मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

Read Time:1 Minute, 11 Second

राज्यसत्ता

विराटनगर, ३ चैत्र । माननीय प्रदेश प्रमुख परशुराम खापुङज्यूले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गर्नुभएको छ ।

विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखज्यूले उद्घाटन गर्नुभएको हो ।

महायज्ञलाई आचार्य पण्डित श्री अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उहाँले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखज्यूले बताउनुभयो ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।

कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिज्यूहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिनुभएको थियो । 

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %