‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्च बनस्थलिमा खुल्यो

Read Time:1 Minute, 45 Second

काठमाडौँ । विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् ।

लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले यस अघि कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको दोस्रो ब्रान्चमा उद्घाटनको दिन निशुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो । उद्घाटनलाई सम्बोधन गर्दै कलाकार बलेले बेला बखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए ।

उता पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर आफ्नै भाई बुहारीलाई रोजगारी सिर्जना गरेको भन्दै शुभकामना व्यक्त गरे । विक्रम गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %