हामीले खाेजेकाे जातीय स्वतन्त्र हाेईन, जातीय मुक्ति हाे

Read Time:15 Minute, 21 Second

पूर्ण राना मगर


मलाई बालेन, हर्क, गाेपिहरूले चुनाव जित्दा उहिले शंका लागेकाे थियाे । र त्यसपछि रबिले चुनाव जित्दा । त्यतिबेलै मैले लामाे लेख लेखें । उसले चुनाव कसरी जित्याे? यसकाे नत संगठन छ । नत नेता, कार्यकर्ता र भाेटर छ । अहिले जनमुक्ति पार्टीले जेन्जि आन्दोलनलाई सपाेर्ट गरेकाे छ । निर्दाेष जेन्जिहरूले भ्रष्टाचार राेकिएला, देश विकास हाेला भनेर जिवन बलिदान दिएका छन् । र याे पार्टीको कार्यनीति पनि हाे ।

पार्टीको हाेस् वा व्यक्तिकाे दुईवटा निति हुनुपर्छ । त्याे भनेकाे १) रणनीति र २) कार्यनीति हाे । रणनीति भनेकाे अन्तिम लक्ष्य हाे । हाम्रो अन्तिम लक्ष्य भनेकाे राज्यकाे हरेक निकाय, तह, तप्कामा जातीय समानुपातिक प्रतिनिधित्व लागू गर्नु, जातीय मुक्ति गर्नु र बहुजातीय लाेकतान्त्रिक समाजवादमा पुग्नु हाे । हामीले खाेजेकाे जातीय स्वतन्त्र हाेईन जातीय मुक्ति हाे । हामी उत्पिडित दलित मधेसी, मुस्लिम स्वतन्त्र छाैं । हामीले चाहेकाे पार्टीलाई भाेट हाल्न पाउँछ । उम्मेदवार बन्न पाउँछ । अझ नयाँ पार्टी खाेल्न पनि पाउँछ । तर हामीले चुनाव जित्न सक्दैनाैं । आफ्नो ठाउँलाई आवश्यक बजेट छुट्याउन सक्दैनौं ।

तपाईं हामी सिमितले बुझेर हुँदैन निर्णायक परिवर्तनकाे लागि आम(साधरण वा सबै) जातिका जनताले बुझ्नुपर्छ । म कहाँ ठगिएकाे छु । कहाँ लुटिएको छु भनेर । र कार्यनीति भनेकाे सभा, सम्मेलन, काेणसभा, आमसभा, नागरिक सभा, जागरण सभा, चुनावमा भाग लिनु, कहिले बहिष्कार गर्नु । टायर जलाउनु, नेपाल बन्द गर्नु, हडताल गर्नु आदि आदि । कहिले रणनीतिक तरिकाले कसैकाे समर्थन गर्नु हाे । पार्टीको कार्यनीति अनुसार सत्तामा जाे हुन्छ त्याे जनमुक्ति पार्टीको विराेधि हुन्छ ।

राजा सत्तामा भए राजा हाम्रो विराेधि हुन्छ । काङ्ग्रेस सत्तामा भए काङ्ग्रेस हाम्रो विराेधि हुन्छ । एमाले माओवादी सत्तामा भए हाम्रो विराेधि ती पार्टीहरू हुन्छ । जेन्जि आन्दोलन हुँदा काङ्ग्रेस र एमाले सत्तापक्षमा थियाे । हामी प्रतिपक्षमा थियाे । काङ्ग्रेस , एमाले र माओवादीले फेरि टाउकाे उठाउन नपाओस उठाए पनि अपांग हाेस् भनेर हामी अहिले जेन्जिलाई साथ दिएकाे हाे । मैले रबि लामिछाने काे पक्षमा बाेल्नुकाे कारण छ कि उसले रूख, सुर्य र हँसियाहथौडामा भाेट हालेन भने मरिहाल्छ र जात जान्छ भन्ने ठान्ने हाम्राे घरगाउँ देखि आम नेपाली जनता छन् । उनिहरूलाई गलाएकै हाे ।

यी पार्टीहरूलाई भाेट हालेन भने हामी खत्तम हुन्छौं जस्तै ठान्ने जुन भाष्य(छाप) थियाे त्यसलाई काट्ने काम रास्वपाले गर्याे । सुर्य, रूख, हँसियाहथौडावालाकाे भाेट सबै रास्वपामा ओईराईदियाे । राजनीतिक विशेलेषकहरूकाे दावि अनुसार राष्ट्रिय झण्डा ओढ्ने र स्वतन्त्र भन्नेहरू कसैन कसैद्वारा परिचालित(Operated), नियन्त्रित (Controlled), सञ्चालित / व्यवस्थापन गरिएको (Managed or Conducted), नियमित / व्यवस्थित (Regulated), निर्देशित(Guided) र राेपिएका(Planted) छन् । यिनिहरूकाे याे याेजनाकाे गुरू अमेरिका, यूराेपमा, भारत, र चिनबाट स्वतन्त्र हुन चाहानेहरू हुन् भनेका छन् । याे कहिले देखि सुरू भएको हाे भनेर अड्कल तपाईं।हामीले हर्दा जहिले देखि नेपालमा NGOINGO भित्रियाे तबदेखि हाे नेपालकाे राष्ट्रियता कमजाेर भएको हाे । Ngo र Ingo खारेज नगरेसम्म नेपालमा शान्ति हुँदैन । नेपालमा NGO र INGO सुरू गर्ने पार्टीहरू काङ्ग्रेस, एमाले र माओवादीहरू हुन् । अझ राजा र पञ्चायतकै पालदेखि सुरू भएको हाे ।

अहिलेकाे याे कलर मुभमेन्ट(रङ्गकाे आन्दोलन) हाे । Color Movement (कलर मूभमेन्ट) भनेकाे राजनीतिक आन्दोलन, क्रान्ति, वा विरोध प्रदर्शनलाई जनाउँछ । जुन शान्तिपूर्ण हुन्छ । जुन आन्दोलनमा हतियार उठ्दैन । नेपाल बन्द हुँदैन । जुन आन्दोलनमा कुनै एक विशेष रङ (Color) वा प्रतीक (Symbol)काे प्रयाेग गर्छ । यहि रङ्गकाे प्रयाेगमा उनिहरूका ऐरै, गैरेहरू संगठित हुन्छन् । यहि चिन्ह मार्फत उनिहरू राजनीतिक आन्दोलनमा हाेमिन्छन् । यो कलर मुभमेन्ट शान्तिपूर्ण तर शक्तिशाली आन्दोलन हुन्छ । यसलाई नागरिक अवज्ञा (civil disobedience) र प्रदर्शनमार्फत सरकार वा शासकलाई दबाब दिन्छ। यसले आफ्नो ऐजन्डामा प्रजातन्त्र, लाेकतन्त्र, कुशासन हाेईन सुशासन, भ्रष्टाचार मुक्त भएर असल आचरण, बेथिति हाेईन तिथि । स्वतन्त्रता, प्रेश स्वतन्त्रता, नेपाेकिड, नेपाेबेबि नाममा आन्दोलन गर्छन् । यो आन्दोलन प्रायः शान्तिपूर्ण तर शक्तिशाली आन्दोलन हुन्छ । हिंसारहित (non-violent) आन्दोलन हुन्छ । नेपाल बन्द र बन्दुक उठ्ने हुँदैन । टायर जल्ने पनि हुँदैन । निहुँ खाेज्छ र जब क्षति हुन्छ त्यसपछि त केके हुन्छ नेपालमा यस पटककाे जेन्जि उदाहरण हाम्रै अगाडि प्रष्ट छ ।

याे प्रजातन्त्र, स्वतन्त्रता, वा राजनीतिक सुधारका लागि गरिन्छ। यस्ता आन्दोलनमा कुनै एक रङलाई आफ्नो प्रतीकका रूपमा प्रयोग गरिन्छ, जसले आन्दोलनलाई पहिचान र जनसमर्थन दिलाउँछ। जस्तै रास्वपाले प्रयाेग गरेकाे निलाे बस र ड्रेस । अन्य आन्दोलनकारीले प्रयाेग गर्ने रङ्ग आदि । यसलाई विश्वले मान्यता दिन्छ । मानवअधिकारवादिहरूले मान्यता दिन्छ । विदेशमा पनि यस्तै रङको प्रयोग गरेर आन्दोलन भएको प्रशस्त उदाहरणहरू छन् ।

जस्तै: (१) गुलाब क्रान्ति Rose Revolution जर्जिया (Georgia) २००३ गुलाब हातमा लिएर आन्दोलन भयाे । तत्कालीन राष्ट्रपति एडवर्ड शेभर्नाड्जे (Eduard Shevardnadze) को पार्टीले धाँधली र भ्रष्टाचारमार्फत चुनाव जितेको आरोप लागाएर आन्दोलन भएको थियाे ।

(२) सुन्तला रङ्ग क्रान्ति Orange Revolution युक्रेनमा २००४ सुन्तला (Orange) रङ्ग लिएर क्रान्ति भयाे । आन्दोलन निष्पक्ष र स्वतन्त्र चुनाव, भ्रष्टाचार अन्त्य, र लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने उद्देश्यले भएको थियाे ।

(३)Tulip Revolution किर्गिस्तान (Kyrgyzstan) २००५ मा हातमा ट्युलिप फूल लिएर भएको आन्दोलन थियाे । यो आन्दोलनले भ्रष्टाचार, अधिनायकवाद, र चुनावी धाँधली (electoral fraud) विरुद्ध गरिएको थियो । याे आन्दोलनले तत्कालीन राष्ट्रपति आसकर अकाेभ (Askar Akayev) को पतन गरायो । जसरी नेपालमा ओलिकाे पतन गरायो ।

(४) Green Movement इरान २००९ हरियो आन्दोलन याे आन्दोलन उठ्नु कारण चुनावी धाँधली भएको र पारदर्शिताको नभएको, स्वतन्त्रता र मानव अधिकारको दमन, भ्रष्टाचार र अधिनायकवादी शासन र युवा पुस्तामा असन्तुष्टि र बेरोजगारी भएको आराेप थियाे । याे आन्दोलन राष्ट्रपति महमूद अहमदिनेजाद विरूद्ध थियाे ।

(५) २२०६ मा अमेरिक बाट सुरू भएको #me too अभियान जुन २०१७ मा विश्वव्यापि भयाे

(६) Black lives matter २०१३ मा सुरू भयाे पछि George Floyd Protest (२०२०) मा ठूलो आन्दोलन भयाे । यस्ता आन्दोलनकाे उद्देश्यहरू उहीँ हाे स्वतन्त्र र निष्पक्ष चुनाव भएन । भ्रष्टाचार अन्त्य हुनुपर्छ । मानव अधिकारको सम्मान भएन । अधिनायकवाद (Dictatorship) को अन्त्य गर्नुपर्छ ।

(७) Yellow Umbrella Movement हङकङ २०१४ मा पहेंलो छाता आन्दोलन भयाे । याे आन्दोलनको उद्देश्य चीन सरकारको कडा नियन्त्रणविरुद्ध स्वतन्त्रता, निष्पक्ष चुनाव, र लोकतन्त्रको माग थियो।


(८) श्रीलंका मा २०२२ मा आर्थिक संकट र जीवन यापन महँगो भएको कारण देखाई भएको “Aragalaya” आ। युवा वर्गले सरकार, ऊर्जा संकट, आर्थिक गिरावट र अत्यधिक भ्रष्टाचारको विरोध गरे।

(९) बङ्गालादेशमा २०२४ मा “Monsoon Uprising” भनेर भएको आन्दोलन । जहाँ मुख्यत युवा र विद्यार्थीहरु सरकारको अनिश्चित नीतिहरु, बेरोजगारी, न्यायमूखि सरकार र भ्रष्टाचारविरुद्ध सडकमा निस्किए।

(१०) केन्यामा २०२४ मा Gen Z नेतृत्वमा विरोध भयो । याे कर बृद्धिकाे नीतिहरु (tax hikes आदि) र जनजिविका महङ्गो भएकोले भएको युद्ध । भर रुकावटका बाबजुद युवा वर्गले सक्रिय भूमिका लिएका थिए।

(११) अहिले इण्डोनेशियामा पनि युवा वर्गले भ्रष्टाचार, नेपाेटिजम, राजनीतिमा पुराना नेता र राजनीतिमा पारदर्शिता नभएको कारणले विरोध भईरहेकाे छ।

(१२) अहिले भारतकाे आन्दोलन(२०२५)

अब जेन्जि आन्दोलन सफल भयाे । बालेनले पार्टी खाेले पनि नखाेले पनि उनिहरूकाे फेभरकाे उम्मेदवार खडा गर्नेछन् ।  कतिपय राजनीतिक विश्लेषकहरूले भनेका छन् उनिहरूले चुनावमा आफ्ना म्मेदवारलाई चुनाव जिताई दुई तिहाई मत ल्याएपछि संसदबाट एमसिसि पास भईसक्याे अनि एसपिपि पास गर्न  सक्छ । त्यसपछि आवश्यक परे अमेरिकी र नेटाेकाे सेना आउने व्याख्या राजनीतिक विश्लेषकहरूले गरेका छन्  । अनि अमेरिकाले तिब्बत टुक्रयाउँन भुमिका खेल्न सक्छ । ताईवान टुक्य्राउन भुमिका खेल्न सक्छ । तराई टुक्रयाउन भुमिका खेल्न सक्छ भन्ने नेरेटिभ छ । याे जेन्जि आन्दोलनमा अमेरिका, भारत, युराेप, दलाई लामाबाट एनजीओ र आएनजिओकाे नाममा पैसा लिएर लगानी गरेकाे हल्ला छ । त्यसैले सुशीला कार्कि सरकारलाई दलाई लामादेखि भारत सरकार, अमेरिका र सबैले समर्थन गर्याे भन्ने भनाई छ । याे राेक्न हामीले चाहेर केही नहुने अवस्था देखिएकाे छ भनेर व्याख्या गरेका छन् । तर यस्ताे नहाेस् । जसरी विश्लेषकहरूले व्याख्या गरेका छन् । जेन्जि आन्दोलन देश र नेपाली नागरिककाे हित र जितकाे लागि हुनेेछ भन्ने विश्वासमा छु ।

जेन्जि आन्दोलनमा सहभागी हुने प्राय: सबैआन्दोलनकारी, घाईते हुने र जीवन बलिदान दिनेहरू निर्दाेष छन् । उनिहरू असली देश विकास चाहानेहरू हुन् ।

शिवलाल थापाले हाम्रो मान्छे अर्धा छ भन्थे । उनले भनेझैं हाम्रा नेता, कार्यकर्ता र भाेटर अर्धा नहाेस् । रबि आए रबि ठिक वा गाेपि आए गाेपि ठिकवा हर्क वा बालेनहरू आए हर्क बालेन ठिक भन्ने बुझाई हुनुहुँदैन ।

यस पटकको जेन्जि आन्दाेलनले सरकार, प्रशासन, प्रहरी र सशस्त्र प्रहरी बिहिन बनाएको थियाे । त्यतिबेला नेपाली जनता र सेनाले देश धानेकाे थियाे । यसाे भएको किन हाे भने नेपालकाे सन्दर्भमा नेपालीहरू एक आपसमा लड्दैनन् । मिलेर बस्छन् । हालसम्म नेपालमा लाखाैं मर्ने नत धार्मिक युद्ध भएको छ । नत जातिकाे नाममा नत भाषाकाे नाममा युद्ध भएको छ । याे राम्रो पक्ष हाे । र अर्काेतिर शक्तिशाली चिन छ । उ चुप लागेर बस्नेवाला छैन् । सिजिनपिङले चिनलाई असर पार्नेलाई हड्डी पिसेर धुलाेपिठाे पार्छाैं भनेको छ ।

तर मलाई तपसिलका मुद्दा बाेक्नेहरूसँग शंका र डर लाग्छ । ति व्यक्ति र समुहहरू:
(१) राष्ट्रिय झण्डा ओढ्ने र राष्ट्रिय स्वाधीनताका नारा
      उराल्नेहरूसँग,
(२) एनजीओ र आएनजिओ चलाउनेहरूसँग,
(३) मानव अधिकारवादिहरूसँग,
(४) नागरिक समाजका अगुवासँग र
(५) पछि परेकाे समाज र गरिबकाे अधिकारकाे कुरा गर्ने तर राजनीतिक अधिकारकाे कुरा नगर्ने । राज्यसत्तामा प्रतिनिधित्वकाे कुरा नगर्नेहरू र उनिहरूले केवल अधिकारकाे कुरा गर्ने, लत्ताकपडा, किताबकपि, पैसा र चामल बाँड्नेहरूसँग हाे । बाँकि आफैले चिनाैं ।

लेखक: यूवा राजनीतिक बिश्लेशक हुन

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *