-पूर्ण बहादुर राना
रगत र वंशले सृजित नाता वा पद कहिले पूर्व हुँदैन

मूलतः मानिसकाे जीवनमा नाता दुई किसिमले सिर्जना हुने गर्दछ । ती यस प्रकारका छन् ।
१) जन्मकाे आधारमा वा वंशिय आधारमा सिर्जना हुने नाता
२) सामाजिक, साँस्कृतिक, धार्मिक र।राजनीतिक
सम्बन्धबाट सिर्जना हुने नाता वा अंगकृत नाता ।
यी नाताहरूकाे व्याख्या तल गर्न जमर्काे गरिएको छ ।
१) जन्मकाे आधारमा सिर्जना हुने नाता
रगत र वंशकाे नाता कहिले पुरानाे र पुर्व हुँदैन । रगत र वंशकाे नाता भन्नाले जन्मकाे आधारमा सिर्जना हुने नाता हाे । याे नाता सिर्जना गर्ने काममा मुख्य रूपमा बाजेबजै र बाबाआमाकाे प्रधान भुमिका हुन्छ । जस्तै बाबाआमा र छाेराछाेरि, दाजुभाइ र दिदीबहिनी, मामा, ठूलिआमा र छ्यामा तथा काका र जेठाबा र फूपू नाताहरू कहिले पुर्व वा भुतपुर्व हुँदैन । किनकि जन्म र रगतकाे नाताहरू नमरून्जेल रहने नाता हुन् । रगत र वंशबाट सिर्जना भएका नाताहरू कहिले पुर्व हुँदैनन् । रगत र वंशकाे नाता पहिले मात्रै हाेईन अहिले र पछिसम्म रहन्छन् । हिजाे मात्रै हाेईन आज र भाेलिसम्म रहन्छन् । ईतिहासमा मात्रै हाेईन वर्तमान र भविष्यसम्म रहन्छन् । यी नाताहरू हालसम्म हाेईन चिरकालसम्म रहन्छन् । स्थायी मात्रै हाेईन चिरस्थाई हुन्छन् । रगतकाे नाता भनेको जन्मकाे आधारमा सिर्जना हुने नाता हाे । त्यसैले यी नाताहरूमा पुर्व बाबाआमा र पुर्व छाेराछाेरि भन्ने हुँदैन । वा पुर्व दिदिबहिनी र दाजुभाइ भन्ने हुँदैन ।
बरू सामाजिक, साँस्कृतिक, धार्मिक अनि राजनीतिक कृयाकलापबाट सिर्जना हुने नाता वा पदहरू पूर्व हुन्छन् र पहिलेकाे हुन्छन् । धार्मिक नातामा पनि पहिलेकाे हिन्दु अहिले बुद्धिष्ट हुनसक्छ । पहिलेकाे किरात अहिले कृश्चियन हुनसक्छ । पहिलेकाे बुद्धिष्ट अहिलेकाे मुस्लिम हसनसक्छ । वा धर्मविहिन भएर बस्न सक्छ । वंशकाे आधारमा सिर्जना हुने नाता चाहेर छाेड्न, माेड्न, ताेड्न र फाेड्न सक्दैन । जस्तै वंशकाे आधारमा सिर्जित हुने पदहरू मुखिया पद, पुजारी पद राजा पदहरू कहिले पुर्व वा भुतपुर्व हुँदैन । र पुर्व काका फूपू र पुर्व मामा र छ्यामा भन्ने हुँदैन ।
२) सामाजिक, साँस्कृतिक, धार्मिक र राजनीतिक नाता
अर्काे नाता भनेकाे सामाजिक, साँस्कृतिक, धार्मिक र राजनीतिक नाता सम्बन्धबाट सिर्जना हुने,नाता हुन् । जस्तै बिहे गरेर लाेग्ने श्रीमतीको नाता सिर्जना हुन्छ । लाेग्ने श्रीमतीको नाता मिलेर बसुन्जेल वा एउटाले अन्याय गर्दा पनि अर्काेले सहेर बसुन्जेल टिकिरहन्छ । नमिलेर वा नसहेर छुट्टिएपछि याे नाता ताेडिन्छ । सम्बन्ध विच्छेद वा अर्काेलाई बिहे गरेपछि वा अर्काेसँग बिहे गरेर गएपछि याे नाता टुट्छ । अनि पुर्व श्रीमती वा पहिलेकाे श्रीमती र पुर्व लाेग्ने वा पहिलेकाे लाेग्ने भन्ने नाता खडा हुन जान्छ । याे नाता कहिले पनि स्थायी नहुन सक्छ । मिलेर अन्तिम साससम्म बसे भने र दुवै लाेग्ने र श्रीमती भएर बाँचेपछि कसैसँग बिहे नगरेर मरे भने बल्ल पुर्व भन्ने पद जाेडिंदैन । नत्र लाेग्ने मरेपछि श्रीमतीले अर्काे पुरूषसँग विहे गरेमा पनि पुर्व वा भुतपुर्व लाेग्ने श्रीमती नै जाेडिन्छ । अथवा श्रीमती मरेपछि लाेग्नेले अर्काे महिलासँग बिहे गरेमा पनि पुर्व वा भुतपुर्व नै जाेडिन्छ ।
यसरीनै राजनीतिक सम्बन्ध वा पदमा सम्बन्धित पद छाेडेपछि पुर्व जाेडिन्छ । जस्तै वर्तमान अध्यक्ष वा मन्त्रीले पद छाडेपछि पुर्व वा भुतपुर्व अध्यक्ष र मन्त्री हुन्छ ।
ज्ञानेन्द्र शाह नेपालकाे राजा हाे । उनी अहिलेपनि राजानै हुन् । किनकि उनकाे सट्टामा अर्काे राजानै भएर अहिलेसम्म नेपालमा काेहि आएको छैन । बरू राजसंस्था हटेर गयाे अर्थात राजतन्त्र गएर गणतन्त्र आयाे नेपालमा । संवैधानिक राजा हटेर माैखिक वा असंवैधानिक राजा छ । राजाबाट तन्त्र हटेर राजा मात्रै छ र राजाकाे शासनकाे सट्टामा राष्ट्रपतिकाे शासन छ । तर राजाकाे पद कार्यकारि त के आलांकारिक वा सेरेमोनियल पनि छैन । राजा ज्ञानेन्द्रकाे पदले देश र जनता माथि प्रशासन र शासन चलाउन मिल्दैन । राजा पद हस्तान्तरणिय पनि छैन । यहि संवैधानिक अवस्थामा राजा ज्ञानेन्द्रले आफ्नो राजा पद आफ्नो छाेरा पारसलाई हस्तान्तरण गर्न पनि सक्दैन र नाति हृदयेन्द्रलाई पनि सक्दैनन् । राजा पद अब ज्ञानेन्द्रसँग मात्रै बाँकि छ । अहिलेकाे संवैधानिक अवस्था रहिरहे राजाकाे पद अहस्तान्तरणिय पद हाे । अब राजा ज्ञानेन्द्रकाे सेखापछि राजापद नेपालबाट लाेप हुनेछ । त्यसैले राजा ज्ञानेन्द्र बाँचुन्जेल उनिसँगनै राजा भन्ने शब्द रहने छ । राजा ज्ञानेन्द्र बाँचुन्जेल उनकाे राजा पद कसैले खाेस्न सक्ने छैन । उनकाे राजा पद अधिकार बिहिनकाे राजा पद हाे । आत्मरतिकाे लागि पुर्व राजा भन्दा आत्मसन्तुष्टि मिल्ला त्यति हाे ।