खबरदार! प्रधानमन्त्री, मन्त्री र सरकारि ओहदाका नेतृत्वहरू भ्रष्टाचारमुक्त रहनुहाेस भविष्यमा आन्दोलन अझ सशक्त हुँदै जानेछ
पूर्ण बहादुर राना
जेन्जि भनेकाे २०५४ देखि २०५९ सालमा जन्मेका मानिसहरू हुन् । अँग्रेजिमा जेनरेसन जेड(Generation Z) भनिन्छ । जेनरेसन भनेकाे पुस्ता भनेकाे हाे । मिति २०८२ भदाै २३ र २४ गते भएको आन्दोलन “पुस्ता-जेड”(Generation-Z=जेनेरेसन जेड) ले गरेकाे हाे ।
एउटा पुस्ता पछि अर्काे पुस्ता आउनु स्वभाविक हाे । याे प्रकृतिको नियम हाे । पुस्ता नजिन्मकाे लागि मानिसनै डायनाेसर बन्नुपर्छ वा लाेप हुनुपर्छ । ती विभिन्न पुस्ताहरू यस प्रकारका छन् ।पुस्ता गन्न थालेकाे विक्रम संवत् १९४० अर्थात सन् १८८३ देखि हाे । अहिलेसम्म ८ वटा पुस्तालाई नामाकरण गरिएकाे छ । जुन यस प्रकार रहेकाे छ ।
(१) The Lost Generation भनेकाे हराएको पुस्ता,
(२) Greatest Generation महान पुस्ता” वा “सर्वश्रेष्ठ
पुस्ता
(३) The Silent Generation(नि:शब्द पुस्ता),
(४) Baby Boomers (बेबी बुमर्स) अचानक संख्या वृद्धि
पुस्ता
(५) Generation X (Gen X)पुस्ता- एक्स,
(६) Generation Y (Gen Y), पुस्ता-वाई
(७) Gen Z (जेनेरेशन Z) पुस्ता-जेड
(८) Generation Alpha (Gen α) पुस्ता-अल्फा
(१) The Lost Generation भनेकाे हराएको पुस्ता
The Lost Generation भनेकाे हराएको पुस्ता भनेको हाे । यिनिहरूकाे जन्म १८८३ देखि १९०० अर्थात वि.सं. १९४० देखि १९५७ सालको बीचमा जन्मेका मानिसहरू हुन् । यिनिहरूकाे पालामा प्रथम विश्वयुद्ध (World War I) भएको थियाे ।
यिनिहरूलाई “Lost” अर्थात हराएको भन्नुको अर्थ यिनिहरू पहिलाे विश्व युद्धमा आफ्नो दिशा, लक्ष्य, र मूल्य गुमाएका थिए । यिनिहरूकाे पालामा युद्धमा ठूलो संख्यामा मानिसहरूको मृत्यु भएको थियाे । बाँचेका मानिसहरू मानसिक रूपमा आघातग्रस्त बाँचेका थिए । याे पुस्ता युद्धमा प्रत्यक्ष सहभागी भएकाे थियाे र लाखौं सैनिक मरे । बाँचेका धेरै जनाले शारीरिक र मानसिक चोट बेहाेरे । युद्धको कारणले पुरानो सामाजिक संरचना भत्किएको थियाे ।
याे पुस्ताले विश्वव्यापी रूपमा प्रथम विश्वयुद्ध , फ्लु महामारी, महामन्दी भाेगे ।
(२) Greatest Generation महान पुस्ता” वा “सर्वश्रेष्ठ पुस्ता (1901 – 1927)
याे महान पुस्ता समुहका मानिसहरू सन् १९०१ देखि १९२७ अर्थात विं सं. १९५८ देखि वि. सं. १९८४ सम्म जन्मेका मानिसहरू हुन् । Greatest Generation लाई नेपालीमा सामान्यतया “महान पुस्ता”, “सर्वश्रेष्ठ पुस्ता” वा “वीर पुस्ता” भनिन्छ।
यी उमेर समुहकम जन्मेका मानिसहरूले अप्रत्यक्ष रूपमा प्रथम विश्वयुद्ध (World War I) भाेगे । यिनिहरूले महामन्दी (Great Depression), र द्वितीय विश्वयुद्ध (World War II) जस्ता विश्वका सबैभन्दा ठूलो संकटपूर्ण घटनाहरू प्रत्यक्ष अनुभव गरेका थिए।
यस पुस्ताको विशेषता भनेको त्याग, कर्तव्य, राष्ट्रप्रेम र बलिदान हो। यिनिहरूकाे राष्ट्रप्रेम र त्याग (Patriotism & Sacrifice) काे भावनाले ओतप्रोत भएको पाईन्छ । फलस्वरूप यिनिहरूले देश र समाजका लागि व्यक्तिगत जीवन त्याग गर्न तयार भए र द्वितीय विश्वयुद्धमा प्रत्यक्ष लड्ने वा अप्रत्यक्ष रूपमा योगदान दिए ।
(३) The Silent Generation(नि:शब्द पुस्ता)
Silent Gen लाई नि:शब्द पुस्ता भनिन्छ । याे नि:शब्द पुस्ता The Silent Generation (Silent Gen) सन् १९२८ देखि १९४५ अर्थात वि. सं. १९८५ देखि वि. सं. २००२ सालसम्म जन्मेका उमेर समुहका मानिसहरू पर्दछन् । याे उमेरका मानिसहरू ८० वर्ष देखि माथिका मानिसहरू हुन् । याे उमेर समुहका मानिसहरू प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध पछि जन्मिएका मानिसहरू हुन् ।
यी पुस्ताका मानिसहरू पुनर्निर्माणमा हुर्किएका थिए । यिनिहरू अनुशासित र परिश्रमी थिए । यी उमेर समुहका मानिसहरू राजनीतिक रूपमा सामान्यतया मौन बस्ने गर्छन् । यिनिहरू आजापुजा, धामीझाँक्री, बाेकासबाेक्सि र परम्परामा विश्वास गर्छन् । यिनिहरूले आफुले राेजेकाे पार्टीका नेता जति भ्रष्ट भएपनि वा राष्ट्रघाति र बलात्कारी भएपनि एकदिन यिनिहरू सुध्रिन्छन् भन्ने भराेसा गर्छन् । गाउँका मुखिया, ठूलठूला सरकारी ओहाेदामा बसेका मानिसले जहाँ भाेट हाल्ने भन्छन् त्यहीँ भाेट हाल्छन् । यिनिहरूले नाचगान गर्दाका गुरु, जुवातास खेल्दाका गुरूहरूले भनेकाे ठाउँमा भाेट हाल्छन् । यिनिहरूले आफू गरिब भएको भाग्यले गर्दा भन्छन् । यिनिहरूले परिवारलाई प्राथमिकता दिन्थे । फलस्वरूप अधिकांस यिनिहरू देशविदेश जहाँ जागिर गरेपनि घर फर्कन्थे ।
(४) Baby Boomers (बेबी बुमर्स) अचानक संख्या वृद्धि पुस्ता
Baby Boomers (बेबी बुमर्स) भन्नाले द्वितीय विश्वयुद्ध (World War II) पछि सन् 1946 देखि 1964 अर्थात २००३ देखि २०२१ सम्म जन्मिएका पुस्तालाई जनाउँछ।
Baby Boomers को नेपाली अर्थ Baby (शिशु) बच्चा र
Boom (धमाका / अचानक वृद्धि) अत्यधिक वृद्धि भन्ने हुन्छ । यसलाई बच्चा बढि पुस्ता पनि भनिन्छ । यसकाे व्याख्या गर्दा बच्चा वृद्धि पुस्ता कसरी भयाे भने द्वितीय विश्वयुद्ध समाप्त भएपछि सैनिकहरू घर फर्किए । शान्ति तथा स्थायित्व फर्किएपछि विवाह र बच्चा जन्माउने दर असाधारण(ह्वात्तै) रूपमा बढ्यो। यसलाई नै “Baby Boom” (बच्चा जन्मदरको विस्फोट) भनियो। त्यस समय जन्मिएका मानिसहरूलाई Baby Boomers भनिन्छ।
नेपालमा Baby Boomers काे पालमा केही महत्वपूर्ण ऐतिहासिक घटना घटे । यहि समयमा नेपालमा २००७ सालमा राणाशासन अन्त्य भई प्रजातन्त्रको स्थापना भयाे । याे समयमा स्वास्थ्य, शिक्षा, र यातायातमा सुधार सुरु भयो।
२००७ सालदेखि २०१७ काे दशकमा सामाजिक र आर्थिक परिवर्तन भई विद्यालयहरू खोलिन थाले। सडक निर्माण सुरु भयो । जस्तै त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग आदि ।
जनसंख्या वृद्धि दर उल्लेखनीय रूपमा बढ्यो। यि Baby Boomers पुस्ताका मानिसहरू परिवारमुखी जीवनशैली अबलम्बन गरे । उनिहरूले विवाह र परिवारमा बढी ध्यान दिए । याे पुस्ता देश निर्माणका काममा सक्रिय सहभागिता जनाए । उनिहरू राजनीतिक र सामाजिक गतिविधि सिलसिलामा प्रजातन्त्र र विकासका आन्दोलनमा सक्रिय भए ।
(५) Generation X (Gen X)पुस्ता- एक्स
Generation X (Gen X) भन्नाले सन् १९६५ देखि १९८० सम्म अर्थात २०२२ देखि २०३७ सालसम्म जन्मिएका मानिसहरूको पुस्तालाई जनाउँछ ।
याे समयमा जन्मिने Generation X लाई प्रायः “The Latchkey Generation” (कुंजी बोकेर हिँड्ने पुस्ता) वा “MTV Generation” पनि भनिन्छ। याे पुस्ता बच्चा हुँदा धेरैले एक्लै समय बिताउनु पर्दथ्याे । उनिहरूका आमा-बुबा दुवै काममा व्यस्त भएकाले घरमा एक्लै समय बिताउनु पर्दर्थ्यो। किनकि यतिबेला महिलाहरू ठूलो संख्यामा घरायसी र खेतबारीमा कामकाजमा व्यस्त हुनु पर्दथ्याे । परिवारमा दुबै अभिभावक काममा व्यस्त हुने भएकाले बच्चाहरू आफैं जिम्मेवार बन्न बाध्य हुन्थे । बच्चाहरू पनि काम गर्न सक्ने भएपछि बाबाआमालाई काममा सघाउँथे । आफू भन्दा साना भाईबहिनिलाई हेर्ने जिम्मेवारी यिनकाे हुन्थ्यो ।
याे समयमा टेलिभिजन, म्युजिक भिडियो (विशेष गरी MTV) को उदय भयाे । र जसले सांस्कृतिक प्रभाव पार्यो।
विश्व परिवेश नियाल्दा याे समयमा संसारका धेरै मुलुकहरू परिवर्तनशील मार्गमा थियो । याे पुस्ता शीत युद्ध (Cold War) को अन्त्यतिर हुर्किएको पुस्ता हाे ।
याे पुस्ताकाे समयमा कम्प्युटर, भिडियो गेम, टेलिभिजनको तीव्र विकास भयाे । यिनकै समयमा मोबाइल फोन र इन्टरनेटको प्रारम्भिक प्रयोग भएको थियाे ।
सामाजिक र सांस्कृतिक परिवर्तनकाे सवालमा याे समयमा
व्यक्तिगत स्वतन्त्रता र अधिकारको खोजी हुन थाल्याे । राेजगार क्षेत्रमा महिलाहरूको रोजगारीमा तीव्र वृद्धि भयाे ।
नेपालकाे सन्दर्भमा Generation X पुस्ताकाे पालामा
२०२८ सालमा राष्ट्रिय शिक्षा प्रणाली कार्यान्वयन भयाे । २०३६ सालमा जनमत संग्रह , २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भयाे । सञ्चारकाे क्षेत्रमा रेडियो र टेलिभिजनको सुरुवात भयाे । शहरतर्फ बसाइँसराइ बढि भयाे । शहरमा जनसंख्या वृद्धि र वैदेशिक रोजगारी सुरु भयाे ।
(६) Generation Y (Gen Y) पुस्ता-वाई
Generation Y (Gen Y) भन्नाले सन् १९८१ देखि १९९६ सम्म अर्थात २०३७ देखि २०५३ सालसम्म जन्मिएका मानिसहरूको पुस्तालाई जनाउँछ। याे पुस्तालाई
प्रायः Millennials (मिलेनियल्स) पनि भनिन्छ।
यो पुस्ता Generation X (1965 – 1980) पछि र Generation Z (1997 – 2012/15) भन्दा अगाडि आएको पुस्ता हाे । याे पुस्तालाई प्रायः Millennials(मिलिनियल्स) सहस्राब्दी भनिन्छ । यिनिहरू नयाँ सहस्राब्दी (Millennium) को सुरुवाततिर युवावस्थामा पुगेका थिए। उनीहरूको जीवनमा कम्प्युटर, इन्टरनेट, मोबाइल, र डिजिटल प्रविधिको तीव्र विकास भएको थियो।
यस पुस्तालाई Digital Natives (डिजिटल जन्मजात पुस्ता) पनि भनिन्छ । किनकि यिनिहरू इन्टरनेट, मोबाइल, कम्प्युटर, र टेक्नोलोजी सँगै हुर्केका हुन्। याे डिजिटल संसारकाे पहिलो पुस्ता हाे । जसले डिजिटल संसारलाई आफ्नो दैनिक जीवनको अंग बनाएकाे छ ।
Generation Y को समयमा संसारमा ठूलो परिवर्तन भएको चरण हाे । यिनिहरूकाे जिवनमा डिजिटल जीवनशैलीको प्रारम्भ भएको हाे । याे पुस्ताले विश्वव्यापीकरण (Globalization) रूपमा अन्तर्राष्ट्रिय व्यापार र रोजगारमा तीव्र विस्तार भएको थियाे । परिणामस्वरूप अन्तर्राष्ट्रिय संस्कृतिको आदान-प्रदान भयाे ।
यिनिहरूकाे पालामा सामाजिक र राजनीतिक परिवर्तन,
मानव अधिकार, लैंगिक समानता, र सामाजिक न्यायका लागि आन्दोलनमा सक्रिय भए ।
यिनिहरूकाे पुस्तामा आर्थिक चुनौतीको रूपमा विश्वव्यापी आर्थिक संकट (Global Financial Crisis) भयाे । यिनिहरूकाे पालामा स्टार्टअप, टेक्नोलोजी कम्पनीहरूको उदय (Google, Facebook, Apple, Amazon) भयाे ।
यिनिहरू प्रविधिमा दक्ष कम्प्युटर, मोबाइल, इन्टरनेट प्रयोगमा पारंगत छन् । वैश्विक सोच अनुसार संसारलाई एउटा साझा गाउँ (Global Village) का रूपमा हेर्ने गरियाे । उनिहरू शिक्षा र अवसरमा केन्द्रित भएर उच्च शिक्षा र करियर विकासमा ध्यान दिए । याे पुस्ताले सामाजिक आन्दोलनमा सक्रिय, मानव अधिकार, समानता, वातावरणीय मुद्दामा आवाज उठाउने कार्य गरे । उनिहरूले लचिलो कार्यशैली अफिसमा मात्र नभई रिमोट वर्क र स्वतन्त्र व्यवसायमा रुचि राख्न थाले । यिनिहरूले परिवार र विवाहमा ढिलाइ विवाह गर्ने र बच्चा ढिलाे जन्माउने थाले ।
नेपालको सन्दर्भमा Generation Y पुस्ताले २०४६ सालको प्रजातन्त्र पुनःस्थापना देख्ने पुस्ता हुन् । याे पुस्ताले २०५२ सालपछि भएको माओवादी जनयुद्ध प्रत्यक्ष अनुभव गरे । यिनिहरूले ०६२/६३ सालको जनआन्दोलन र गणतन्त्र स्थापना (२०६५) प्रत्यक्ष देखे ।
याे पुस्ताले नेपालमा सूचना प्रविधि (ICT) विकास र सोशल मिडियाको प्रयोग बढाउनेमा प्रमुख भुमिका खेले । यिनिहरूले
वैदेशिक रोजगार, पर्यटन, र उद्यमशीलतामा सक्रिय योगदान दिएका छन् । याे पुस्ता-वाई(Gen-Y) राजनीतिक आन्दोलन र सामाजिक अभियानमा अग्रणी भुमिका निर्वाहा गरेका छन् ।
(७) Gen Z (Generation-Z) पुस्ता-जेड वा जेन्जि
Gen Z (जेनेरेशन Z) अर्थात् पुस्ता-जेड भनेको Millennials (Gen Y) पछि जन्मिएको पुस्ता हो। यो पुस्ता प्रायः १९९७ देखि २०१२ अर्थात २०५४ साल देखि २०६९ सालसम्म जन्मेकाे बच्चाहरू हुन् । यिनिहरूलाई कहिलेकाहीँ iGeneration, Zoomers, वा Digital Natives पनि भनिन्छ।
पुस्ता-जेड( Gen Z) का प्रमुख विशेषता भनेकाे उनिहरू जन्मदेखि नै डिजिटल युगमा हुर्किएका हुन् । यिनिहरूले
स्मार्टफोन, इन्टरनेट, र सोसल मिडिया बिना संसार कल्पना गर्न सक्दैनन् । यिनिहरूकाे पुस्तामा YouTube, TikTok, Instagram, Snapchat जस्ता प्लेटफर्म सक्रिय छ । यिनिहरू टेक्नोलोजीमा अत्यन्तै निपुण (Tech-Savvy) छन् । यिनिहरू अनलाइन अध्ययन, ई-कमर्स, र डिजिटल मनोरञ्जनमा पहुँच छ । यिनिहरूकाे पालामा AI, VR, Deep Seek Blockchain जस्ता नयाँ प्रविधिहरूसँग छिटो घुलमिल हुन्छन् ।
याे पुस्तामा सामाजिक सचेतता छ । यिनिहरू वातावरणीय संरक्षण (Climate Change), समानता (Equality), र मानवअधिकारका विषयमा जागरूक छन् । यिनिहरूसँग
सामाजिक न्यायका लागि अनलाइन क्याम्पेन सुरु गर्ने क्षमता छ ।
जेन-जेड समुहले व्यक्तिगत स्वतन्त्रता र विविधता (Diversity) को सम्मान गर्छन् । यिनिहरूले लैङ्गिक समानता र विभिन्न पहिचानलाई स्वीकार गर्ने सोच राख्छन् । याे पुस्ताले काेभिड-१९(COVID-19) महामारी (2020) सोशल मिडिया बूम (TikTok, Instagram Reels) र जलवायु परिवर्तन अनुभव गरेकाे पुस्ता हाे ।
(८) Generation Alpha (Gen α) पुस्ता-अल्फा
Generation Alpha (Gen α) पुस्ता-अल्फा भनेको २०१३ देखि २०२५ अर्थात् वि. सं. २०७० देखि २०८२ (हालसम्म) जन्मिएका मानिसहरूको पुस्ता हो। यो पुस्ता Millennials (Gen Y) र Gen Z पछि जन्मिएको हो र प्रायः डिजिटल युगमा जन्मेर हुर्किने पहिलो पुस्ता हो। याे पूर्ण डिजिटल युगमा हुर्किएका मानिसहरू हुन् । याे पुस्ता स्मार्टफोन, ट्याब्लेट, AI, VR, र रोबोटिक्ससँग जन्मदेखि परिचित छन् । यिनिहरूलाई इन्टरनेट, स्मार्ट डिभाइस, र डिजिटल शिक्षा सामान्य मान्छन् । यिनिहरूले अनलाइन लर्निङ, स्मार्ट क्लासरुम, र ई-लर्निङमा सहज मान्छन् । यिनिहरूमा सामाजिक र वातावरणीय सचेतना, समानता, डिजिटल कम्युनिटीमा सक्रियता बढ्दै जानेछ ।
अब पछि आउने पुस्ताहरू;
(१) अधिक डिजिटल र स्मार्ट:
Alpha पछि आउने पुस्ता AI, VR, AR, Robotics मा जन्मदेखि सहज मान्ने अनुमान छ ।
(२) भौतिक र डिजिटल जीवनको एकीकरण:
Metaverse, Smart City, IoT आदि सामान्य।
(३) विश्वव्यापि सोच:
Climate Change, Sustainability, Global Citizenship मा बढी सचेत।
(४) शारीरिक/मानसिक विकासमा प्रविधि:
Health Tech र NeuroTech प्रयोग गरेर मानव क्षमतामा सुधार गर्नेछ ।
पछि आउने पुस्ताहरूले माथि उल्लेखित भविष्यवाणी भन्दा चमत्कार पनि गर्न सक्ने छन् ।