पूर्ण बहादुर राना
२०८१ पुस २४ गते बुधबार । याे लेख पि.एच.डी. स्कलर टि. बि. पुनद्वारा २०७४ श्रावण २५ गते तदनुसार 09 Aug 2017 गते वहाँकाे फेसबुकवालमा प्रेषित लेख हाे । र याे लेख सान्दर्भिक भएकोले राज्यसत्ता डटकममा पुनः प्रकाशन गरिएको हाे ।

हालसालै नेपाल मगर संघ केन्द्रीय समितिले डा. केशरजंग बराल मगरको संयोजकत्वमा ३१ सदस्यीय मगरको इतिहास, भाषा, लिपि, धर्म र संस्कृतिको खोज अध्यन अनुसन्धानका लागि एक कार्यदल गठन गरेको छ । माथिका विसयहरुमा सम्बन्धित रहेर कार्यदलले अनुसन्धान गर्ने भनिएको छ । यसले मगरका विसयमा के कस्तो अध्यन अनुसन्धान गर्ने छ ! त्यो भने हेर्न बाकी नै छ । मगर संघका महासचिव ज्ञानेन्द्र पुनले मगर हिन्दु पनि होइनन् । बौद्ध पनि होइनन् उनिहरु प्रकृतिपुजक जाती हुन । भनेर आफ्नो फेसबुक स्टाटसमा राखे पछि मगर समाजमा फेरि अर्को धार्मिक विवादको बहस चुलिएको छ । उनको यो भनाइले मगर बौद्धहरु उनिप्रती रुष्ट मात्र होइनन आक्रोसित भैइरहेका देखिन्छन । कतै फेरि बौद्ध धर्म र बौद्ध मगर समाजलाइ कम्जोर पार्न यो कुरा सुनियोजित रुपमा आएको त होइन ? भन्ने प्रश्न उठनु अस्वाभाविक पनि होइन । याहा केवल मगर समुदायको धर्मको विसयमा केन्दित रहेर मेरो निजि बिचार प्रस्तुत गर्न खोजेको छु ।

नेपालमा अहिले १२५ जातजातिका मानिसहरू बसोबास गर्दछ्न । १२३ प्रकारका भासाहरु बोलिन्छन । त्यस मध्य मगर जाती छेत्री, बाहुन पछिको तेस्रो स्थानमा रहेको जाती हो । नेपाल सरकारको पछिल्लो जनगणना अनुसार मगरको जनसंख्या १९ लाख जति रहेको छ । अहिले पनि मगर जातिभित्र ३ वटा भासाहरु:- मगर ढुट, मगर खाम, मगर काइके आदि रहेका छन् । मगरका १ हजार भन्दा बढि थरउपथरहरु रहेका छ्न । नेपालभर छरिएर रहेकाले मगरहरु विभिन्न धर्म संस्कार संस्कृतिहरु मान्दछन । यो जाती आफैमा वहुजातिय, वहुभाषिक, वहुधार्मिक र बहु साँस्कृतिक विविधता पाइन्छ । नेपाल लामो कालखण्ड हिन्दुराज्य हिन्दूकरणको प्रक्रियाले गर्दा मगरहरुको धर्म, संस्कार संस्कृति छेत्री बाहुन र हिन्दु धर्मसङ्ग नजिक रहेको देखिन्छ। त्यसैले पनि मगरहरु आफ्नै मङ्गोल नश्लका दाजुभाइ बौद्ध जातितिर भन्दा पनि हिन्दु खसबाहुनतिर बढि नजिकिएको पाइन्छ । यो धर्मका कारण नै हो ।
२०४६ साल प्रजातन्त्र पछि जातिय पहिचानको मुद्दा जब माथी उठ्यो । मगर समाज हिन्दु धार्मिक शाेषण, दमन र ब्राह्मणवादबाट मुक्ति लिन मगरहरुले उपयुक्त आदिवासी नेपाली धर्म बौद्ध धर्म नै उपयुक्त ठाने । २०५५ साल पुर्व धरानको बिर्तामोडमा मगरको धर्म र संसकार सम्बन्धि एक अन्तर्राष्ट्रिय सम्मेलन भएको थियोे । सम्मेलनमा विशेष गरि मगरको धर्म हिन्दु, बौद्ध वा प्रकृतिपुजक के हो भन्ने वारेमा व्यापक छ्लफल भएको थियो । सम्मेलनले स्याङ्जालि एम.एस. थापा मगरद्वारा प्रस्तुत कार्यपत्रले मगरको ऐतिहासिकता र सम्बन्ध बुद्ध धर्मसङ्ग जोडिएको देखाएको थियो । उनको कार्यपत्र बौद्ध धर्म र मगर जातिलाई स्विकार्दै मगरको धर्म बौद्ध नै हुनु पर्दछ भन्ने निर्णय पारित गरेको थियो । पाल्पाली डा. केशरजंग बराल मगरले प्रस्तुत गरेको प्रकृतिकपुजक धर्ममा कुनै लिखित र ब्यबस्थित दर्शन नभएको यो धर्म नभएर स्थानीय मगरको विस्वास मात्र भएको यसले हिन्दु धर्म कै पक्षपोषण गरेको र मगर समाजलाई घुमाइफिराइ हिन्दुब्राह्मणवादमै कायम राख्न खोजेको यसले समुर्ण मगर समाजलाइ दार्शनिक र धार्मिक रुपमा एकताबद्ध गर्न नसक्ने ठहर गरि सम्मेलनले उहाँको कार्यपत्रलाई अस्विकार गरिदिएको थियो । त्यसको दुई वर्ष पछि मगर संघको सातौं राष्ट्रिय महाधिवेशनले मगरको जातीय पहिचान धर्म बौद्ध नै हो भन्ने कुरालाई स्विकार्दै मगर संघ केन्द्रीय समितिले मगरको धर्म बौद्ध निर्णय सर्वसम्मत पारित गरेको थियो । त्यतिबेला मगर संघको केन्द्रीय अध्यक्ष स्व. गोरे बहादुर खपाङ्गी मगर हुनुहुन्थ्यो ।
हिजोआज मगरको धार्मिक संघ नेपाल मगर बौद्ध सेवा समाज छ । यो बि. सं.२०५३ सालदेखि आजसम्म निरन्तर रूपमा समाजमा धार्मिक रुपमा कृयाशिल रहिआएको छ । ५०/५५ जति जिल्लाहरुमा यसको धार्मिक सामाजिक संगठन रहेको छ । बर्मा, थाइल्यान्ड, श्रीलंका र नेपालका विभिन्न बौद्ध विहारहरुमा अध्यन गर्ने मगर बौद्ध भिक्षु / गुरुमाहरुको संख्या ३ सयभन्दा बढी रहेको छ । उनिहरुलाई समाजमा कसरी ब्यबस्थापन गर्ने भन्ने कुरा मगर संघले अझैसम्म सोच्न सकेको छैन । मगर संघले त्यतातिर ध्यानाकर्षण गरेको पनि छैन । किनकि मगर संघमा अहिले बढी हिन्दु धर्ममा आस्था राख्ने अभ्यास भएका मगरहरुको हाबी रहेको देखिन्छ । हालाकी उनिहरु आफुलाइ हिन्दु नभनेर प्रकृतिपुजक भन्न रुचाउँछन् ।
आज हाम्रै मगरका सन्तान बौद्ध धर्म गुरु/गुरुमाको रेखदेख ब्यबस्थापन धर्मको रक्षा कसले गर्ने यो कुरा आज मगर संघले सोच्नु पर्ने बेला भएको छ । बौद्ध धर्मबाट मास्टर्स डिग्री गर्ने मगरहरु १ दर्जन बढी छन् । बौद्ध धर्म विषयमा अध्यन गर्ने मगरहरु दर्जनौं छ्न । बौद्ध धर्म र मगर जाति समाज केन्द्रित विषयमा पि. एच.डि भइरहेको छ । मगरका आफ्नै बौद्ध विहार गुम्बाहरु दर्जनौं छन । अहिले ६० प्रतिशत माथीका मगरहरु आफुलाई बौद्ध भन्न रुचाउँछन् । बिदेशमा रहेकाले त १ सय प्रतिशतले नै आफुलाई बौद्ध पहिचान दिन्छन । अनपढ गाउँघरतिर धर्म के हो ? नबुझेकाहरुको हकमा भने कुरा अर्कै हो ।

नेपालमा मल्लकालदेखी पन्चायत काल लगभग ६ सय बर्षको अवधिमा नेपालमा थेरवाद बौद्ध धर्म लगभग लोप जस्तै बनाइयो । अधापी नेपाली आदिबासी बौद्ध धर्मलाई कम्जोर पार्न विभिन्न छ्दम भेसमा अनेक धर्म वा सम्प्रदायको नाममा समाजमा मानिसहरू सक्रिय भएर लागिरहेका छ्न । हाम्रो मगर समाजमा पनि बौद्ध धर्मलाई कम्जोर पार्न मगरको धर्म बुद्ध होइन यो वा त्यो धर्म हो भनेर भड्काउने अन्यौलतामा पार्ने विवाद सृजना गर्ने काम बिगत देखि निकै भएको छ । यस्तो अफवाह फैलाएर नेपालमा र मगर समाजमा हिन्दु वा कृश्चियनकरण गर्ने वा धर्मलाई अफिम बनाएर मगर समाजलाई धार्मिकताबाट अलग गरि सामाजिक बिकासमा अबरोध अन्यौलता सृजना गर्न पनि खोजिदै छ । हिजो हामीले उ मगर विद्वान छ । पढेलेखेको मगर हो । उसले डाक्टर वा पिएच डि गरेको छ । उ हाम्रो मगरको विद्वान लेखक हो । भन्ने भ्रममा परि हामी अन्धो भक्त बनेर सहि र गलत छुट्याउन सकेनौ । बास्तबिकता के हो ? यो कुरा मेरो वा समाज समुदायको हित कल्याणकारी छ कि छैन ? भन्ने कुरा ज्ञान बिज्ञानको आखाले हेर्न सकेनौ । हामीले बाहुनको त खुब बिरोध गरेउ तर हामी आफ्नै मगर समाज भित्र रहेका छ्दम छ्ट्टु मगर बाहुनको बिरोध गर्न सकेनौ । उनिहरु के धेयले कोद्वारा निर्देसित छन भन्ने कुरा बिलकुलै बुझ्न सकेनौ । अब बल्ल मगर समाजले बिस्तारै बुझ्दै गइरहेको छ । यो निस्चय नै सकारात्मक पक्ष हो ।
Maile pahile pani mero bichaar raakheko thiye, katai kehi sujhaav hun sakthyo ki ta?सम्पुर्ण मा नमस्कार्,
यो पोस्ट नया हो कि पुरानो ? तर बिषय भने गम्भिर र मगर हरु ले सोचेर प्रतिज्ञा सहित निर्णय गर्नु पर्ने छ । समय र भौगोलिक अथवा बसोबास को आधार मा अनि इतिहास मा मगर हरु ले के गरे, कस्तो गरे, कती सास्ती पाए, कती अनिकाल धकेले,कती राज्-काज चलाए, कुन सन्स्कार मा थिए, किन ज्यादा मगर हरु रोज्गारी कै लागी बिदेस पलायन भए, कती पुजारी बने, कती नाम र कलाले कुदिएकै भर मा मुर्ती का देवी देउता हरु लाई निरिह प्राणी को बली चढाइयो अनि मगर हरु ले कती उपलव्धी गरे ? कस्तो कस्तो आधुनिक उपकरण हरु बनाउन सक्यो ? आफ्नो जिवन्स्तर र रास्ट्र लाई के योग्दान अनि अन्तरअस्ट्रीय क्षेत्र मा हाम्रो चेतना को स्तर कहाँ छ र राज्नितिक पहुच र बुझाइ कस्तो ? यत्ती धेरै बर्षै भरि पुजा पछी बली दिदा पनि किन मगर हरु शक्तिहिन ? किन बेरोज्गारी ? किन धेरै रोग्ब्याधी को शिकार ? के आस्था भन्दै मा कुनै मुर्ती ले कुनै मगर लाई साच्ची नै आशिर्वाद ले काम गरेको छ त ? पृथ्वी मा जे जती छ्, यि सबै प्रकृति, ति मध्य मा मानिस ले मात्र बिकास , परिवर्तन अनि बिनास पनि गर्न सक्छ जुन हामी ले देखी राखेका छौ । त्यसैले , हामी ले अथवा हाम्रा पुर्खा हरु ले पहिले जे जस्तो गरे ता पनि अब को आधुनिक र बिज्ञान को समय मा प्रकृतिक पुजक भन्दै प्राणी हिम्सा र बिनास गर्ने होइन्, प्रकृती सन्रक्षक बनौ ।हामी ले स्वास्थ्य, शिक्षा अनि धर्म को ओकालत र अनिवार्यता छ भने बुद्ध सन्स्कार र शिक्षा नै हाम्रो सही बिकल्प हो यस मा दुइ मत नगरौ । म ठोकुवा को साथ भन्छु, अहिले सम्म हामी ले जे जती गर्यौ, त्यहाँ धर्म थिएन्, मात्र सन्स्कार र रमाइलो मात्र । जहाँ धर्म छैन या जस्ले धर्म गर्दैन्, उस्ले चाहेको-आटेको कार्य पनि पुरा हुँदैन्, हामी आफै सुरक्षित हुँदैन अरु त के कुरा गर्ने ? यदी बुद्ध ले दिनु भएको paन्चशिल नै हामिहरु को लागी टगार्वो (ढोक) बन्छ भने खाली पेट मा थाली भरि अक्षेता को के अर्थ ? त्यसैले सम्पुर्ण मगर हरु मा अनुरोध्, सोच बदलौ, चलन मा होइन्, वास्तविकता मा जिवन ब्यतित गरौ, बुद्ध धर्म अध्ययन गरौ ।
भवतु शब्ब मंगलम ।