-पूर्ण बहादुर राना
अर्थात असमान अन्त्यकाे लागि हाे समानुपातिक

प्राय: समाज दुई किसिमकाे हुन्छ ।
(१) एक जाती बसाेबास गरेकाे समाज वा सजातीय समाज
(२) बहुजाती बसाेबास गरेकाे समाज वा मिश्रित समाज ।
(१) जुनसुकै चरित्र बाेकेकाे समाज वा मुलुकमा असमानता रहेकाे हुन्छ । सजातीय समाज अर्थात एउटै जाति बसाेबास गरेकाे समाजमा कम्तिमा दुई किसिमकाे असमानता हुने गर्दछ । ती हुन्;
(क) लैङ्गिक असमानता,
(ख) आर्थिक असमानता ।
(क) लैङ्गिक असमानता अन्त्य गर्नका लागि Mary Wollstonecraft, Simone de Beauvoir, Sandra Susan जस्ता महिलावादीहरूले महिलावाद(Feminism) काे कुरा गरे । हुनपनि महिला पुरूष भनेकाे प्रकृतिले दिएकाे उपहार भएकोले महिला पुरूषमा विभेद गर्नु हुँदैन ।
(ख) आर्थिक असमानता वा वर्गीय असमानता संसारकाे जुनसुकै जाति र मुलुकमा रहन्छ । आर्थिक असमानतालाई अन्त्य गर्नकै लागिनै कार्ल मार्क्सले साम्यवादकाे परिकल्पना गरेका थिए ।
यस्ताे एउटै जाति भएको समाज वा देशमा लैङ्गिक र आर्थिक असमानता मात्रै हुने भएकोले पहिलाे हुने निर्वाचित हुने निर्वाचन प्रणाली(First past the post system) लागू गर्न सकिन्छ । अर्थात प्रतिपर्धात्मक निर्वाचन प्रणाली लागू गर्न सकिन्छ । अहिले काङ्ग्रेस, एमाले र माओवादीले लागू गरेकाे बहुमत पनि हाेईन बढि मत ल्याउनेले चुनाव जित्ने भन्ने निर्वाचन प्रणालीमा के राउटे, वादी र कुसुन्डाहरूले बाहुनसँग चुनावी प्रतिस्पर्धा गर्न सक्छन्? राउटे, वादी, कुसुन्डाले त के आदिवासी , मधेसी, दलित र मुस्लिमले पनि प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन । बाहुनहरूले आँखामा आँख जुधाएर भाेट माग्न सक्छन्? बाहुनहरूले दलित, मधेसी, मुस्लिम र आदिवासीकाे आँगनमा गएर त के पिढिंमा बसेर, घरभित्र पसेर, चुल्हाेमा भात खाएर अझ आँटि, वरण्डा र छतमै गएर भाेट माग्न सक्छन् । किनकि ऋग्वेद र मनुस्मृतिकाे आधारमा उनिहरू ब्रह्माकाे मुखबाट जन्मेकाे, चाेखाे र सर्वश्रेष्ठ जाति मानिन्छ । तर आदिवासी , दलित, मधेसी र मुस्लिमहरू पापयाेनि(Vagina) बाट जन्मेका ठानिन्छ। उनिहरू आँटि र बरण्डा तिर आँखा चियाउनसम्म सक्छन् । त्याे पनि पिढिंमा बसेर हाेईन आगनकाे डिलमा उभिएर भाेट माग्दै गर्दा हेर्न सक्छन् । अनि सर्वश्रेष्ठ जातिहरूले भन्छन् बल्ल यी दलित, मधेसी, मुस्लिम र आदिवासी ठेट्नाहरूले राजनीति गर्न सिकेकाे रहेछ ।
(२) बहुजाति बसाेबास गरेकाे समाजमा निम्न असमानता हुने
गर्दछ;
(क) भाषिक असमानता,
(ख) साँस्कृतिक असमानता,
(ग) धार्मिक असमानता,
(घ) लैङ्गिक असमानता र
(ङ) आर्थिक असमानता हुन्छ ।
असमानता भएको समाज वा देशमा समानताको लागि समानुपातिक प्रणाली लागू गर्नु पर्दछ । जुन चिजमा असमानता वा विभेद छ साे अन्त्यकाे लागि समानुपातिक प्रणाली अगाडि आवश्यक विशेषण थप्नु पर्दछ । जस्तै;
(क) भाषिक असमानता
भाषिक असमानता भएको मुलुकमा जनतिगत भाषाकाे जनसंख्याको अनुपातमा बजेट बिनियाेजन गर्न सकिन्छ । भाषाकाे लिपि, पाठ्यक्रम तय र शिक्षककाे काेटा व्यवस्थापन सरकारले गर्नुपर्दछ । स्कुल कलेजकाे लागि भवन निर्माण गरिदिनुपर्दछ । भाषा प्रतिष्ठान स्थापना गरिदिनुपर्दछ । र भाषिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व लागू गर्न सकिन्छ ।
(ख) साँस्कृतिक असमानता
साँस्कृतिक असमानता भएको मुलुकमा साँस्कृतिक जनसंख्याको अनुपातमा बजेट विनियाेजन गर्ने । सँस्कार सँस्कृतिकाे अध्ययनअनुसन्धान गर्ने व्यवस्था गर्नुपर्दछ । र राजनीतिक र प्रशासनिक नियुक्ति गर्ने व्यवस्था पनि गर्न सकिन्छ ।
(ग) धार्मिक असमानता
धार्मिक असमानता भएको मुलुकमा धार्मिक जनसंख्याको अनुपातमा बजेट बिनियाेजन गर्नुपर्दछ । धार्मिक जनसंख्याको आधारमा प्रशासनिक र राजनीतिक प्रतिनिधित्व पनि गर्न सकिन्छ ।
(घ) पुरूष र महिला विचमा रहेकाे असमानता
पुरूष र महिला विचमा रहेकाे असमानता हटाउन र समानता कायम गर्न लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणाली राज्यकाे हरेक निकाय तह र तप्कामा लागू गर्नुपर्दछ । यतिबेला कतिपय महापरिवर्तनकारी बन्न महिलालाई ३३% हाेईन ५०% अधिकार दिनु पर्छ भनेर अलाप्छन् । याे बेकार तर्क हाे । महिलाले मागेकाे भिक हाेईन अधिकार हाे । देशमा जति प्रतिशत महिला छ त्यति प्रतिशत अधिकार संविधानमै ग्यारेन्टी गरिदिए याे भन्दा उत्तम न्याय केही हुँदैन ।
यदि महिलाको जनसंख्या २५% महिला भए २५% अधिकार प्रत्याभूत गरिदिने । ३३% भए ३३%, ५१% भए ५१% र ६०% भए ६०% प्रतिशत संवैधानिक अधिकार प्रत्याभूति गरिदिए यति र उति प्रतिशत महिलालाई अधिकार दिने भनेर भनिरहनु पर्ने आवश्यक छैन् ।
(ङ) आर्थिक असमानता
आर्थिक असमानता वा वर्गीय असमानता जुनसुकै समाज, देश र मुलुकमा त के एउटै बाबाआमाका दुई दाजुभाइमा पाईन्छ । स्वभावैले दुई दाजुभाइमा पनि एकजना धनी हुन्छ भने एकजना कम धनी वा गरिब हुन्छ । आर्थिक समस्या भएको मुलुकमा सम्पत्तिलाई र प्राकृतिक श्राेत साधन समुदायकरण गर्ने र सम्पत्तिमा सिलिङ कायम गर्नुपर्छ । वास्तवमा नेपाल जस्तो मुलुकमा आर्थिक वा वर्गिय समस्या समाधान गर्न बहुजातीय लाेकतान्त्रिक समाजवादले मात्रै संभव छ । समाजवादमा गएर सिंगाे समाज धनी बनाउने हाे । समाजवादमा जाने हाे त्याे पनि लाेकतान्त्रिक विधि र प्रकृया सहित जाने हाे । अर्थात लाेकतन्त्र सहितकाे समाजवादमा जाने हाे । लाेकतन्त्र पनि अहिलेकाे वर्तमान नेपालमा जस्ताे एउटा जातिलाई मात्रै पटकपटक प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने, मुख्य सचिव बन्ने लाेकतन्त्र हाेईन सबै जाति समुदायकाे लागि लाेकतन्त्र हुनुपर्छ ।
अहिले याे देश नेपालकाे प्रधानमन्त्री, राष्ट्रपति, मुख्य सचिव संवैधानिक आयाेग आदिका पदहरू एउटा जातिकाे काेशेलि जस्ताे भएको छ । एउटा जातिकाे ठेक्का जस्ताे भएको छ । एउटा जातिकाे पेवा जस्ताे भएको छ । एउटा जातिकाे बिर्ता जस्ताे भएको छ ।
यस्ताे अवस्थाकाे अन्त्यकाे लागि बहुजातीय लाेकतन्त्र सहितकाे समाजवादकाे विकल्प छैन । यसकाे श्रेय जनमुक्ति पार्टीलाई जान्छ । अहिलेकाे लाेकतन्त्रले वादी र राउटेलाई छुँदैन । अहिलेकाे लाेकतन्त्रले दलितलाई छुँदैन । अहिलेकाे लाेकतन्त्रले आदिवासी, मुस्लिम र मधेसीलाई छुँदैन । किनकि कुन राउटे अहिलेसम्म राजदुत भए? कुन वादी मुख्य सचिव भए? कुन दलितकाे गतिलाे राष्ट्र बैंकबाट “क” वर्गकाे लाईसेन्स प्राप्त बैंक छ? कुन तामाङ, मगर, थारू, गुरूङ अहिलेसम्म प्रधानमन्त्री भए? कुन मुस्लिम मुख्य सचिव भयाे? कुन राई, शेर्पा र लिम्बूकाे भाषामा विश्वविद्यालय सम्म अध्ययन अध्यापन भयाे? कुन रानाभाट र कुमाल बाेटेकाे गतिलाे एउटा राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार कभरेज हुने टिभि च्यानल छ? त्यसैले बहुजातीय लाेकतान्त्रिक समाजवादमा पुग्नकाे लागि हाईवे भनेकै जातीय समानुपातिक प्रतिनिधित्व प्रणाली हाे । यसकाे विकल्पनै छैन ।
जुन देश तथा समाजमा असमानता छ यस्ताे असमानता हटाउनकाे लागि जनमुक्ति पार्टीले पैरवी गरेकाे “बहुजातीय लाेकतान्त्रिक समाजवाद(Multiethnic/multinational democratic socialism)काे विकल्प छैन बहुजातीय चरित्र बाेकेकाे असमानताले भरिपूर्ण नेपाल जस्तो मुलुकमा ।
जातिसँग हाे भाषा, धर्म र सँस्कार हुने । त्यहि जातिभित्र रहन्छ महिला र पुरूष तथा धनी र गरिब । जनमुक्ति पार्टीले जातीय मुक्तिकाे लागि बहुजातीय लाेकतान्त्रिक समाजवाद उद्घाेष गरेकै यि सबैपक्षकाे मुक्तिकाे लागि हाे । सबैपक्ष भनेकै भाषा, धर्म, सँस्कार, लिङ्ग र विभिन्न आर्थिक अवस्था(धनी वर्ग, मध्यम वर्ग र गरिब गर्व)काे मुक्तिकाे कुरा हाे ।
कथित उच्च पढेलेखेका शिक्षित( So-called Highly educated), आफुलाई उच्च(superior) देखाउन, समय गुजार्न र जनता अलमल्याउन भने हुन्छ तपसिलका वादहरू;
१) बहुसाँस्कृतिक लाेकतान्त्रिक समाजवाद,
२) बहुधार्मिक लाेकतान्त्रिक समाजवाद,
३) बहुलैङ्गिक लाेकतान्त्रिक समाजवाद,
४) बहुक्षेत्रिय लाेकतान्त्रिक समाजवाद,
५) बहुआर्थिक लाेकतान्त्रिक समाजवाद
६) बहुलवाद(Pluri-nationalism)
पढेलेखेका डाक्टर प्रा. डा. हरूले मात्रै राजनीति गर्ने भए टियूका प्राडाहरूले मात्रै गर्ने थिए । रेक्टर, डिन र भिसिहरूले मात्रै गर्ने थिए । पैसा भएकाले मात्रै राजनीति गर्ने भए अरबपति विनाेद चाैधरिका छाेराहरूले मात्रै राजनीति गर्ने थिए र पारशहरूले गर्ने थिए ।
संसारमा यस्ता वादहरू सयाैं छन् । अझै भविष्यमा सयाैं र हजारौं वादहरू आईरहनेछ । जिव्राे नचपाएर भनाैं;
१) जनमुक्ति पार्टी-जिन्दावाद!
२) जनमुक्ति विचारधारा-जिन्दावाद!
३) जातीय मुक्ति- जिन्दावाद!
४) जातीय समानुपातिक प्रतिनिधित्व-लागू गराैं!
५) बहुजातीय/बहुराष्ट्रिय लाेकतान्त्रिक
समाजवाद-जिन्दावाद!