सुरेशको स्वर, टिकाको संगीतमा रहेको ‘पल पलमा’ सार्वजनिक (भिडियो)

Read Time:1 Minute, 18 Second

 Samuel Kainee

काठमाडौं । गायक सुरेश लामाको सुमधुर स्वरमा सजिएको ‘पल पलमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णु बाबु देवकोटाको रहेको छ।  

टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। 


म्युजिक भिडियोमा नविन न्यौपाने र अन्जसा  रिजाल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।  युयुश ढकालले छायाँकन गरेको यस भिडियोमा आरती  लिम्बुको  सम्पादन रहेको छ।

 भिडियोको निर्माता केशब पाण्डे र सरोजा शर्मा हुन्। बिचित्र फिल्मसले निर्माण गरेको यस भिडियोलाई नविन न्यौपानेको निर्देशनमा तयार पारिएको हो।  

भिडियो ‘अमेजिंङ प्राइम नेपाल’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।

 भिडियो लिंक: https://youtu.be/SM47ViKQ72Y?si=CwYTj2wUYN6rGEzE

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %