पहुँचयुक्त मतदान केन्द्र निर्माण सम्बन्धमा – प्रेस विज्ञप्ति

Read Time:2 Minute, 16 Second

मिति २०८१/०८/12

नेपाल संवत् ११४५, कछलागा 12 बुधबार

प्रेस विज्ञप्ति

पहुँचयुक्त मतदान केन्द्र निर्माण सम्बन्धमा

वि.सं. २०८१ मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदातालाई समेत सहजतापूर्वक मतदान केन्द्रमा गई आफ्नो अमूल्य मत प्रदान गर्न यथोचित व्यवस्थाका लागि आयोगको मिति २०८१।०८।०३ को निर्णयानुसार उपनिर्वाचन हुने स्थानीय तहलाई निर्देशन दिई सकिएको छ।

सोही अनुरूप मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको सहयोग र समन्वयमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदाताको गोप्य मतदान कक्षसम्म जानको लागि सहज मार्गको व्यवस्था, उपयुक्त स्थानमा गोप्य मतदान कक्ष तथा मतपेटिका राख्ने व्यवस्था, मतदान केन्द्रमा प्रवेश गर्दा र मतदान गरिसकेपछि बाहिर निस्कँदा सहज मार्गको व्यवस्था एवम् सम्भव भएसम्म विश्राम स्थलको समेत व्यवस्थाका लागि निर्देशन दिइएको छ।

निर्वाचनमा प्रत्येक मतको समान महत्व हुने भएकोले मंसिर १6 गते आइतबारका दिन विहान ७:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म हुने उपनिर्वाचनमा गर्भवती महिला, अशक्त, बिरामी, जेष्ठ नागरिक र अपाङ्‍गता भएका मतदाता लगायत सबै मतदातालाई सम्बन्धित मतदान केन्द्रमा गई सहज रूपमा मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आयोग आह्वान गर्दछ।

नीता पोखरेल अर्याल

सहसचिव एवम् प्रवक्ता

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %