जेन्जिले गर्नुपर्ने कार्यहरू;

Read Time:7 Minute, 39 Second

पूर्ण बहादुर राना

१) अन्तरिम सरकार गठन

यतिबेला नेपाल सरकार बिहिन छ । रात रहे अग्राख पलाउँछ । त्यसैले तत्कालै नागरिक सरकार वा जे नाम दिएनि सरकार बिहिन भ्याकुम लाई फुलफिल गर्नुपर्छ । नत्र विदेशी शक्ति केन्द्रकाे क्रिडा स्थल बन्न सक्छ । प्राेअमेरिकन वा प्राेईण्डियन र प्राेचाईनिज बिच टकराब परे तराई क्षेत्रमा भारतीय सेना र पहाडी क्षेत्रमा चाईनिज सेनाले परेड खेल्न सक्छ । तर नेपालीहरूमा जातीय, धार्मिक रूपमा हुलदङ्गा र लड्नभिड्न हुन्न भने चेत छ । याे अन्तरिमसरकारले ६ महिना भित्र निर्वाचन गर्नुपर्छ ।

२) दलिय व्यवस्थालाई स्विकार्य

भदाै २३ र २४ काे जेन्जि आन्दोलन(Gen-Z Revolution/Protest) ले अकल्पनीय रूपमा सरकारलाई झुकायाे हाेईन भगायाे । जेन्जिले जितेकाेमा बधाई छ । यद्यपि जेन्जिलाई निर्दलिय व्यवस्था लाद्न खाेजेकाे आराेप छ । त्यसाे हुन नदिई चुनाव गराई सबै दललाई चुनावमा भाग लिन दिने माहाेल बनाउनुपर्छ । तर चुनावमा पैसा, पावर र मसल प्रयाेग गर्ने दललाई ठेगान लगाउनु पर्छ । जेन्जिले आफ्नो परिवारलाई कन्भिन्स गर्नुपर्छ ।

३) संविधान संशोधन

मूलतः संविधानकाे आधारभूत संशाेधन गर्नुपर्ने आवश्यक छैन । जस्तै संघीय गणतन्त्र, धर्म निरपेक्षता आदि आदि । तर संविधान संशाेधन गर्नुपर्ने भनेकाे जातीय समानुपातिक निर्वाचन प्रणाली, मातृभाषामा शिक्षा, प्रदेशलाई शक्तिशाली, भ्रष्टाचारी र बलात्कारीलाई सर्वस्वहरण सहित कित स्वर्गबास कित आजिवन कारबास व्यवस्था गर्नुपर्छ । जातीय समानुपातिक सिद्धान्तले जातीय सबाल्ट्रन, भाषिक सबाल्ट्रन, साँस्कृतिक सबाल्ट्रन, आर्थिक(वर्गीय) सबाल्ट्रन, लिङ्गीय सबाल्ट्रनहरूलाई न्याय दिन्छ । सबाल्ट्रन (Subaltern) भन्नाले तल्लो दर्जाको वा कमजाेर व्यक्ती, अधीनस्थ समूह र दबिएका समुदाय हुन् । याे शब्द सुरूमा इटालियन चिन्तक अन्तोनियो ग्रैम्सी (Antonio Gramsci) ले राजनीतिक र सामाजिक सिद्धान्तमा प्रयोग गरेका थिए।

४) जेन्जि समुहलाई राजनीतिक रूपले शिक्षित र दिक्षित बनाउनुपर्ने

राजनीति सप्रियाे भने देश अमेरिका बन्छ । चाईना, काेरिया, जापान, स्विटजरल्यान्ड, लक्जमबर्ग बन्छ । राजनीति बिग्रयाे भने देश सुडान बन्छ । लिबिया, बंगलादेश, नेपाल बन्छ । तसर्थ जेन्जि समुहलाई ईमानदार, जवाफदेही, जिम्मेवारी, असल आचरणयुक्त र भ्रष्टाचारमुक्त राजनीतिक स्कुलिङबाट शिक्षित गरिनुपर्छ । जेन्जि समुहले सहि तरिकाले राजनीति बुझे नेपालकाे राजनीति ३० देखि ४० वर्ष ढुक्कले अघि बढ्छ ।

५) जेन्जिलाई प्रविधि र प्रडक्टसँग जाेड्नुपर्ने

जेन्जि समूह प्रविधि, आईटीसँग परिचित समूह हाे । आईटी र प्रविधिमा याे समूह नयाँ नयाँ आविष्कार गर्न अघि सर्नुपर्छ । बरू यसकाे लागि आवश्यक बजेट बिनियाेजन गर्नुपर्छ । तर केवल युट्युब, ईन्स्टा, फेसबुक, टिकटक आदि मात्रै छाेएर हुँदैन । याे जिन्जि समूह अाैषधि उत्पादन, कपडा उत्पादनमा लाग्नुपर्छ ।

कम्युटर र माेबाईल मात्रै छाेएर र चलाएर हुँदैन । माटाे छुने कार्यमा अघि बढ्नुपर्छ । ग‌ैंति, बेल्चा, ट्याक्टर, हँसिया, कुटाे, काेदालाे आधुनिक कृषि अा‌ैजार छुन र चलाउनु पर्छ । खेतबारी बाँझाे राख्ने कार्य बन्द गर्नुपर्छ । हामी नेपाली भाग्यमानी छाैं । हाम्राे नेपालकाे माटाे मरूभुमिले झैं बीउ पचाउँदैन । ह आँप राेपे आँप फल्छ । धान र मकै छरे धान मकै फल्छ । जडिबुटी लगाए जडिबुटी फल्छ । हावापानी पनि त्यस्तै छ । पशुपंक्षि पालन, माछा पालन, सुँगुरबँगुर गाईभैंसि, भेडाबाख्रा जे पालेनि हुन्छ । प्रडक्टमा ध्यान दिनुपर्छ ।

६) बिचाैलिया र दलाललाई तह लगाउनुपर्छ

भाेलि जेन्जिकाे सरकार बनेपछि बिचाैलिया र दलाललाई तह लगाउनुपर्छ । बिचाैलियाले किसानलाई,समुदायलाई, व्यक्तिलाई र समग्र राष्ट्रलाई घाटा पार्ने काम गर्दछ । तरकारी, खाद्यान्न सिधै किसानबाट उपभोक्तासम्म पुर्याउने कार्य गर्नुपर्नेछ । सामुदायिक बनकाे काठ, हस्पिटल, बैंक, कार्यालयमा उपकरण, जहाज आदि खरिद बिक्री गर्दा तथा बाटाेघाटाे, पसलपुलेसा, हाईड्राेपावर, बिचाैलिया र दलाल रहित गर्नुपर्छ ।

७) घरभाडा तथा यातायात साधनकाे भाडा

घरभाडा, जग्गाजमिन र यातायात चलाएबापत र मनपर्दि भाडा बढाउने प्रचलन छ । अब यस्ताे कार्य राेक्नुपर्छ । घरभाडा, जग्गाजमिनकाे भाडा र यातायातको साधनकाे भाडादर वैज्ञानिक र व्यावहारिक ढंगले ताेक्नुपर्छ ।

८) सरकारी कार्यालय र हस्पिटलमा हुने ढिलासुस्ती

जागिर खान सरकारी मन पर्ने तर काम गर्न मन नपर्ने अवस्था छ । सरकारी कार्यालयले सक्कली कागजात हुँदा पनि ढिलाई गर्ने । सरकारी कार्यालयमा काम गर्नेहरूले आफुलाई छाेटेराजा ठान्ने प्रवृत्ति छ याे कार्य बन्द गर्नुपर्छ । यसरी नै सरकारी हस्पिटलमा शरिरकाे कुनै अंगकाे अप्रेशन गर् पर्याे भने, दाँत भर्नुपर्याे भने ६ महिना वर्ष दिन भन्दा बढि लगाउँछ । यसकाे अर्थ सरकारी हस्पिटलबाट प्राईभेट हस्पिटलमा जाओस भन्ने ईरादा लुकेकाे देखिन्छ । याे कार्य बन्द गरिनुपर्छ । अब शिक्षा र स्वस्थ्य नि:शुल्क गरिनु पर्छ । निजी रूपमा संचालन गरेका विद्यालय, हस्पिटल सरकारीकरण गरिनुपर्छ ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *