सुर्य बिचमा राख्नुकाे अर्थ सिमान्तकृत र किनाराकृत जाति, भाषा र धर्म सँस्कारलाई केन्द्रमा ल्याउने भन्ने हुन्छ । यसकाे अर्थ अब हाम्रो चेतना स्तर उठिसकेकाे छ हामी छेउछाउमा मात्रै बस्ने हाेईन बिचमा जान चाहान्छाैं भन्ने हाे । अर्थात उत्पिडित जातिहरू माग्ने ठाउँबाट दिने ठाउँमा बस्न चाहान्छन् भन्ने हाे । नअस्ताउने सुर्य भनेकाे जनताको अधिकार र स्वतन्त्रता कहिल्यै हराउँदैन” भन्ने भाव यसमा निहित छ।


चुनाव चिन्ह – घर (House):

नेपाल जनमुक्ति पार्टीको चुनाव चिन्ह “घर”

“घर” भनेको जनजीवनको आधार, सुरक्षा र सामाजिक एकता हो । घरले मानिसलाई माया गर्छ । सुरक्षा दिन्छ । गर्मि जाडाे, झरि बादल रातसँझमा आश्रय दिन्छ । परिवारमा सुखदुःख साटासाट गर्ने थलाे घरनै हाे । मानिस जन्मने घरमै हाे । मानिसले पहिलाे र अन्तिम सास लिने घरमै हाे । मानिसले बिहे गरेर लाने घरमै हाे । मानिसकाे परिवार रहने घरमै हाे चाहे घर सानाे हाेस वा ठूलो । मानिसले आफ्नो खाद्यान्न र धनदाैलत राख्ने घरमै हाे । घर मानिसकाे सबथाेक माया, दया, करूणा, हेरबिचार, आश्रय पाउने ठाउँ हाे । घरले जनताको उत्पादन, परिश्रम, परिवार र राष्ट्रिय पहिचानसँग गहिरो सम्बन्ध देखाउँछ । घर चिनहकाे अर्थ मानिस घरबार बिहिन हुनुहुँदैन भन्ने हाे । घर चिन्हकाे अर्थ आफ्नो घर बनाउन नसक्नेले कसरी देशकाे घर बनाउन सक्छ भन्ने अर्थ लाग्छ । र घर चिन्हकाे अर्थ सम्पूर्ण नेपालीले आफ्नो व्यक्तिगत घर, समुदायकाे घर र देशकाे घर बनाउने लक्ष्य लिनु पर्छ भन्ने रहेकाे छ ।

घर चिन्हकाे प्रतीकले जनतालाई सुरक्षित, सम्मानित र स्वतन्त्र जीवन बाँच्न सक्ने समाज निर्माण गर्ने पार्टीको लक्ष्य जनाउँछ।

तसर्थ यस्ताे अर्थपूर्ण चुनाव चिन्ह घर र निलाे पृष्ठभूमिमा राताे सुर्य अंकित झण्डाकाे बैधानिककता(Legality) नेपाल जनमुक्ति पार्टीसँग मात्रै छ । याे निलाे पृष्ठभूमिमा राताे सुर्य अंकित झण्डा र चुनाव चिन्ह घर चिनाउन धेरै जनमुक्तियनहरूकाे पैसा, समय, पसिना, रगत र मेहेनत खर्चेकाे छ । जुन झण्डा र चिन्हलाई करोड, अरब खरबमा किन्न सक्दैन । अर्थात यी चिन्हहरू अमूल्य छन् ।

यहि निलाे पृष्ठभूमिमा राताे सुर्य अंकित झण्डा, चुनाव चिन्ह घर र नेपाल जनमुक्ति पार्टीले जातीय समानुपातिक प्रतिनिधित्व, बहुभाषिक शिक्षा,उत्पादनमूलक, व्यावहारि, भ्रष्टाचार अन्त्य र सुशासन, व्यावसायिक, आईटि, वैज्ञानिक तथा प्राविधिक शिक्षा, जातीय मुक्ति र बहुजातीय लाेकतान्त्रिक समाजवादकाे महान लक्ष्य बाेकेकाे छ ।

हामी समानता र सबैखाले विभेदरहित समाजकाे हिमायतीहरूले यस्ताे महान बिचार बाेकेकाे “नेपाल जनमुक्ति पार्टी”, चुनाव चिन्ह “घर”, “राताे सुर्य अंकित निलाे झण्डा” जनमुक्ति विचारधारा कसरी त्याग्न सक्छौं र!

तर कहिलेकाहीँ अल्मल्याउन, झुक्याउन र रनभुल्ल पार्न
“- जनमुक्ति -” शब्द अघिपछि अनेक सिङ र पुच्छर थपेर वा जाेडेर छद्मभेषि नक्कली जनमुक्ति पनि राजनीतिक बजारमा आउँछन् । पार्टी ईतिहासमा यस्ताे नजिर छ । हिजाे पनि आएका थिए । आज पनि आएको छ र भाेलि पनि आईरहने छ । तर हामी असली जातीय मुक्ति चाहनेहरू झुक्किनु हुँदैन । अल्मलिनु हुँदैन । यस्ता नक्कली जनमुक्तिहरू सस्तो मूल्यमा बजारमा पाउने “सुनभन्दा कम छैन हराएमा डर छैन” भन्ने गहना जस्तै हुन् । चेतना भया ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *