२०८१ माघ २८/पूर्ण बहादुर राना
मुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा केबलकार निर्माणकाे विराेध गरिरहेकाे आन्दोलनकारी पक्ष र सरकारबीचकाे वार्ता बिना निष्कर्ष टुङ्गिएकाे छ । आन्दोलनकारीकाे मागकाे विषयमा सहमति कायम हुन सकेन । मुक्कुमलुङमा नाे केबलकारकाे माग सम्बाेधन हुन नसक्दा नसक्दा वार्ता बिना निष्कर्षमा टुङ्गिएकाे हाे ।

आन्दोलनकारी र सरकार बिचकाे वार्ता आइतबार दिउँसो बसेरा हाेटलमा बसेकाे थियाे । आन्दोलनकारीले समूहले सरकारी वार्ता टाेलिकाे ‘हैसियत’ नपुगेको जनाएको छ । आन्दोलनकारि पक्षले मन्त्रीस्तरकाे वार्ता टाेली गठन गर्न माग गरेको छ । विवाद समाधानका नेपाल सरकारकाे गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वमा माघ २२ गते राति ६ बुँदे सहमति गरेको थियाे । साे सहमतिमा आन्दोलन पक्षले मन्त्री स्तरीय वार्ता समिति गठन गर्न माग गरेको थियाे । मन्त्रीस्तरिय बैठककाे वार्ता पुनः माघ २७ गते बस्ने तय भएपछि आन्दोलनकारिले प्रदेश एककाे लिम्बुवान क्षेत्रमा गर्दै आएको नाै जिल्लाव्यापी यातायात बन्दको कार्यक्रम स्थगन गरेको थियोे ।
मुक्कुमलुङको संरक्षण तथा केबलकारको खारेजीका एजेन्डाहरूको स्थायी समाधान गर्नका लागि आन्दोलन पक्षले मन्त्रीस्तरीय वार्ता टोली गठन गरी आउँदो २७ गते सोहि मन्त्रिस्तरीय वार्ता टोलीसँग वार्तामा बस्ने र केबलकार स्टेसन निर्माकाे काम १० दिन सम्म काम रोक्ने मौखिक सहमति भएकाे थियाे । तर यी सहमतिहरू इमानदार साथ कार्यान्वयन नभएको दाबी आन्दोलनरत घटककाे छ।
४० मिनेट भएकाे आइतबारकाे दाेस्राे चरणको वार्ताले निकास दिन नसकेको र समस्या समाधानकाे बल सरकारकाे काेर्टमा पुगेको पहिचानवादी नेताहरूले बताएका छन् ।
‘नो केबलकार` वार्तामा नेपाल जनमुक्ति पार्टीबाट राजकुमार नाल्वाे, संलाेरामबाट रन्धोज ताम्लिङ, मुक्कुमलुङ फासिङ ताङसेपबाट सरु सिङ्गक, कियाचुबाट यासेली योङ्हाङ, पहिचानवादी माेर्चाबाट खगेन्द्र माखिम, नागरिक उन्मुक्ति पार्टीबाट दिलकुमार लाओती, जसपाबाट आङकाजी शेर्पा, किरात धर्म तथा साहित्य उत्थान सङ्घबाट सूर्य विक्रम चेम्जोङ, राष्ट्रिय मुक्ति पार्टीबाट सन्तोष मेहेता उपस्थित रहेका थिए । पाथिभरा केबुलकार खारेजी संयुक्त संघर्ष समिति र अन्तरदलीय सङ्घर्ष समितिकाे बैठक छिट्टै बसि आन्दोलनकाे आगामी कार्यक्रमहरू सार्वजनिक गर्ने नेताहरूले जनाएको छ ।
केबुलकारकाे सब स्टेसनका लागि जग खन्न थालेपछि सशस्त्र प्रहरी, जनपद प्रहरी र निजी कम्पनीसँग ताप्लेजुङको तल्लो फेदीमा भिँड्दै आन्दोलनकारीहरू । तस्वीर : फाइल फाेटाे
नाे केबलकार आन्दोलनमा माघ ८ गते बटम स्टेसनका लागि डाेजर चलाउन थालेपछि आन्दोलन थप चर्केकाे थियाे । आन्दोलनकारिलाई माघ १२ गते बेलुकी सशस्त्र प्रहरीले निर्मम कुटपिट गरि गाेली प्रहार गरेको थियो । शनिबार ताप्लेजुङमा दाेहाेराे झडप हुँदा सशस्त्र प्रहरीको गाेली लागेर आन्दोलनकारीतर्फ छ जना घाइते भएका थिए । घाईते हुनेहरूमा सगुन लाओती, यम बहादुर सुक्वाबा लिम्बु मङ्गल लाओती, धाेजनारायण साँवा, विशाल लिम्बु, धर्मेन पालुङ्वा घाइते भएका थिए । घाईते आन्दोलनकारीहरू मध्ये सगुन, यमबहादुर र मङ्गलकाे स्वास्थ अवस्था गम्भीर भएकाेले थप उपचारकाे लागि काठमाडौंमा पठाइएकाे थियोे ।
नाे केबलकार मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन रहेको छ । विचाराधीन अवस्थाकाे रहेकाे केबुलकार निर्माणकाे परियोजना जबर्जस्ती अगाडि बढाएको भन्दै अधिवक्ता शङ्कर लिम्बु सहितको कानुन व्यवसायीहरूले मुद्दा दायर गरेको थियाे ।