महिलाहरू मरेकाे लाेग्नेसँग सेताे कपडा लगाएर विहे गर्ने चलन

Read Time:3 Minute, 53 Second

पूर्ण बहादुर राना


(क) केटिले बिहे पश्चात् पाँचवटा बिहेको प्रमाण लिएर हिंड्छ ।

(१) सिन्दुर लगाउनु
(२) राताे टीका लगाउनु
(३) राताे चुरा लगाउनु
(४) राताे पाेते लगाउनु
(५) पाउजु लगाउनु?

यी सामाग्री लगाउने कारण के हाे? अनि केटाले बिहेकाे प्रमाण स्वरूप केही लगाउनु नपर्ने?

विहेकाे सुहागरातमा केटिकाे भर्जिन ताेड्दा रगत आउँछरे । कि त्यहि भर्जिन ताेडेकाे रगतकाे छिर्का स्वरूप लगाएकाे हाे सिन्दुर निधारमा? अनि कसैले आफ्नो श्रीमानकाे आयु लामाे हाेस भनेर अरे! अनि लाग्नेले श्रीमतीको आयु लामाे हाेस् भन्नू पर्दैन । कि सिन्दुर निधारमा लगाएसि अरू केटाहरूले र्याल नकाढाेस भनेर हाे?

(ख) केटीले केटाकाे खुट्टा ढाेग्नु पर्ने कारण के हाे?

(१) याे महिला माथिको दमन र उत्पिडन हाे । याे चरम विभेद हाे । चरम महिला माथिकाे शाेषण हाे । महिलाहरू दास र पुरूषहरू मालिक भएको प्रमाण हाे । बिहेपछि खुट्टा र तिघ्रा र खप्ट्यार सुतेर किस गर्न हुने अनि खुट्टा लाग्याे भन्ने । जुठाे खान नहुने भन्ने? किन केटीहरूले मूला केटाहरूकाे खुट्टा ढाेग्ने? के केटाले जीवन दिएको हाे केटिकाे । कुनै मानिस वा सजिव प्राणिकाे जीवन त बाबाआमाले दिन्छ । कि केटा ब्रिटिश आर्मि वा अमेरिकन आर्मि भएर हाे? वा डलर र पाउन्डले गर्दा हाे?

(२) केटीले केटाकाे खुट्टा ढाेग्छ भने केटाले पनि केटीको खुट्टा ढाेग्नुपर्छ । अब खुट्टा ढाेग्ने कार्य लाेग्ने र श्रीमती बिच आलाेपालाे र बराबर हुनुपर्छ ।

(ग) महिलाहरूले मरेकाे श्रीमानसँग पनि बिहे गर्नुपर्ने

महिलाहरूले लाेग्ने नमरून्जेल अन्य लाग्ने मानिसले हेरेर याैन आकर्षण वा याैन चाहाना नहाेस अर्थात् याैन र्याल(sexual attraction) नकाढाेस भनेर राताे कपडा, सिन्दुर, चुरा पाेते लगाउनु पर्ने । र लाेग्नेकाे मृत्यु पश्चात् झन विधुवा भएपछि सबैले हेप्ने र पुरूषले अनेकन गिद्दे दृष्टि राख्ने भएकोले सकेसम्म मरेकाे लाेग्नेकाे लाससँग सति प्रथाकाे नाममा जिउँदै जल्नु पर्ने अवस्था थियाे ।

अहिले आएर श्रीमान मरेपछि मरेकाे लाेग्नेकै पेवा हाे भनेर सेताे कपडा लगाएर बस्नुपर्ने सँस्कार छ । मरेकाे मानिसँग विहे गर्ने चलन विश्वकाे १९५ भन्दा बढि देशमा नेपाल र भारतमा मात्रै हाेला । महिलालाई मरेकाे लाेग्ने मानिससँग विहे गरेर सेताे कपडामा गुटमुटिएर बस्नु पर्ने प्रथा र चलन चलाएर दमन गरेकाे । जिउँदाेमा पनि त्महिलाहरू यहि लाेग्नेमानिसकाे निजी वस्तु(Private thing) हुनु पर्ने । र लाेग्ने मरिसके पछि पनि सेतै कपडा लगाएर त्यहि मरेकाे लाग्नेकै नाममा सेतै कपडा लगाएर मरेकाे लाेग्नेसँग बिहे गरेर उसकै निजी सम्पत्ति(Private prolerty) भई दिनु पर्ने?

2 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
50 %