हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा

Read Time:1 Minute, 46 Second

बिवेक लाेप्चन

काठमाडौँ । चर्चित मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ ।

क्यानाडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । ‘लामो समयपछी कर्मभुमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ ।

विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानाडाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलोपटक छायांकन गरेका हुन ।

गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रिको संगीत, इश्वर थापाको शब्द, पुरुषोतम सुवेदीको संगीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।

म्युजिक भिडियोमा इश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायांकन र कोरियोग्राफी गरेका हुन । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन ।

2 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %