“अर्थ न वर्थ, गोबिन्दे गाई, टाउको दुखेको औषधि नाइटोमा लाई”

Read Time:6 Minute, 22 Second

पूर्ण बहादुर राना

सिंगो नेपाललाई एक निर्वाचन क्षेत्र मानि पूर्ण जातीय जनसंख्याको आधारमा समानुपातिक निर्वाचन प्रणाली लागू गराैं । याे समस्या समाधानको अचुक उपाया हाे ।

काङ्ग्रेस, एमाले र माओवादीकाे जस्ताे पूर्ण पार्टीलाई खसेकाे मतकाे आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाेईन । माओवादी नेता प्रचण्ड जहिले समानुपातिक भन्छन् । यिनिहरूकाे समानुपातिकले पार्टीलाई मुक्ति दिन्छ । पार्टीका अध्यक्ष र सभापतिहरूलाई मुक्ति दिन्छ । पार्टीकाे नेता अध्यक्ष र सभापतिले चाहेकाे आफ्नो श्रीमती र गाेजिकाे नेताकाे आफन्तलाई मुक्ति दिन्छ । अहिले समानुपातिकलाई यी माओवादी, काङ्ग्रेस, एमालेहरू बिकृत(Distort) गरेकाे छ ।

तर जनमुक्ति पार्टीका नेता एम. एस. थापाले २०४७ साल वैशाख २३ गते नेपालकाे मूल समस्या जातीय समस्या हाे । सुरूमा याे समस्यालाई समाधान गराैं भनेर निर्वाचन आयाेगमा वहाँ नेतृत्व नेपाल जनमुक्ति पार्टी(साबिक राष्ट्रिय जनमुक्ति पार्टी) ले घाेषणा पत्र तयार पारि उद्घाेष गरिसकेके छ कि “जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ भनेर । त्याे पनि सिंगाे नेपाललाई एक निर्वाचन क्षेत्र मानि जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । पुर्सवमेचि पश्चिम महाकालीका सजाातियले आफ्नो सजातीयलाई भाेट हाल्छन् । सजातीय (एउटै) जाति भित्र फेरि जाे ईमानदार, सक्षम, जिम्मेवार, कर्तव्यनिष्ठ, नैतिवान, याेग्य छ उ निर्वाचित भएर आउने छ । सिंगाे नेपाललाई एक निर्वाचन क्षेत्र मान्दा चुनाव खर्च कम, किफायति, सबै जातिले न्याय पाउँछ । जब सबै जाति(दलित, मधेसी,मुस्लिम, खसआर्य, आदिवासी र मुस्लिम)ले न्याय पाउँछ तब देशमा शान्ति हुन्छ । जब देशमा शान्ति हुन्छ अनि देश विकास हुन्छ । जब देश विकास हुन्छ तब देश समृद्ध हुन्छ । जब देश समृद्ध हुन्छ तब जनता खुसि र सुखि हुन्छन् ।

जातीय समानुपातिकले समुदाय(जाति) लाई मुक्ति दिलाउँछ । जातीय समानुपातिकले जातीय विभेद हटाउँछ । जब जातीय विभेद हट्छ तब सबैले समानता र समता अनुभव गर्छ । जातीय समानुपातिक प्रतिनिधित्वकाे निर्वाचन प्रणालीले मधेसीलाई मुक्ति दिलाउँछ । जातीय समानुपातिक प्रतिनिधित्वकाे निर्वाचन प्रणालीले दलितलाई मुक्ति दिलाउँछ । जातीय समानुपातिक प्रतिनिधित्वकाे निर्वाचन प्रणालीले मुस्लिमलाई मुक्ति दिलाउँछ । जातीय समानुपातिक प्रतिनिधित्वकाे निर्वाचन प्रणालीले आदिवासीलाई मुक्ति दिलाउँछ । जातीय समानुपातिक प्रतिनिधित्वकाे निर्वाचन प्रणालीले खसआर्यलाई मुक्ति दिलाउँछ ।

अन्य काङ्ग्रेस, एमाले र माओवादी पार्टीहरूले पार्टीगत समानुपातिक भनेकाे यहाँका उत्पिडित मुस्लिम, दलित, मधेसि, आदिवासी, महिला र उत्पिडित खस आर्यकाे चित्त बुझाउन र भुलभुलैयामा राखि भाेट हसुर्ने मेसाे हाे ।

तर यी सत्ता बिहिन उत्पिडित मुस्लिम, दलित, मधेसि, आदिवासी, महिला र उत्पिडित खस आर्य(ठकुरि, दशनामि, रानाभाट लगायत) ले ठगिएको मेसै पाएनन् र हाेसै पाएनन् ।

यदि यी दाहाल, देउवा र ओलिहरूले समानुपातिक नै चाहेकाे हाे भने किन “पूर्ण जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व” भन्न सक्दैनन् । किन गाेलमाेटल गरिरहन्छ । किन जिब्राे चपाएर बाेल्छन्? यहाँ नेपालमा जातीय समस्या प्रधान समस्या छ । सुरूमा यसकाे हल नगर्ने? बेकारमा सतहीमा दाैडिरहने । जातीय समानुपातिक निर्वाचन प्रणाली ले उत्पिडित मुस्लिम, दलित, मधेसि, आदिवासी, महिला र उत्पिडित खस आर्यलाई राज्यसत्तामा प्रतिनिधित्वकाे ग्यारेन्टी गर्छ। राज्यसत्तामा यी सबै जातिकाे प्रतिनिधित्व भए खस आर्यकाे खबरदारी दलितले गर्छ । दलितकाे खबरदारी मधेसिले गर्छ । मधेसीको खबरदारी आदिवासीले गर्छ । आदिवासीकाे खबरदारी मुस्लिमले गर्छ । र मुस्लिमकाे खबरदारी खसआर्यले गर्छ । अर्थात सबैकाे खबरदारी सबैले गर्छ । अहिले त नेपाली उखान “अर्थ न वर्थ, गोबिन्दे गाई, टाउको दुखेको औषधि नाइटोमा लाई” भन्ने उखान चरितार्थ गरेका छन् माओवादी, काङ्ग्रेस र एमालेहरूले । दुखेकाे टाउकाे हाे अाैषधि नाईटाेमा लगाउँछ । समस्या कम्युटरमा छ मर्मत माेबाईलकाे गर्छ ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *