तनहुँको छिर्कनमा इभी माइक्रो दुर्घटना

Read Time:1 Minute, 14 Second

पूर्ण बहादुर राना/२०८२ श्रावण १९


तनहुँमा इभी माइक्रो दुर्घटना भएको छ । माईक्रो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनमा पोखराबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०४५० नम्बरको इभी माईक्रो दुर्घटना भएको हो ।

दिउँसो साढे २ बजेको समयमा चालकले नियन्त्रण गुमाएका थिए । माईक्रो डिभाइडरमा ठोक्किदा सडकमै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । चालकसहित माइक्रोमा १२ जना सवार थिए । ९ जना घाइतेलाई उद्धार गरेर प्रदेश अस्पताल दमौली पठाइएको छ । घाइते ७ जना सामान्य र २ जनाको अवस्था मध्यम रहेको छ ।

माइक्रो चालक रुपन्देहीको मर्चवार गाउँपालिका– ४ बस्ने २१ वर्षीय महेश धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

1 0
Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %