हिजाे कस्ताे शान्त थियाे नेपाल

Read Time:2 Minute, 29 Second

-पूर्ण बहादुर राना

हाे हिजाे कस्तो
शान्त थियाे नेपाल
नत मधेसीले
म मधेसी हुँ भन्थे
नत
हामी मधेसीलाई
अधिकार चाहियाे भन्थे
नत स्वायत्त मधेस भन्थे ।

हिजाे कस्ताे
शान्त थियाे नेपाल
नत म दलित भएकोमा
गर्व गर्छु
नत
दलितलाई
अधिकार चाहियाे भन्थे ।

साँच्चिकै हिजाे
कस्तो शान्त थियाे
नत मुस्लिमले
धार्मिक अधिकार माग्थे
नत आदिवासीले
भाषिक अधिकार माग्थे
नत महिलाले
नत दलितले
नत मधेसीले
अधिकार सहितकाे विकास
र राज्यसत्ता माग्थे ।

मधेसीलाई
धाेति भन्दा रिसाउँथेनन्
दलितलाई र मुस्लिमलाई
अछुत भन्दा रिसाउँथेनन्
आदिवासीलाई
खर्पने डाेके
भुसतिघ्रे
भन्दा रिसाउँथेनन् ।

कति अनुशासित थिए दलित
आफुले खाकाे
भाँडा माझ्थे
त्यहि भाँडामा
आगाेकाे काेईला र पानी हालेर
झ्वाँईया पारेर
ठूला जातले
घरमा हुल्थे ।

अनुशासित थिए आदिवासी
बिना पैसामा
झारा खेतला भएर
ठूला मान्छेकाे
खेतबारिमा
जाेत्थे खन्थे
घर बनाई दिन्थे
नत आदिवासीले
पहिचान सहितकाे
संघीयता भन्थे ।

यस्ताे अपराध गरेकाे
एम. एस. र गाेरेले
नेपाल जनमुक्ति पार्टी
खाेलेर हाे
जनमुक्ति विचारधारा
लेखेर हाे
यिनिहरूले
अधिकार सहित विकास
भन्न सिकायाे
पहिचान भन्न
समानता भन्न
विभेदरहित समाज
भन्न सिकायाे
राज्यकाे हरेक
तह र निकायमा
समानुपातिक
भन्न सिकायाे
सत्तामा पहुँच
भन्न सिकायाे

अधिकार माग्ने ठाउँमा हाेईन
अधिकार दिने ठाउँमा
बस्ने भन्ने सिकायाे
राज्यमा सबै जातिकाे
अपनत्व र स्वामित्व
भन्न सिकायाे
अधिकार नलिई छाड्दिन
भन्न सिकायाे
अनि समानुपातिक
प्रतिनिधित्व
भन्न सिकायाे ।

खै अब त
पहिलाकाे जस्ताे
शान्त नेपाल
कहिले हाेला र?
खै त्यस्ताे
शान्त नेपाल
कहिले पाउला र?

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *