देबेन्द्र खापुङ
विराटनगर । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले कोशी प्रदेश सभाको सातौ अधिवेशन आव्हान गर्नुभएको छ ।

प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेश मन्त्रिपरिषद्को मिति २०८२ वैशाख २४ गतेको सिफारिसमा अधिवेशनको आव्हान गर्नुभएको हो ।

सातौ अधिवेशन सम्वत् २०८२ जेठ ४ गते आइतबार दिनको ०२ः०० बजे कोशी प्रदेशको सभाहल, विराटनगरमा बस्नेगरी प्रदेश प्रमुखज्यूले आव्हान गर्नुभएको हो ।