-पूर्ण बहादुर राना “मेल्क्हाट माम्हिन्च”

हाे मैले हलाेमा
हालेकाे भाेट
खेर गाकै छैन् ।
हाे मैले रूखमा
हालेकाे भाेट
खेर गाकै छैन् ।
हाे मैले हँसियाहथौडामा
हालेकाे भाेट
खेर गाकै छैन् ।
किनकि
रूख, सुर्य र हलाेले
नेताकाे भयाे भलाे
हामीले जिताएका नेताहरूले
काेशि महाकाली बेच्न
उद्योग कलकारखाना बन्द गर्न
बेथिति भ्रष्टाचार गर्न सफल भए ।
जितेका नेताहरूले
महङ्गि बढाउन
बेरोजगार बढाउन
मलाईनै साउदि मलेसिया पठाउन
सफल भए ।
अनि म कसरी भनाैं?
मेराे भाेट
खेर गाछ
अनि म कसरी भनाैं?
दुईचार चाेक्टा मासुमा
मैले भाेट बेचेर बेईमानि गरें
म कसरी भन्न सक्छु?
नेताकाे हित र जित भन्दा
देश र जनताको हित र जित
ठूलाे भनेर?
नभन मेराे भाेटले काम गरेन
मेराे भाेटले
मेराे भाषा मारेनकि
मेराे सत्ता गुमाई दिएनकि
मलाई बेरोजगार बनाई
जहाज चढाएनकि
विदेश पठाएनकि
म कसरी भुलुँ
मेराे बाउबाजेले
रूख र सुर्यमा
हलाे र हँसियाहथौडामा
भाेट हालेकाे?
म नमरून्जेल
रूख, सुर्यमा भाेट हाल्ने हुँ
मेरा बच्चालाई पनि हलाउने हुँ
मेरा नातानातिनाहरूलाई
गर्भे काङ्ग्रेस कम्युनिस्ट बनाउने हुँ
मेरा पनातीहरूलाई
शुक्रकिटे काङ्ग्रेस कम्युनिस्ट
बनाउने हुँ ।
त्यसैले याद राख
परिवर्तन चाहाने मूलाहरू ।