खपाङ्गीको स्मृति दिवसमा गोरेबहादुर खपाङ्गी मार्गको शिलान्यास

Read Time:4 Minute, 19 Second

हुमबहादुर थापामगर

महोत्तरी, भदौ १३ । स्वर्गीय नेता गोरेबहादुर खपाङ्गीमगरको ९ आँै स्मृति दिवस भदौ ११ गतेका दिन गोरेबहादुर खपाङ्गी मार्गको शिलान्यास उनकै गृह नगर महोत्तरी जिल्लाको पूर्व पश्चिम महेन्द्र राजमार्गको गौशाला नगरपालिका वडा नम्बर -१, स्थित माईथान चोकमा गोरेबहादुर खपाङ्गी मार्ग मूलद्वारको शिलान्यास सम्पन्न भएको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतोद्वारा खपाङ्गी मार्गको शिलान्यास गरिएको थियो ।

खपाङ्गी मार्गको शिलान्यासपश्चात फाउण्डेशनले स्वर्गीय नेता गोरेबहादुर खपाङ्गीको ९ औँ स्मृतिसभा प्रतिनिधि सभाका सदस्य माननीय सांसद लक्ष्मी महतोको प्रमुख आथित्यमा गौशालाको रामनगरस्थित मगर सङ्ग्रहालयको प्राङ्गणमा भव्य रुपले सम्पन्न गरेको थियो ।

गोरेबहादुर खपाङ्गी फाउण्डेशनको निवेदन प्राप्त भएको दुई वर्षसम्म आफूले गहिरो अध्ययन र कानुनविदहरुसँगको रायसल्लाहमा यो महत्वपूर्ण निर्णय लिएको साथै आफ्नो कार्यकालको पहिलो र महत्वपूर्ण कार्यको रुपमा शिलान्यास गरेको कुरा पनि प्रमुख अथिति मेयर महतोले बताउनुभयो । गौशाला नगरपालिकाको १४ औँ नगरसभाले २०८१ चैत्र ३१ गते ‘गोरेबहादुर खपाङ्गी मार्ग’को नामाकरण गर्ने निर्णय गरेको थियो ।

शिलान्यासको अवसरमा भिक्षु महासङ्घका केन्द्रीय सदस्य एवम् गोल्माराजा बुद्ध विहार, चन्द्रपुर– १, रौतहटका विहार प्रमुख भिक्षु मेघङ्कर स्थविरले बुद्ध पूजा गर्दै धर्मदेशना दिनुभएको थियो ।

गोरेबहादुर खपाङ्गी फाउण्डेशनका अध्यक्ष हुमबहादुर थापामगरको अध्यक्षतामा प्रमुख अथिति गौशाला नगर प्रमुख डा. दीपेन्द्र महतो, विशिष्ट अथितिमा रौतहटका विहार प्रमुख भिक्षु मेघङ्कर स्थविर, राष्ट्रिय जनमुक्ती पार्टीका महासचिव टोप अस्लामी र अथितिहरुमा गौशाला नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष भोजबहादुर दर्लामी, बर्दिबास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष कहरमान तामाङ, नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय उपाध्यक्ष बलबहादुर रखालमगर, गोरेबहादुर खपाङ्गी फाउण्डेशनका सल्लाहकारद्वय संजोग लाफामगर र अधिवक्ता चेत आलेमगर थिए ।

साथै , स्थानीय जनप्रतिनीधिहरु, फाउण्डेशन केन्द्रका कोषाध्यक्ष चन्द्रबहादुर थापामगर, सदस्य पूर्ण रानामगर, गोरेबहादुर खपाङ्गी फाउण्डेशन महोत्तरी शाखाका अध्यक्ष गणेशबहादुर जर्गामगर, उपाध्यक्ष सन्तबहादुर आलेमगरलगायत खपाङ्गी फाउण्डेशन महोत्तरी शाखाका पदाधिकारी र सदस्यहरु, बुद्धिजिवी एवम् समाजसेवी रुद्र सुस्लिङ, रामकुमारी आले, मदेश प्रदेशका अध्यक्ष रुद्र बुर्जामगर, डिलबहादुर किङरिङ, गणेश आले, जनजाति महासङ्घ महोत्तरीका अध्यक्ष धर्मनारायण श्रेष्ठलगायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम खपाङ्गी फाउण्डेशन महोत्तरी शाखाका सचिव धनबहादुर समालमगरले सञ्चालन गर्नुभएको थियो ।

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

One thought on “खपाङ्गीको स्मृति दिवसमा गोरेबहादुर खपाङ्गी मार्गको शिलान्यास

Leave a Reply

Your email address will not be published. Required fields are marked *