-पूर्ण बहादुर राना

मेराे देश
बनाउनै पर्छ
मेराे देश
अवस्य बन्छ
मेराे देश नबने
कस्काे देश बन्छ?
मेराे देश
मैले नबनाए
हाम्ले नबनाए
निम्ले नबनाए
कस्ले बनाउँछ?
कसले बनाई दिन्छ?
अरूले बनाएकाे देशमा
जान पाउँदा
पढ्न पाउँदा
बस्न पाउँदा
काम गर्न पाउँदा
मख्ख भएर
घमण्ड गरेर
खुसि भएर
बस्ने भए
समयकाे चक्र हाे
भाेलि तिनलाईनै
खान नपुगे
बस्न नपुगे
जागिर नपुगे
भाेलि तिनले
नआईज भने
नबस भने
नपढ भने
नगर भने
के गर्ने?
कसाे गर्ने?
कहाँ जाने?
अरूकाे देश जान पाउँदा
मेराे देश ठिक छैन भनेर
बनाउँदिन भनेर
खत्तम छ भनेर
मेराे देश बन्दै बन्दैन
हाम्राे देश धेरै पछि छ
भनेर सरापेर
हियाएर, गालि गरेर
हाेच्याएर
देश बन्छ त?
ती धनी भनेका
ती विकसित भनेका
ती सभ्य भनेका
देशका जनताले
आफ्नो देश ठिक छैन
बन्दै बन्दैन
खतम छ भनेर
कहिले भने हाेलान र?
मेराे देशकाे
गाेरेटाे बाटाे
घाेडेटाे बनाउनुछ
घाेडेटाे बाटाे
सडक बनाउनुछ
धुले सडकलाई
ग्रयाबल गर्नुछ
ग्य्राबललाई
पिच गर्नुछ ।
एक लेनलाई दुईलेन
दुई लेनलाई चारलेन
चारलेनलाई आठलेन बनाउँनुछ ।
मेराे देशकाे
कृषिलाई आधुनिककरण गर्नुछ
वैज्ञानिककरण गर्नुछ
कृषि र विद्युत उत्पादनमा
मल र अाैषधि उत्पादनमा
कपडा र प्राविधिक सामान उत्पादनमा ध्यान दिनुछ
अाैद्याैगिकरण गर्नुछ
आयातमुखि हाेईन
निर्यातमुखि बनाउनु छ
जसरीनि मेराे देश बनाउनुछ ।