हुम बहादुर थापा मगर
काठमाण्डौ , पुस १५ – गोरे बहादुर खपाँगी फाउण्डेशनको नवौ साधारण सभा र चौथो अधिवेशन सम्पन्न भएकोछ । फाउण्डेशनका संस्थापक अध्यक्ष हुमबहादुर पचभैया थापा मगरका नेतृत्वमा पुरानै समिति लाई नबिकरण गर्दै २ जना नयाँ सदस्य थप गरि ९ जनाको कार्यसमिति निर्माण गरेकोछ । जस्को उपाध्यक्षमा रुद्र गुर्मछान , सचिबमा खडक सारु मगर र कोषाध्यक्षमा चन्द्र बहादुर थापा चयन हुनु भएकोछ ।

सदस्यहरुमा : अधिबक्ता मोहन शासंकर , पुर्ण राना मगर , गायित्री राना मगर रहनु भएकोछ । साधारण सभाले अध्यक्षको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्बसम्मत पास गरेकोछ । फाउण्डेशनले यस पटक पनि नयाँ नेतृत्व दिन असर्मथ रयो । बर्तमान अध्यक्ष थापाले कामको चाँप र राँपले गर्दा पदहस्तान्तरण गर्न चाँहेका थिए । उनि २०७२ सालदेखि हालसम्म नेतृत्वमा रहदै आएकाछन ।

थापा मगरकै पहलमा २०७२ असार ३० गते काठमाण्डौको सुनधारास्थित के.बि.राना ज्युको होटल न्यु क्यास्टलको आमभेलाले गोरेबहादुर खपाँगी फाउण्डेशन नामक एक सामाजीक संस्थाको जन्म दिएको हो ।
नेपालको राजनीतिक , सामाजिक क्षेत्रका बहुँचर्चित स्व.नेता गोरेबहादुर खपाँगीको २०७० साल वैसाक १२ गते रहस्यमय मोटरबाइकको ठकरबाट लामो उपचार पश्चात २०७३ साल भाद्र ११ गते काठमाण्डौको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपाचरत अवस्थामा दुःखद् निधन भएको थियो ।

फाउण्डेशनले स्व. नेता खपाँगीकोे हरेक बर्ष भदौ ११ गतेका दिन उहाँको स्मृतिमा स्मरण गर्ने देखि ब्यक्तित्व र कृतित्व प्रकाशन गर्दै दृश्य , अदृस्यरुपमा काम गर्दै आइरहेकोछ ।

फाउण्डेशनको साधारण ,आजिवन र संरक्षक सदस्य बन्न चाहेमा क्रमशः रु.एक हजार , रु.१० हजार र रु.२५ हजार देखि माथी तिरेर ब्यक्तिगत वा संस्थागत सदस्यता लिन सकिनेछ । जानकारीका लागी अध्यक्ष र कोषाध्यक्ष ९८४१५९३६०६ , ९८४१३५२१९१ मा संर्पक गर्नुहुन अनुरोध गरिन्छ ।

हुमबहादुर थापा मगरको अध्यक्षतामा नेपाल मगर संघ केन्द्रीय समितिका पुर्व कोषाध्यक्ष ,फाउण्डेशनका आजिवन सदस्य एबं सल्हाकार क्या.कुल प्रशाद पुन मगरज्युको प्रमुख आथित्यमा र सचिव खड्रक सारु मगरको संचालनमा कार्यक्रम संचालन भएको थियो । फाउण्डेशनका संस्थापक सचिब भावेश भुमरी , संस्थापक सदस्य गंगा खासु मगर , रत्न राना ,नेपाल मगर संघ , काठमाण्डौ जिल्ला समन्वय समितिका अध्यक्ष डब गर्बुजा मगर , गंगा बहादुर थापा मगर , आजिवन सदस्य नारायण राना मगर ,सुन्दर बलामपाकी मगर लगाएत अतिथिमा हुनुहुन्थ्यो ।