मातातीर्थ औंशीमा मध्यपुर थिमि सहकारीका आमाहरुलाई सम्मान(फाेटाे फिचर सहित)

Read Time:2 Minute, 13 Second

केके मानन्धर

वैशाख १४,भक्तपुरको मध्यपुर थिमि सहकारीले समाजप्रति उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातातीर्थ औंशीको अवसरमा आमाहरूको संयुक्त मुख हेर्ने कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थामा आवद्ध रहेका ६० वर्ष  पुगेका आमाहरूलाई पूर्वीय संस्कार अनुसार टिका लगाइदिएर उपहार दिएर सम्मान गरेको हो

। जिवित भगवान रुपी आमाहरूको सम्मान, सभ्य समाजको पहिचान नारा दिएर संस्थाले ५७ जना आमाहरूलाई संयुक्त रुपमा सम्मान गरेको संस्थाका सचिव अनिल श्रेष्ठले जानकारी दिनुभएको छ ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले सबै सहकारीलाई एउटै नजरले हेर्न नहुने बताउनु भयो ।

उहाँले जेष्ठ नागरिक आमाहरूलाई वित्तीय संस्थाहरूमा हालै देखिएको विचलनहरूप्रति सचेत रहन आग्रह गर्नुभयो ।

वडाध्यक्ष श्रेष्ठले सामाजिक कार्य गर्दै आएको, वार्षिक साधारण गरेको, आफ्ना सदस्यहरूप्रति जवाफदेही रहेको, सहकारी नीति बमोजिम सन्चालनमा रहेको र स्थानीयबासिन्दाले सञ्चालन गरेको संस्थामा तुलनात्मक रूपमा कम समस्याहरू देखिएको बताउनुभयो ।

सीमित गलत सहकारी संस्थाहरूको कारणले गर्दा सम्पूर्ण सहकारी अभियान नकारात्मक रूपमा प्रभावित भइरहेको उहाँको भनाइ थियो ।

करिव ३० हजारको संख्यामा रहेका नेपालका सहकारी संस्थाहरु केही गलत नियतले सञ्चालन भएका सहकारीहरूबाट प्रभावित हुनुपरेको तीतो यथार्य रहेको विषयमा कार्यक्रममा चर्चा गरिएको थियो ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %