विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल 

Read Time:2 Minute, 15 Second

अन्नपुर्ण के.सी.

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको दुबै मोहडा नेपाल र तिब्बतबाट सफल आरोहण गरी विश्वकिर्तिमान राख्न सफल आरोही कल्पना महर्जनको अगुवाईमा तिज अन द वाल (स्पोर्ट क्लाइमिंग) भएको छ । हरेक वर्ष नेपाली हिन्दू महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा तिज अन द वाल आयोजना गरिएको हो ।


 संस्कृति र साहस सँगसँगै भन्ने नाराको साथमा भएको तिज अन द वाल कार्यक्रममा यो पटक नेपाली सेनाका महिला जवानहरुले सभागिता जनाउनुका साथै दुई पाड.ग्रे क्विनका सदस्यहरुले पनि
भाग लिएका थिए ।

साहसिक खेल स्पोर्ट क्लाइम्बिडको प्रवर्द्धन गर्ने लक्ष्यसहित हरेक वर्ष विभिन्न विधाका महिलाहरुलाई कार्यक्रममा सहभागी गराउँदै आएको सो संस्थाले बताएको छ । महर्जनले राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्बिङमा क्लाइम्बिङ अभ्यास गराएकी हुन् ।

तिजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तिज अन दी वाल सुरु गरिएको उनले बताइन् । तिजमा भगवना शिवलाई पाउन पार्वती माताले कठोर तपस्या पछि प्राप्त गरेको कथा छ ।

त्यस्तै हामीले आफ्नो कुनै पनि लक्ष्य प्राप्त गर्न पार्वती माताले जस्तै कठोर भन्दा कठोर संघर्ष पछि मात्र लक्ष्य र सफलता प्राप्त गर्न सकिने सन्देश दिन कार्यक्रम गर्दै आएको जनाइएको छ ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमी  स्पोर्टस क्लाईम्बिड. उपत्यका विशेष कमिटी र स्र्पोट्स क्लाईम्बिड. बागमति प्रदेश सँगको सहयकार्यमा यस
कार्यक्रम भएको हो 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %