
मुलुक अहिले मुठभेदकाे चरणमा प्रवेश गरेकाे छ । नेपाललाई कहिले गणतन्त्र कहिले राजतन्त्र भनेर अनावश्यक रूपमा गिजाेल्ने, संकटमा फसाउने र फसाउँदै आईरहेको नजिर जगजाहेर छ । नेपाललाई यहाँका सत्ताधारी समुदायका सिमित अहंकारी व्यक्तिले जहिले पनि प्रयाेगशाला(Laboratory) बनाई रह्याे । अझपनि यहाँका अहंकारी सत्ताधारीले नेपाललाई प्रयाेगशाला बनाई रहेकाे छ र भविष्यमा पनि बनाई रहने निश्चित छ । जबसम्म नेपाली नागरिक जाग्दैन, उठ्दैनन्, जुट्दैनन् र लड्दैनन् ।
यसरी मुलुकलाई अनावश्यक प्रयाेगशाला बनाउने कार्यले जनतामा निरास छाउने, मुलुक प्रति वितृष्णा जाग्ने र विस्तारै देश प्रतिकाे मायामाेह र मुलुकप्रतिकाे विश्वास भंग हुँदै जाने गर्दछ । फलस्वरूप जनतामा देशभक्ति र राष्ट्रप्रेम घट्दै विदेश पलायन हुने माहाेल सिर्जना हुने गर्दछ ।
अहिले याे अवस्थाले जनतामा उकुसमुकुस भएकाे छ । जनताको मनमष्तिष्कमा के गराैं र कसाे गराैं भईरहेकाे छ । जनताकाे वार्षिक र महिनाकाे ऋणकाे ब्याज मात्रै बढेकाे छैन । उनिहरूकाे ऋणकाे भार र ब्याज मिनेटमिनेट सेकेन्ड सकेन्ड र मिलिसेकेण्डमा बढिरहेको छ ।उनिहरूकाे दैनिकी चलाउन कठिन भईरहेकाे छ । नेपालमा जुनसुकै तन्त्र आएपनि उनिहरूकाे जिवनमा तात्विक भिन्नता केही महसुस गर्न पाएनन् । जनताकाे जिवनमा दु:ख, पीडा, महङ्गी, भ्रष्टाचार, बेथिति, कुशासन, बलात्कार, अन्याय, बेराेजगार र अशान्तिकाे हद २० काे १९ भएन । याे तिताे अनुभव हाे ।
अन्य विकशीत मुलुकमा जे काम गरेनि महिनाकाे कम्तिमा १ लाख देखि १० लाख र अझ बढि कमाउने सक्ने अवस्था छ । तर नेपालमा भने महिनाकाे १० हजार तलबमा चित्त बुझाउनु पर्ने अवस्था छ । विदेशमा काम गर्ने नेपालीहरू नेपालकाे हविगत देखेर आश्चर्यचकित छन् । विदेशमा काम गर्ने नेपाली र स्वदेशमा काम गर्ने नेपाली बिचकाे आर्थिक खाडल गहिरिंदै गएको छ । कतिपय विदेशमा लाखाैं रूपैयाँ डुबाएर अलपत्र परेका नेपाली र स्वदेशमै केही गर्छु भनेर लगानि गरि लाखौं रूपैयाँ डुबाउने नेपालीहरू बिचल्लीमा परेका छन् । उनिहरू घरन घाटकाे अवस्थामा छन् । यसैकाे कारणले काेहि अवसाद(Depression)काे सिकार भएका छन् । कतिपयले आत्मदाहा र आत्महत्या गरिरहेका छन् ।
अब नेपाली नागरिकले पत्याउनु हुन्न;
(क) कहिले राजा फाले नेपालीकाे सुख पाउँछ भने । अहिले राजा पाले सुख हुन्छ भन्दैछ ।
याे अनावश्यक तर्क र कुतर्क हाे । राजा फाले नि केहि सिमित व्यक्तिलाई फाईदा भयाे । अब राजा पाले पनि जाे अहिले राजा ल्याउन कस्सिएर हिंडेका छन् उनिहरूलाई नै फाईदा हुनेछ । अब सर्वसाधारण जनताहरू राजा पाल्न पनि हिंड्ने हाेईन फाल्न पनि हिंड्ने हाेईन । हिजाे राजा फाल्नकाे लागि के पुष्पकमल दाहाल प्रचण्डकाे सन्तानले शाहदत प्राप्त गर्नुपर्ने स्थिति आयाे त? के बाबुराम भट्टराईका छाेरिहरूले पढाइ त्याग्नु पर्ने दिन आयाे त? के माओवादीका शिर्ष नेताहरूका छाेराछाेरि अंगभंग हुनुपर्ने, अपांग हुनुपर्ने र शरिर भरि गाेलि बाेक्नु पर्ने अवस्था भयाे त?
काेहि राजतन्त्र राजतन्त्र भन्दै छन् । के राजा ल्याउन दुर्ग प्रसाईं, राजेन्द्र लिङ्देन, पशुपतिशमशेर राणा जबरा, केशर बहादुर बिष्टका छाेराछाेरि लाठि खान, अश्रुग्यास खान, टाउकाे फुटाउन सडकमा आउलान त? आवश्यक परे के यिनका सन्तान शरिरभरि निलडाम, टाउकाे फुटाउन, शरीर ताताे गाेलिले छेडिन र छर्रा बाेकिरहन तयार हाेलान त? यिनका दरसन्तान अंगभंग हुन र अपांग हुन तयार हाेलान त? के यिनका सन्तानहरू राजतन्त्र पुनर्थापनाको लागि बलिदान दिन र शाहदत प्राप्त गर्न अग्रसर हाेलान त?
त्यसैले अब नेपाली नागरिक यस्ता चतुरे, लाेभिपापि, स्वार्थि, झेलि, फटाहा, खुराफाति पदखाेर हरामीहरूकाे पछि लाग्नु बेकार छ । अब साँच्चिकै हामी लाग्नेनै हाे भने अब कसैकाे पछि नलागाैं केवल आफू र आफ्नो परिवार, समाज, नेपाली जनता र देशकाे बृहत्तर हित र जितकाे लागि मात्र लागाैं ।
(ख) नेपाली नागरिकहरूले पटकपटक विभिन्न कालखण्डमा विभिन्न तन्त्रकाे लागि रगत बगाए । बलिदान दिए । शाहदत प्राप्त गरे । शहिदहरूकाे त्यहि रगत, पसिना, बलिदान र शाहदतले हामी अहिले गणतन्त्रमा आईपुगेका छाैं । नेताहरू ईमानदार, जवाफदेही, जिम्मेवारी, त्यागी भएभने गणतन्त्र भन्दा सर्वाेत्तम तन्त्र संसारमा केही हुँदैन र छैन ।
हामी अब नेपाली नागरिकतन्त्र र नेपाली नागरिककाे सर्वाेच्चताकाे लागि उठाैं । आदिवासीतन्त्र र आदिवासी सर्वाेच्चताकाे लागि उठाैं । मधेसीतन्त्र र मधेसी सर्वाेच्चताकाे लागि उठाैं । दलिततन्त्र र दलित सर्वाेच्चताकाे लागि उठाैं । मुस्लिमतन्त्र र मुस्लिम सर्वाेच्चताकाे लागि उठाैं । महिलातन्त्र र महिला सर्वाेच्चताकाे लागि उठाैं । अहिलेसम्म पछाडि परेका खसआर्यतन्त्र र पछाडि परेका खसआर्य सर्वाेच्चताकाे लागि उठाैं । सिमान्तकृततन्त्र, किनाराकृततन्त्र, पिंध र फेदमा परेकाहरूकाे तन्त्र र सर्वाेच्चताकाे लागि उठाैं । चरम गरिबिमा पिल्सिएकाहरूकाेतन्त्र र चरम गरिबिमा पिल्सिएकाहरूकाे सर्वाेच्चताकाे लागि जागाैं र उठाैं ।
अबका दिनमा याे वा त्याे बहानामा एक वंशकाे शासनकाे सर्वाेच्चता कायम गर्न अग्रसर नबनाैं । एकल जाहानिया शासनको सर्वाेच्चता कायम गर्न अग्रसर नबनाैं । एक जातिकाे शासनकाे सर्वाेच्चता कायम गर्न अग्रसर नबनाैं । अबका दिनमा याे वा त्याे बहानामा एकल भाषा, धर्म र सँस्कारकाे शासनको सर्वाेच्चता कायम गर्न अग्रसर नबनाैं ।
अब हामी नेपालीलाई पेटभरि खाने खद्यान्न उत्पादन गर्नकाे लागि उठाैं । नेपालमै यातायातका साधन, अाैषधि, लत्ताकपडा उत्पादन(Manufacture) गर्न उठाैं । प्राविधिक, व्यावहारिक, व्यावसायिक, आविष्कारमुलक, खाेज तथा अनुसन्धानमूलक शिक्षा लागू गर्न उठाैं । भ्रष्टाचारी, बेथिति र बलात्कारी, बिचाैलि दलालि र देशद्राेहिलाई फाँसिदिने संविधानमै दस्तावेजिकरण गर्न र लागू गर्न उठाैं । नेपाललाई पर्यटन हब र शैक्षिक हब बनाउन उठाैं ।
अब हामी सबै मातृभाषाकाे सर्वाेच्चता कायम गर्नकाे लागि उठाैं । बहुधार्मिक, बहुसाँस्कृतिक, बहुजातीय शासनकाे सर्वाेच्चताकाे लागि उठाैं । नेपाल र सबै नेपालिकाे सर्वाेच्चताकाे लागि जागाैं र उठाैं ।
अन्तमा नेपाललाई आत्मनिर्भर र स्वाभिमान बनाउन उठाैं । नेपाललाई विश्वकै विकशीत मुलुक बनाउन उठाैं । नेपालमा हाहतियार उत्पादन गरि सुसज्जित गरि शक्तिशाली राष्ट्र बनाउन उठाैं । विश्वलाई खद्यान्न, लत्ताकपडा, पानी, जडिबुटी, अाैषधि, हातहतियार, यातायातका साधन, विद्युतिय उपकरण(Electronic Gadgets)हरू र प्रबिधि निर्यात गर्ने मुलुक बनाउन दत्तचित्त भएर जागाैं, उठाैं र लागाैं । यसमै हामी सबै नेपालीकाे भलाई छ ।
पूर्ण बहादुर राना
अध्यक्ष
नेपाल विद्यार्थी माेर्चा
केन्द्रीय समिति
मिति: २०८१ चैत १५ गते शुक्रबार