जे हुन्छ राम्रोकै लागि हुन्छ जे हुँदैछ राम्रोकै लागि हुँदैछ

Read Time:16 Minute, 49 Second

-पूर्ण बहादुर राना

जे हुन्छ राम्रोकाे लागि हुन्छ जे हुँदैछ राम्रोकाे लागि हुँदैछ भन्ने नेपाली उखान हाे । याे भनाइ कतिपय धर्मशास्त्रहरूमा पनि पाईन्छ । याे अर्थपूर्ण पनि छ । किनकि जे भयाे भन्नाले केही न केही भएको छ भनेकाे हाे । त्याे केही न केही हुँदा राम्रो भएको पनि हुनसक्छ र नराम्रो भएको पनि हुनसक्छ । तर राम्रो नराम्रो जे भएपनि मानिसले धेरै राम्रो कुरानै सिक्ने गर्छन् । राम्रो पाठनै पाउने गर्छन् ।

हिजाे २०७२ सालमा भुँईचलाे जानू अघि मानिसले ईन्जिनियरिङ राम्रो नगरेर जथाभावी घर बनाए । बिल्डिङ बनाए । जब भुँईचलाे गयाे त्यस पश्चात् मानिसमा भुकुम्प प्रतिराेधि घर बनाउने चेत खुलेकाे छ ।

२०७६ चैत ११ गते काेराेनाकाे नाममा लकडाउन भयाे । लकडाउन अघि मानिसले ऋण माथि ऋण थाेपर्ने काम भएको थियाे । पैसा जथाभावी लगानी गर्ने र खर्च गर्ने गर्थे । काेराेनालाई हाउगुजी बनाएर अनेक खाेप लगाए । अहिले काेराेना साेराेना आएपनि नडराउने भएका छन् । पैसाकाे सदुपयोग भएको छ । गाउँघरका घरखेत एकदिन काम लाग्छ हेला गर्नुहुन्न भन्ने चेत खुलेकाे छ ।

जनमुक्ति पार्टीको नाम अघिकाे “राष्ट्रिय” हटाउने र “नेपाल” थप्ने कार्यले जनमुक्तिहरूलाई पनि तपसिलका चेतना दिएकाे छ ।

(१) नेतृत्वलाई शंकाकाे तराजुमा जाेख्ने

अब जनमुक्ति पार्टीको केन्द्रीय, प्रदेश र स्थानीय तहका नेता, कार्यकर्ताहरूले नेतृत्वलाई आँखा चिम्लेर विश्वास गर्ने छैनन् । सधैं प्रश्न चिन्ह खडा गरि शंका(benefit of doubt) काे सुविधा लिईरहने छन् । केन्द्रीय समितिमा, विधान महाधिवेशनमा र पार्टीको राष्ट्रिय महाधिवेशनमा उठेकाे विषय वा एजेन्डा(Issue) मा चनाखो हुनेछन् । कुन प्रस्ताव पास भयाे कुन भएन ख्याल गर्नेछन् । र महाधिवेशन हलले जुन विषय पास गरेकाे छ साे विषयकाे अक्षरस: कार्यान्वयन गर्न दबाब दिनेछन् ।

(२) एउटा माघले जाडाे जाँदैन

माघ महिना २०८२ सालमा मात्रै आउने हाेईन । माघ महिना त हिजाे २०८१ सालमा, २०८० सालमा र त्याे भन्दा अघिका सालमा पनि आएको थियाे । र २०८२ साल पछि पनि आउने छ । त्यसैले पार्टीमा कुनै नेताले गलत गर्याे भनेर आत्तिनु पर्दैन ।

हामी जनमुक्तियनहरूकाे लागि प्रिय चिज र शब्द भनेकाे “जनमुक्ति” शब्द हाे । जनमुक्ति शब्द अघि पछि कुनै नाम वा विशेषण र क्रियाविशेषण जे थपे पनि केहि फरक पर्दैन । किनकि जनमुक्ति भित्र जनमुक्ति विचारधार(Janamukti Ideology) छ । जनमुक्ति विचारधाराले पछि पारिएको जाति समुदायलाई अघि बढाउने दिशानिर्देश गरेकाे छ । जनमुक्ति विचारधाराले दलित, मधेसी, आदिवासी, मुस्लिम, सत्ताबिहिन खसआर्यलाई मात्रै हाेईन पछि पारिएकाे जंगलमा बस्ने र हालसम्म स्थाई घर नभएको राउटे जस्ता जातिलाई शैक्षिक रूपमा शिक्षित र दिक्षित गरि मन्त्री, राजदुत, सचिव,प्राेफेशर, डाक्टर, ईन्जिनियर बनाउने याेजना छ ।

यति मात्रै हाेईन विश्वमा बढिरहेकाे धार्मिक युद्ध, जातीय युद्ध, आर्थिक युद्ध, साँस्कृतिक युद्ध, विज्ञान प्रविधिकाे युद्धलाई समाधान गर्नुछ ।

(३) पार्टी भनेकाे समुन्द्र र महासागर हाे

समुन्द्र र महासागरमा माछा हुन्छ । भ्यागुता हुन्छ । सर्प हुन्छ । बिच्छी हुन्छ । गंगटा हुन्छ । अक्वाटिक बनस्पति र जिवजनवार हुन्छ । मिनिरल्स हुन्छ । गाेहि हुन्छ । सार्क हुन्छ । अनि डल्फिन र ह्ववेल माछा पनि हुन्छ । अर्थात राम्रो नराम्रो सबै हुन्छ ।

पार्टी पनि समुन्द्र हाे । महासागर हाे । पार्टीमा पनि विद्धान हुन्छ । नपढेका हुन्छन् । डाक्टर, पाईलट, ईन्जिनियर हुन्छ । चाेर डाँका हुनसक्छ । धनी हुन्छ । गरिब हुन्छ । त्यसैले पार्टी भित्र पनि समुन्द्र भित्र झैं राम्रो नराम्रो दुवै हुन्छन् । हामीले राम्रो चिजलाई संरक्षण र प्रर्वद्धन गर्दै जानुपर्छ ।

(४) सबै समान हुन् । सबै मानिस मूल्यवान छन्

सबै धनी, गरिब, पढेका नपढेका समान हुन् । काेहि सानाे ठूलो छैन । राजनीतिमा मापन गर्ने भनेकाे भाेटले हाे । भाेट अमुल्य हुन्छ । अमूल्य भनेकाे मूल्यले मापन गर्न नसक्ने । एक भाेटलाई नत रू १०० मा किन्न सक्छ नत लाख, कराेड र अरबमा । तर अहिले जनताले नबुझेर बेचिरहेका छन् ।

त्यसैले चुनावमा भाेट खस्दा एकजना कराेडपति र अरबपतिले हालेकाे भाेट गन्ने पनि १ नै हाे । एकजना गरिबले हालेकाे भाेट गन्ने पनि १ नै हाे । एकजना पिएचडिवालाकाे भाेट पनि १ नै हाे । एकजना कथित नपढेकाे गँवारकाे भाेट गन्ने पनि १ नै हाे ।

त्यसैले हामी पढेका नपढेका,धनी, गरिब सबै समान छाैं । जन्म सत्य छ र मृत्यु सत्य छ । बाँकि कुरा तपसिलका हुन् ।

(५) जनमुक्ति चुहेर बन्ने हाे जम्मा गरेर सागर र महासागर बनाउँ

काङ्ग्रेस, एमालेबाट चुहेर जनमुक्ति बन्ने हाे । हामी कसैले दम्भ(घमण्ड) नपालाैं । जन्मदै जनमुक्ति बन्नेहरू न्यून छन् । शीत उघाई घैला भराैं । एमाले र काङ्ग्रेसबाट खसेकाे थाेपा थाेपालाई जम्मा गरेर सागर र महासागर बनाउने हाे ।

(६) नेपाल र राष्ट्रिय प्रकरण

“जनमुक्ति” शब्द अघि २०४७ साल वैशाख २३ गते स्थापनाकालमा नाम(नेपाल) र विशेषण(राष्ट्रिय) सहित “नेपाल राष्ट्रिय जनमुक्ति माेर्चा” थियाे । २०४८ माघ ६ गते नाम(नेपाल) हटाएर विशेषण(राष्ट्रिय) र माेर्चा हटाएर “राष्ट्रिय जनमुक्ति पार्टी” बनायाे । २०८१ जेष्ठ २९ गतेबाट विशेषण “राष्ट्रिय” हटाएर “नेपाल जनमुक्ति पार्टी” बनाएकाे छ ।

याे प्रकरणले ठूलो ज्ञान र अनुभव दिएकाे छ । पार्टीको विधान अक्षरस: पालना हुनुपर्ने । महाधिवेशनबाट संसाेधित र अनुमाेदित पार्टी विधानलाई चलाउन नपाउने अवस्था सृजना भएको छ ।

(७) पार्टी प्रयाेगशाला नबनाउँ

पार्टीलाई प्रयाेगशाला हिजाे संस्थापक अध्यक्ष एम. एस. थापाकाे पालादेखि केपी पालुङ्वाकाे पालासम्म आउँदा पार्टीलाई प्रयाेगशाला बनाई रह्याे । ती तपसिलमा उल्लेख गरिएको छ ।

(क) एम. एस. थापाकाे पालामा पार्टीलाई कहिले सामुहिक नेतृत्व भनेर निर्णय गर्याे कहिले एकल नेतृत्व भनेर निर्णय गर्ने गर्याे । जातिमा काम गर्नेले पार्टीमा र पार्टीमा गर्नेले जातिमा गर्न नपाउने ह्विप जारि गर्याे ।

(ख) पाँचौ महाधिवेशनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचलन पद साेपान(Hierarchy)लाई वेवास्ता अर्थात् नजरअन्दाज(Underestimate) गर्ने काम गर्याे । पद साेपान भन्नाले अध्यक्ष पछि सहअध्यक्ष वा उपाध्यक्ष अनि महासचिव, उपमहासचिव, काेषाध्यक्ष र सचिव, सदस्य हुने प्रचलन छ । तर पाँचौ महाधिवेशनले सुरूमा लिखित प्रस्तावमा अध्यक्ष-१, सहअध्यक्ष-२ पेश भएको थियाे । तर मध्यरातमा अध्यक्ष पछि एकैचोटी महासचिव अनि सहअध्यक्ष, उपाध्यक्ष आदि क्रमशः राख्ने काम गर्याे । वास्तवमा पार्टी कित अध्यक्ष प्रणालीमा चल्छ । जस्तै जनमुक्ति, एमाले र माओवादी पार्टीहरू जस्ताे । कित सभापति प्रणालीमा चल्छ । जस्तै काङ्ग्रेस, रास्वपा पार्टीहरू जस्ताे । कित महासचिव प्रणालि नेपाल कम्युनिस्ट पार्टी माओवादी (नेत्र विक्रम चन्द “विकल्प” जस्ताे ।

(ग) छैटौं महाधिवेशनमा फेरि अध्यक्ष पछि कार्यकारी अध्यक्ष, उपाध्यक्ष महासचिव आदि पद साेपान बन्याे । अध्यक्ष केपी पालुङवा अध्यक्ष/कार्यकारी अध्यक्षकाे काम, कर्तव्य र अधिकारलाई हटाएर अध्यक्षकाे काम, कर्तव्य र अधिकार पछि दाेश्राे लाईनमा कार्यकारी अध्यक्षकाे काम, कर्तव्य अधिकार ताेकिएकाे विधान जारि गर्याे । महाधिवेशन हलले पास गरेकाे विधान पास निर्वाचन आयाेगमा दर्ज भएन ।

यसरी सकेसम्म आफ्नो बलबुताले भ्याएसम्म पार्टीलाई प्रयाेगशाला नेताहरूले बनाएकै हाे । तर यसलाई पनि अप्ठ्यारो मान्नु हुँदैन एउटा गतिलाे पाठ र अनुभवकाे रूपमा ग्रहण गर्नुपर्दछ । जनमुक्तिका नेता, कार्यकर्ता र प्रतिनिधिहरूले अब यस्ता निर्णयहरू कम्तिमा त गर्दैनन नि ।

(८) एकमात्र विकल्प विहिन विकल्प पार्टी जनमुक्ति भएकोले अब दृढ संकल्प सहित अघि बढाैं ।

जनमुक्ति पार्टीको नेता, कार्यकर्ताहरू अब समाजवादमा मुलुकलाई लाने हाे त्याे पनि लाेकतान्त्रिक सहितकाे समाजवादमा लाने हाे । बहुजाती चरित्र बाेकेकाे नेपाल जस्ताे मुलुकमा लाेकतन्त्र पनि एक जाति, एक भाषा र एक धर्म सँस्कृतिकाे लागि मात्रै लाेकतन्त्र हाेईन बहुजातीय सहितकाे लाेकतन्त्रिक समाजवादमा लाने हाे । अबकाे लाेकतन्त्रमा वादि, कुसुन्डा, चेपाङ, राउटे लगायत कथित विकसित जाति सांसद हुनेछन् । सबै जाति भित्रकाे क्षमता(Capacity), संभाव्यता(Potentiality) लाई शैक्षिक, आर्थिक, भाषिक, धार्मिक, लैङ्गिक, क्षेत्रिय रूपमा सम्पन्नशालि गरिनेछ । नयाँ चिज र विचारलाई आविष्कार गर्न सक्नेलाई पहिलाे प्रथामिकतामा राखि सामुहिक निर्णय गरिनेछ । र निर्णयहरू समुदायसमुदायमा लगिनेछ । बहुसंख्यक समुदायले गरेकाे सबै जाति, सजिव, निर्जिव सबैकाे हितलाई सर्वाेपरि हित ठानि निर्णय गरि कार्यान्वयन गरिनेछ ।

(९) बनाउने र भत्काउने बिगार्ने समय

समय सधैं कसैकाे पनि अनुकुल हुँदैन । सबैकाे जिवनमा अनुकुल र प्रतिकुल समय रहेको हुन्छ । जनमुक्ति पार्टीको पनि अवस्था त्यहि रह्याे । कहिले राम्रो कहिले नराम्रो । संस्थापक अध्यक्ष एम. एस. थापा, संस्थापक महासचिव गाेरे बहादुर खपांगि, संस्थापक सदस्य एवं महासचिव बयानसिं राई, संस्थापक सदस्य राम बहादुर तुम्बाहाम्फेहरूले जनमुक्ति पार्टी बनाएको थियाे । अहिले अध्यक्ष केपि लिम्बू र कार्यकारी अध्यक्ष केशव सुर्यवंशिहरूकाे पालामा पार्टी भत्किने र बिग्रिने भएको छ । पार्टी जीवन पनि मानिसकाे जस्तै हाे । त्यसैले पार्टी पनि निर्माणकाे चरण, भत्किने वा बिग्रने चरण पछि फेरि निर्माणकै चरण हुनेछ ।

(१०) “नेपाल- राष्ट्रिय” प्रकरण घट्नै पर्ने थियाे र यस घटनाले नेता कार्यकर्तामा स्थिरता

याे “नेपाल- राष्ट्रिय” प्रकरण घट्नै पर्ने थियाे । झण्डै संस्थापक अध्यक्ष एम. एस. थापा जिवित हुँदाहुँदै याे घटना घट्याे । वहाँकाे शेखापछि घटेकाे भए पार्टीको सेफ ल्यान्डिङ हुन मुस्किल पर्थ्याे । सधैं पार्टी भित्रकाे किचकिच, भित्रभित्रै भईरहेकाे गुटउपगुटकाे पर्दाफास हुनै पर्ने थियाे । भयाे पनि यस्तै । पार्टी भित्र एकआपसमा भईरहेकाे विविध द्वन्द्व, झगडा, मनमुटाव, चलखेल, घृणा, खिसिटिउरि, क्यारिकेचर, हेलाहाेंचाे, अपमान, निषेध र प्रतिशाेध आदिकाे कारणले पार्टी पटकपटक टुटफुट र छुट भयाे । पार्टी चाेईटियाे ।

तर यस्ता घटनाले जनमुक्ति पार्टीको नेता कार्यकर्तामा स्थिरता ल्याई दिएकाे छ । जनमुक्तिका नेता कार्यकर्ताहरू आरान वा भट्टिकाे राप र तापमा खारिएकाे ईस्पात जस्तै भएको छ । जहाँनेता त्यहाँ जनता जाने अवस्था देखिएन । जातीय मुक्तिकाे लागि लामबद्ध भएको नेता कार्यकर्ता जहाँ पार्टी “स्थापना मिति २०४८” रहन्छ, जहाँ चुनाव चिन्ह “घर” रहन्छ र जहाँ “निलाे झण्डामा राताे सुर्य” रहन्छ बुझेका नेता कार्यकर्ता त्यहीँ जाने भए ।

किनकि “स्थापना मिति २०४८”, चुनाव चिन्ह “घर” र “निलाे झण्डामा राताे सुर्य” जहाँ रहन्छ त्यहाँ जनमुक्ति पार्टी रहन्छ । जहाँ स्थापना मिति २०४८, चुनाव चिन्ह “घर” निलाे झण्डामा राताे सुर्य रहन्छ त्यहाँ जनमुक्ति विचारधारा रहन्छ । जहाँ जनमुक्ति विचारधारा रहन्छ त्यहाँ जनमुक्ति विचारधाराकाे भावना(Spirit) र लक्ष्य(Destination) जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, जातीय मुक्ति र बहुजातीय लाेकतान्त्रिक समाजवाद रहन्छ । त्यसैले अब जनमुक्ति पार्टीमा जे जस्ताे बाढि पहिराे, भुकम्प, प्रकाेप, पेन्डामिक, आँधिहुरि, सुनामि, ज्वारभाटा, भुँईचलाे आएपनि र गएपनि तथा जतिसुकै जालझेल, टिकडम, धाेकाधडि, छिर्के, लातघात र प्रतिघात भएपनि जनमुक्ति पार्टीका नेता कार्यकर्तामा बिचलन आउने छैन् । यसरी जनमुक्ति पार्टीका नेता र कार्यकर्ता खारिन र तिखारिन ३५ वर्ष लाग्याे । याे नै पार्टीको ठूलो नाप्नै नसकिने(Unfathomable) सम्पत्ति(Property) र पुँजि(Capital) हाे ।

5 0
Happy
Happy
75 %
Sad
Sad
0 %
Excited
Excited
25 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %