राज्यसत्ता
रुपन्देही , असोज १९ । तिलोत्तमा ५ स्थित मणिग्राममा रहेको न्यु इन्भाइरन्मण्ट एकेडमी प्रा.लि.ले २६ औ साधारण सभा सम्पन्न गरेको छ । एकेडमी ब्यवस्थापन समितिका अध्यक्ष नेत्रलाल बनको अध्यक्षतामा बयोबृद्ध शेयरसदस्य चिन्तामणी न्यौपानेको प्रमुख अतिथ्यता रहेको थियो ।

ब्यवस्थापन समितिका सदस्य गिरी प्रशाद गैरेको स्वागत मन्तब्य रहेकोमा रोहिता राई र हुम बहादुर पचभैया थापा मगरले शुभकामना मन्तब्य दिएका थिए । प्राचार्य मधु प्रकाश ज्ञवालीले कार्यक्रम संचालन गर्नु भएको थियो ।

सम्मान कार्यक्रमा अग्रज शेयरसदस्यहरु : चिन्तामणी न्यौपाने बर्ष ९५ , राम बहादुर राई बर्ष ८७ ,डिलाराम पोखरेल बर्ष ८३ ,जस बहादुर बुढाथोकी मगर बर्ष ८३ , कृष्ण प्रशाद शर्मा गोतम बर्ष ८० लाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

त्यस्तै हरेक बर्ष जेष्ठता क्रममा शेयरसदस्यहरु : जगन्नाथ बस्याल बर्ष ६२ र दान कुमारी राना मगर बर्ष ६१ लाई यो बर्ष देसल्ला र करुवाले सम्मान गरियो ।

प्राचार्य मधु प्रकाश ज्ञवालीले समग्र शैषिक प्रतिवेदन र प्रबन्ध निर्देशक हरि प्रशाद न्यौपानेले आर्थिक तथा प्रशासनिक प्रतिवेदन पेश गर्नु भएकोमा सर्बसम्मतिले पास गरेको थियो ।