अघिल्लो निर्वाचनमा ४ मतले हारेकि ताप्लेजुङको सिरिजंगा-३ मा कुमारी साउदेनले जितिन

Read Time:1 Minute, 26 Second

पूर्ण बहादुर राना

काठमान्डौं , २०८१ मंसिर १७ गते । ताप्लेजुङ जिल्लाको सिरिजंगा गाउँपालिका वडा नम्बर ३ को वडाध्यक्षमा एमाले उम्मेदवार कुमारी साउदेन विजयि भएको छ ।

गत निर्वाचनमा ४ मतले हारेकी कुमारी साउदेनले यस पटक उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेनलाई १०२ मतकाे अन्तरले हराई दिएकाे छ । कुमारीले ३ सय ५३ मत ल्याएकि थिईन भनेउनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार अम्बि साउदेन २ सय ५१ मत प्राप्त गरे । गत निर्वाचनमा ४ मतले जितेकाे नेपाली काङ्ग्रेसले
यस पटक नेपाली काङ्ग्रेसका उम्मेदवार भीम लक्सम्बा लिम्बूले २ सय १८ मत प्राप्त गरे । यस पटककाे निर्वाचनमा एमालेका उम्मेदवार र काङ्ग्रेसको उम्मेदवारकाे मत १३५ ले फरक परेकाे छ ।
अघिल्लो निर्वाचनमा हारेकि कुमारी साउदेन नेपाली कांग्रेसका दिलप्रसाद बोखिमसँग ४ मतले पराजित भएकी थिइन् ।

2 0
Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
33 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %