-पूर्ण बहादुर राना
“स्वतन्त्र” र “मुक्ति” शब्द सुन्दा मिल्दाजुल्दा छन् । तर यी शब्दहरूकाे अर्थमा फरक छ ।
१. स्वतन्त्र (स्व + तन्त्र)
-“तन्त्र” शब्दमा “स्व” उपसर्ग लागेर स्वतन्त्र भएको हाे । अर्थात “स्व + तन्त्र” (आफ्नै शासन) संस्कृत “मुक्त” (छुटेको) अर्थ हुन्छ । आफ्नो नियन्त्रणमा हुनु वा आफ्नो शासन वा अरूको अधीनमा नपर्नु भन्ने हुन्छ । स्वतन्त्र शब्दको सरल अर्थ “कसैको आदेश वा नियन्त्रणमा नपरी आफूले आफ्नै निर्णय लिन सक्ने अवस्था।” हाे ।
२. मुक्ति (मुक्त + इति)
मुक्ति शब्दमा “मुक्त-” शब्दमा “-इति” परसर्ग लागेर बनेको छ । अर्थ: बाँधिएको वा नियन्त्रणमा परेको अवस्थाबाट छुटकारा पाउनु, बन्धनबाट मुक्त हुनु हाे ।
मुक्तिकाे अर्थ “थुनिएको, बाधिएको, वा पीडित अवस्थाबाट छुटकारा” पाउनु भन्ने अर्थमा प्रयोग हुन्छ।
नेपालकाे सन्दर्भमा यहाँका मातृभाषा भएका जातिहरू राज्यको हरेक निकायमा आफ्नो मातृभाषा प्रयाेग गर्न सक्दैनन् । जस्तै यहाँका राई भाषा, लिम्बू भाषा, मैथिली भाषा, भाेजपुरि र अवधि भाषा, थारू भाषा, मगर भाषा, गुरूङ भाषा,शेर्पा भाषा, तामाङ भाषा आदि भाषाहरू विद्यालय र विश्वविद्यालय, सेना, प्रहरी , शासन प्रशासन, सञ्चार र अदालतमा प्रयोग गर्न सक्दैनन् । यी भाषाका जातिहरूले नेपाली खस भाषाकाे प्रयाेग गर्नु पर्छ। त्यसैले थारू, नेवार, गुरूङ, मगर, राई, लिम्बू, तामाङ, मधेसी भाषाहरू नेपाली खस भाषाकाे आन्तरिक उपनिवेश र दमनमा परेका छन् ।
यसरी नै उपराेक्त जातिहरूकाे धर्म, सँस्कारसँस्कृति, आर्थिकसामाजिक अवस्था, राजनीति आदि नेपाली खस भाषा र निश्चित जातिको आन्तरिक उपनिवेशकाे चपेटामा पिल्सिएकाे छन् ।
यी थारू, नेवार, गुरूङ, मगर, राई, लिम्बू, तामाङ, मधेसी, शेर्पा आदि जातिहरू खस भाषा र उच्च खस जातिले गरेकाे पीडा, अन्याय र बन्धनमा छन् । यि उत्पिडितहरू पीडा, अन्याय र बन्धनबाट छुटकारा पाउने अवस्थालाई मुक्ति भनिन्छ ।
सारमा भन्दा “मुक्ति” प्राप्त भएपछि मात्र “स्वतन्त्रता” कायम हुन्छ। अर्थात् पहिले बान्धनबाट मुक्ति पाएपछि स्वतन्त्र बन्छ।
अहिले नेपालका अन्य मातृभाषािहरू खस भाषा र जातिकाे दासत्वमा, दमनमा छ वा नियन्त्रणमा छ । खस भाषा र उच्च खस जातिकाे दासत्व, दमन, वा नियन्त्रणबाट स्वतन्त्रता हुनुनै मुक्ति हाे ।
नेल्सन मण्डेलाले भनेका थिए “We have got freedom, but we are not free yet.”
(“हामीले स्वतन्त्रता त प्राप्त गरेका छौं, तर हामी अझ स्वतन्त्र भएका छैनौं।”)
“We are free politically, but true freedom has not yet been achieved — until people are free from poverty, inequality and injustice.”
(हामीले राजनीतिक स्वतन्त्रता पाएका छौं, तर गरिबी, असमानता र अन्यायबाट मुक्त नभएसम्म साँचो स्वतन्त्रता प्राप्त हुँदैन।)
नेपालकाे अवस्था पनि यहि हाे । हामीले कानुनी वा राजनीतिक रूपमा स्वतन्त्रता त पायौं, तर हाम्रो चेतना, सोंच, र समाज अझ स्वतन्त्र छैन। त्यसैले जनमुक्ति पार्टीले चुनाव जित्दैन । दुई वर्ष अघि खुलेकाे रबि लामिछानेकाे राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव जित्छ । किनकि रबि लामिछानेहरूले स्वतन्त्रता पनि पाएका छन् र रबि लामिछानेहरू स्वतन्त्र छन् । दाहाल, ओलि, पाैडेलहरूले स्वतन्त्रता पनि पाएका छन् र उनिहरू स्वतन्त्र पनि छन् । तर यहाँका दमै, सार्की, राउटे, कामी, तामाङ, थारू, शेर्पा, गुरूङ, मगर, राई, लिम्बूहरूले स्वतन्त्रता पाएका छन् । तर उनिहरू स्वतन्त्र छैनन् । उदाहरणकाे लागि दाहाल, पाैडेल, लामिछाने र ओलिले चाहेकाे ठाउँमा जति बजेट छुट्याउन पनि सक्छन् । तर यि दमै, सार्की, राउटे, कामी, तामाङ, थारू, शेर्पा, गुरूङ, मगर, राई, लिम्बूहरूले चाहेकाे ठाउँमा हाेईन चाहिएको ठाउँमा बजेट पनि छुट्याउन सक्दैनन् । अन्य सेना, न्यायलय, प्रशासन र प्रहरीकाे जागिरमा भर्ति र प्रमाेशनकाे बारे कुरा गर्नु नै बेकार छ ।
अँग्रेजि शब्द liberation र emancipation काे अर्थ मा पनि फरक छ । नेपाल जनमुक्ति पार्टी(साविक राष्ट्रिय जनमुक्ति पार्टी)को अँग्रेजि नाम Nepal People’s-emancipation Party हुन्छ । किनकि liberation काे अर्थ आजादि वा रिहाई हुन्छ भने emancipation काे अर्थ मुक्ति हुन्छ ।
Liberation (आजादि) भनेको कसैको नियन्त्रण, कैद वा दमनबाट सीधा रूपमा मुक्त हुने प्रक्रिया वा कार्य हो। यसले मुक्त हुने क्रियालाई जोड दिन्छ। सैनिककाे सहयाेगले कुनै देश, क्षेत्र वा समूहलाई कब्जाधारी शक्तिबाट मुक्त गर्नु हाे । अर्थात बाह्य शक्तिबाट स्वतन्त्र हुनु हाे । जस्तै दोस्रो विश्वयुद्धमा पेरिस जर्मनीबाट आजाद(liberation) वा मुक्त भएको थियाे ।
Emancipation (मुक्ति ) भनेको कानूनी, राजनीतिक वा सामाजिक प्रतिबन्धबाट मुक्त भई स्वतन्त्र हुने अवस्था वा अधिकार हो। यसले मुक्त भएपछिको कानूनी स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता र अधिकारलाई जोड दिन्छ।