अनुज लामाको स्वरमा ‘टाढा नजाउ

Read Time:1 Minute, 19 Second

गिता अधिकारी ,

काठमाडौं । अनुज लामाको स्वरमा रहेको गीत ‘टाढा नजाउ’ सार्वजनिक भएको छ । अनुजकै संगीत, अरुणा रुम्बाको शब्द रचना, निरोज लामाको एरेञ्ज र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।


किरण चापागाईंको निर्देशन रहेको गीतको भिडियोमा पुनम लक्ष्मी मगर र पुकार चापागाईंलाई फिचरिङ गरिएको छ । पंकज महराको छायांकन रहेको गीतको भिडियोमा धिरज अधिकारीको दृश्य सम्पादन एवम् कलर रहेको छ ।

प्रेमिल गीतमा आफूले माया गरेको मान्छेलाई सधै समिपमा रहन टाढा नजान आग्रह गरिएको छ । गीतको भिडियो गीतकार अरुणा रुम्बाको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अरुणा रुम्बा प्रवासमा बसेर गीत, सङ्गीतमा सक्रिय हुनुहुन्छ । उहाँका दर्जन भन्दा वढि गीत श्रोता/दर्शकमाझ आएका छन्

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *