भोजपुरी म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर र शिल्पाको रोमान्टिक जोडी

Read Time:1 Minute, 49 Second

राज्यसत्ता ,

बर्दिवास – भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको जोडीले दर्शकको मन लोभ्याउने प्रस्तुति दिएका छन् ।

गीतमा रुद्रसेन विश्वकर्मा र प्रतिमा अर्यालको स्वर सुन्न सकिन्छ । गीतका शब्द र संगीत पनि रुद्रसेनकै सिर्जना हुन् भने भिडियोको नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् । छायांकन ज्ञानेन्द्र शर्मा र उनको टिमले काठमाडौंमा सम्पन्न गरेका हुन् ।

गीतको निर्माण निर कुमारी विश्वकर्मा ‘सविना’ले गरेकी हुन् । एरेन्जिङ, मिक्सिङ र मास्टरिङ प्रमोद (भारत)ले गरेका छन् । कोरसमा शशि झा र उनका साथीहरूको सहभागिता छ ।

रुद्रसेन क्रिएसन प्रा.लि.को प्रस्तुतिमा तयार भएको यो गीत ‘दिलवाली’ नामक एल्बममा समावेश गरिएको छ । विशेष गरी भ्यालेन्टाइन्स डेको अवसरमा सार्वजनिक गरिएको गीतले प्रेमिल मनहरूमा विशेष प्रभाव पार्ने विश्वास गरिएको छ ।

गीतलाई रुद्रसेन क्रिएसन प्रा.लि.को युट्युब च्यानलमा हेर्न सकिन्छ भने उक्त गीतलाई हेर्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %