-पूर्ण बहादुर राना

मीन भवन त
बानेश्वरमै थियाे
तर अब किर्तिपुरमा
अर्काे मीन भवन बन्ने रे
मीन भवन हिजाे ठाउँकाे नाम थियाे
अब भवनकाे नाम हुने रे ।
हिजाेकाे साझा व्यापारी
सबैले गर्व गर्ने
भाटभटेनिका साहु
मीन गुरूङले
एमालेकाे लागि
मीन भवन बनाई दिने रे ।
हिजाे सबैकाे साझा
सुपरमार्केटका राजा
सबै गुरूङले गर्व गर्ने
सबै आदिवासीले गर्व गर्ने
सबै नेपालीले गर्व गर्ने
मीन बहादुर त
असली एमाले मीन बहादुर भएछन्
३ कराेड नेपालीको साझा मीन बहादुर
२८ लाख एमालेकाे साझा मीन बहादुर भएछन् ।
मिनकाे याे नजिर
र बिनाेद चाैधरिकाे नजिर
आकाश जमिन फरक छ
बिनाेद कहिले एमाले भए
कहिले काङ्ग्रेस
भाेलि माओवादी हाेलान
पर्सि स्वतन्त्रत बसिदेलान
तर मीन बहादुर भने
बाउ पनि एमाले
बाजे पनि एमाले
गर्भे एमाले
शुक्रकिटनै एमाले बन्नुपर्छ
यथास्थितिवादी एमाले
बन्नुपर्छ भन्ने पाठ सिकाए ।
मीन गुरूङ!
तिम्राे याे कदमले
एमाले र काङ्ग्रेसले
राम्रो गरेनि नराम्रो गरेनि
मेसाे नपाउने आदिवासीहरू
हाेस नभएका आदिवासि
सर्वस्व लुटिंदा थाहा नपाउने आदिवासीहरू
जुन पार्टीहरूले
तिमी मीन गुरूङलाई
भाषा विहिन
धर्म विहिन
सँस्कार सँस्कृति विहिन
राजनीति विहिन
सत्ता विहिन बनायाे
उहीँ काङ्ग्रेस एमालेमा
एकपटक काङ्ग्रेस एमाले बनेपछि
सधैं सधैंका लागि एमाले बन्ने
सधैँ सधैंका लागि काङ्ग्रेस बन्ने
मार्गदर्शन गर्न सिकायाै तिम्ले ।
अब त झन
बाजे मात्रै काङ्ग्रेस एमाले हाेईन
बाउ मात्रै काङ्ग्रेस एमाले हाेईन
गर्भे काङ्ग्रेस एमाले
शुक्रकिटे काङ्ग्रेस एमाले बन्न
दिशानिर्देश गर्याे मीन बहादुर ।
नबनाउ
दान नदेउ
कदापि भनेकाे हाेईन
दान त एलेन मस्कले
निर्वाचन आयाेगसँग
प्रक्रिया पूरा गरि
ट्रमलाई दिए ।
सुन त!
तिमीले
हिजाे टिचिङमा
भवन बाई दिंदा
म जस्ता बबुराेले
तिम्रो नाम लिई
मेराे बाबाआमासँग
तिम्रो चर्चा गरेकाे थिएँ ।
तिमी धनी भएको
एमाले भएर हाेईन
एमाले भएर भएको भए
२८ लाख एमाले भाेटरले नै
सुपरमार्केट बनाउने थिए ।
तिमी धनी भएको त
तिम्रो मिहेनतले हाे
ईमानदारीताले हाे
निरन्तरताले हाे ।
तर तिम्रो याे दानले
तिम्रो भावि सन्ततिहरू
उनिका आफ्नै क्षेमताले
राजदुत भए
प्रधानमन्त्री र प्रधानन्यायाधीश भए
प्रधानसेनापति भए
तिम्रो बाउ बाजेले एमालेलाई
गुण लगाएर हाे भन्ने छ ।
तिम्ले याे कदम चालेकाे
तिमीले आर्थिक मुक्ति पाएर हाेला
तर तिमीले
भाषिक मुक्ति कहिले पाउने?
धार्मिक मुक्ति कहिले पाउने?
साँस्कृतिक मुक्ति कहिले पाउने?
राजनीतिक मुक्ति कहिले पाउने?
सत्ता मुक्ति कहिले पाउने?