तिम्राे र बाउबाजेको?
तिम्राे बाउ बाजेले
नत संविधान लेखे
नत राणा विरूद्ध
नत पञ्चायती विरूद्ध
नत शाह विरूद्ध
पार्टी खाेले?
केवल झण्डा बाेके
दण्डा खाए
कार्यकर्ता बने
अनि भाेट हाले ।
नत तिम्रो बाउ बाजेले
आफ्नै पैसामा
बैंक खाेले
स्कुल खाेले
टिभी रेडियो खाेले
हस्पिटल खाेले
उद्योग कलकारखाना खाेले
शासन प्रशासन चलाए
नत व्यापार व्यावसाय खाेलेे
नत पत्रपका चलाए
तिम्राे बाउले त केवल
धाैधाै गरि
घर चलाए ।
अनि तिमी भन्छाै मैले केही पाईन?
किन पाईन?
तिमीले कहिल्यै साेंच्याै?
तिमीलाई थाहा छ?
सत्ता कति निर्मम र कठाेर हुन्छ ।
तीमले केवल
सुर्य रूखमा
भाेट हालेकै आधारमा
हामी सबै जाति धर्म
समान हाे भन्दैमा
हुन्छ त?
के तिम्रो बाउ र
तिम्रो समुदायले
जातीय एकाधिकार विरूद्ध
मनुवादि विरूद्ध
बाेल्न सक्छन्?
माग्ने ठाउँमा हाेईन
दिने ठाउँमा बस्ने
हिम्मत र आँट छ?
दम छ?
छैन छैन ।
छैन भने
राेएर बस
सहेर बस
आफू भन्दा कमजोरले
शासन चलाएको
भाेगेर बस ।
तिम्रो ९८.५% भनेकाेत
९ र ८ जाेडेर
आउने जाेडफल
१७ हाे ।
मुस्लिम युवतिकाे भिडियोमा चीत्कार हेर्नुहाेस् ।