कमजोर हुँदै मनसुन:निम्न क्षेत्रहरुमा आकस्मिक बाढीको जोखिम

Read Time:1 Minute, 49 Second

कस्मिरा मगर

काठमण्डौ, श्रावण ३०

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित छ । फलस्वरूप, नेपालमा मनसुन केही कमजोर हुने देखिन्छ ।

शुक्रबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बाँकी भू(भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश पहाडी भू(भागको थोरै स्थानहरूमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज बिहानको मापन अनुसार कोशी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती। पश्चिम राप्ती र बबई नदीको बहाव तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शुक्रबार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम पश्चिम, कालिकोट, बाजुरा, बझाङ, डोल्पा, मुगु, हुम्ला, दार्चुला, र आसपासका जिल्ला भई बहने केही स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

2 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %