मिति २०८१/०८/1४
नेपाल संवत् ११४५, कछलागा 1३, शुक्रबार
प्रेस विज्ञप्ति
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको मतदान बिहान ७:०० बजेदेखि बेलुका ५:०० बजेसम्म तोकिएको मतदान केन्द्रमा हुने कार्यक्रम रहेको छ।

उक्त मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ। मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको छ। तसर्थ उपनिर्वाचन हुने नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडा अध्यक्ष ३३ गरी जम्मा ४१ पदको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np/ मा नै अद्यावधिक गरिने व्यहोरा राजनीतिक दल, उम्मेदवार, मतदाता, सञ्चार माध्यम लगायत सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ।
नीता पोखरेल अर्याल
सहसचिव एवम् प्रवक्ता