-पूर्ण बहादुर राना
धेरै वर्ष पहिला एउटा गाउँमा एकजना कुमाले बस्थे। ऊ निकै मेहनती र इमानदार मान्छे थियो। ऊसँग एउटा सुन्दर कोट थियो । जुन काेट उसलाई असाध्यै मनपर्थ्यो।
त्याे काेट कुमालेले सधै लगाउने गर्थ्याे । समय बित्दै जाँदा त्यो कोट पुरानो हुँदै गयो र काेट कतै-कतै च्यातिन पनि थाल्यो। तर, कुमाले त्यति धनी थिएनन् । उनले नयाँ कोट किन्न सक्दैनथे । एक ठाउँमा काेट च्यातियाे त्यस ठउँमा उनले टाले । जब-जब कोट च्यातिन्थ्यो उनले टाल्दै मिलाउँदै लगाउँथ्यो।
केही समयपछि पुरानो कोटमा यति धेरै टालाेहरू टाले कि अन्तमा मूल कोटकाे कपडा कहाँ थियो र टालेकाे कपडा कुन हाे भन्ने छुट्याउनै गाह्रो भयो।
एक दिन कसैले उसलाई सोध्यो,
“तिम्रो कोट साँच्चै पुरानै हो कि नयाँ नै हो?”
कुमाले मुस्कुराउँदै जवाफ दियो,
“यो कोट त सुरुमा पुरानो थियो, तर टाल्दै-टाल्दै अहिले सक्कली कोट नै हराइसकेको छ, केवल टालेकाे मात्र बाँकी छ।”
२०७४ सालमा भैरहवामा सम्पन्न ११अाैं राष्ट्रिय सम्मेलनममा “राष्ट्रिय जनमुक्ति पार्टी” काे नाम फेरेर “नेपाल जनमुक्ति पार्टी” बनाउने प्रस्ताव ल्याउनेहरू देख्दा मलाई यहि कुमालेकाे काेट याद आउँथ्यो । जसरी कुमालेले टाल्दा टाल्दा सक्कली(Original) कपडानै हरायाे । त्यसरीनै “राष्ट्रिय जनमुक्ति पार्टी” काे नाम र झण्डा फेर्दा फेर्दै चिन्नै नसक्ने बनाउने भयाे पार्टीलाई भनेर मैले पार्टी नाम हाेईन काम फेराैं । काम गर्ने कार्यशैली फेराैं । काम गराैं काम भनेकाे थिएँ । मलाई लाग्थ्याे कतै याे देश र धर्तिबाट जनमुक्ति भन्ने शब्दनै गायब गराउन लागिपरेकाे हाेईन जस्ताे लाग्थ्याे । त्यसैले मैले नाम फेर्नु हुँदैन भनेर २०७४ सालकाे ११अाैं राष्ट्रिय सम्मेलन भैरहवामा घाेर बिराेध गरेकाे थिएँ । हामी अन्य नेता र कार्यकर्ता पनि जताजता बाहुन बाजे उतैउतै स्वाहा जस्तै भयाे ।
अध्यक्ष केपि पालुङ्वाले एक ईन्टरभिउमा भन्नु भएको थियाे भारतीय जनता पार्टी पनि पटकपटक नाम फेरेर यहाँ आएकाे हाे । अब राष्ट्रिय बाट नेपाल भयाे । पक्कै पनि तीन कराेड जनता नेपाल जनमुक्ति पार्टीमा लाग्छ हाेला भन्ने विश्वासमा छु । कतै तिनै कराेड नलागेनि १ कराेड लाग्ला वा १ कराेड नलागेनि २०८४ काे निर्वाचनमा नेपाल जनमुक्ति पार्टीले ५० लाख भाेट ल्याए त भैत गाेनि ।
उता कार्यकारी अध्यक्ष केशव सुर्यवंशि किर्तेसँग बस्न सकिँदैन भनेर बाहिरिनु भएको छ । अब सक्कली भएपछि तीन कराेड नेपालीहरू राष्ट्रिय जनमुक्ति पार्टीमा लाग्ला । कतै तिनै कराेड नलागेनि १ कराेड लाग्ला वा १ कराेड नलागेनि २०८४ काे निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले ५० लाख भाेट ल्याए भैत गाे । अबकाे २०८४ काे चुनावमा १ कराेड भाेट त केपि र केशवले नेतृत्व गरेकाे पार्टीले ल्याउने भयाे । हामीलाई नि केकाे खसखस र टनटन छ र! हामी त खुसि हुन्छौं ।
हेक्का रहाेस केपी र केशव दुवै नाम र झण्डा फेर्नमा सहमत भएका हुन् । “राष्ट्रिय जनमुक्ति पार्टी” काे ठाउँमा “नेपाल जनमुक्ति पार्टी” राख्ने पार्टीको नाम फेर्ने प्रस्ताव गर्ने सुरूकाे व्यक्ति केशव बहादुर थापा मगर(केशव सुर्यवंशी) हुन् भने स्विकार दिने खड्ग प्रसाद पालुङ्वा लिम्बू (केपी) हुन् । केशव सुर्यवंशिले पार्टीको झण्डा पनि छिर्किमिर्के सुर्य बनाउन खाेज्दा एमालेकाे सुर्यसँग मेल खाने भएकोले निर्वाचन आयाेगले मानेन । तत्कालीन समयमा केपिले केशवकाे अघि प्रस्ताव ल्याउन पनि हच्किन्थ्याे । कानूनत:Dejure) अध्यक्ष केपि थियाे भने तथ्यत:(Defacto) अध्यक्ष केशव थियाे । बाँकि २०७४ काे ११अाैं राष्ट्रिय सम्मेलनमा भाग लिने र स्वीकृति दिने प्रतिनिधि र बिधानसभामा-२०८१ मा भाग लिने अनि स्वीकृत दिने र माैन बस्नेहरू हुन् ।
अहिले “नेपाल जनमुक्ति पार्टी” सँग रस र गुदि छ । दर्ताउन्मुख “राष्ट्रिय जनमुक्ति पार्टी” सँग बाेक्रा र छाेक्रा छ । अब दुवैले गरिखाउन ।
नाेट: रस र गुदि भन्नाले चुनाव चिन्ह घर, निलाे झण्डामा राताे सुर्य र जनमुक्ति विचारधारा “नेपाल जनमुक्ति पार्टी” सँग छ
। भने बाेक्रा र छाेक्रा भन्नाले बाहिरी दिखिने आवरण र रूप “राष्ट्रिय जनमुक्ति पार्टी” सँगछ ।अब केपी मन पर्नेलाई केपी अध्यक्ष पाएकाे छ । केशव मन पर्नेले केशव अध्यक्ष पाएकाे छ । बाह्र हात उफ्रिएर काम गर्ने अवसर छ दुवै नेताका हामी अन्धभक्तहरूलाई । जय हाेस हाम्राे । विजय हाेस हाम्रो । फेरि पनि धेरै धेरै शुभकामना केपी र केशवकाे दुवैको मनले आँटेकाे मनाेकांक्षा पूरा हाेस । दुवैले गरिखाउन शुभकामना ।