-पूर्ण बहादुर राना
जनमुक्ति पार्टी नेपाल र नेपालीको आवश्यकता र बाध्यताले जन्मेको पार्टी हाे । याे पार्टी तमाम पिडितहरूकाे तमाम पीडा सम्बाेधन गर्न स्थापना भएको हाे । जनमुक्ति पार्टी अन्य पार्टी जस्ताे रहर र लहडले खाेलेकाे पार्टी हाेईन । जनमुक्ति पार्टी काङ्ग्रेस, एमाले र अन्य पार्टी जस्ताे किस्तावन्दिमा झाराे टार्न र समस्या हल गर्न जन्मेको पार्टी हाेईन । याे देश नेपालकाे हाेलसेल(आमूल), अर्थपूर्ण, न्यायसंगत, असलि परिवर्तन र निकासकाे लागि जन्मेकाे पार्टी हाे । जनमुक्ति पार्टीसँग “जनमुक्ति विचारधारा”(Janamukti Thought/Ideology) छ । जनमुक्ति विचारधारासँग आर्थिक समस्या, धार्मिक समस्या, भाषिक समस्या, क्षेत्रीय समस्या, लैङ्गिक समस्या, जातीय समस्या, बेरोजगारी समस्या समाधान गर्न र अन्याय, बेथिति र भ्रष्टाचारको समस्या समाधान गर्न, नेपाललाई खाद्यान्न, लत्ताकपडा, अाैषधि, यातायातका साधन, विज्ञान प्रविधिमा आत्मनिर्भर गर्न र समग्र राजनीतिक समस्या समाधानकाे अचुक उपाया छ ।

याे पार्टीमा डिबि राई जस्ता जिउँदा सहिद छन् । जसले जीवन पर्यन्त गाेलि बाेकेर मरे । हजारौं लाखाैं नेता, कार्यकर्ता, शुभचिन्तक र मतदाताहरूकाे समय, रगत, पसिना र लाखौं कराेडाैं अरब खरब पैसा लगानी भएर टिकिरहेकाे पार्टी हाे । जनमुक्ति पार्टीकाे सिद्धान्त विचार दर्शनले प्रचरात्मक चरण पारगरि संस्थागत चरणमा प्रवेश गरेकाे छ ।
नेपालकाे स्वदेशमै जन्मेकाे याे पार्टीसँग जनमुक्ति विचारधारा छ । तर अन्य पार्टीसँग यस्तो विचारधारा छैन । अब दिर्घकालिन निकास र विकासकाे लागि नेपाली नागरिक जनमुक्ति विचारधारामा गाेलबन्द हुनु वा जनमुक्ति विचारधारा अबलम्बन गर्नुकाे विकल्प छैन । आन्तरिक विवाद त जुनसुकै जिवित पार्टीमा आईरहन्छ, भईरहन्छ र गईरहन्छ । यस्ता कुरा समान्य हुन । सबैभन्दा ठूलो कुरा विचार हाे । निति, सिद्धान्त र दर्शन हाे ।