हिन्दु शासककले हामीलाई
कसरी दशै मान्न बाध्य बनाएको
कालो ईतिहांस यस्तो छ …

आङ काजी शेर्पा,
(१) नेपालको माटो र नेपालका आदिवासी जनजातिसंग हिन्दु चाड दशैको कुनै सम्बन्ध भएको ईतिहांस काहि कतै तपाईहरूले कसैले पढनु भएको छ ? पढनु भएको भए भन्नुस ।
(२) तपाईको पूर्खाहरूले मान्ने मौलिक धार्मिक ग्रन्थहरू मुन्धुम, त्रिपिटक, कुरान, बाईबलमा दशैबारे वर्णन गरेको छ र ?
(३) त्यसैले दशै भारतबाट आयत गरेको चाड हो । भारतमा रामले रावणलाई मारेको र दुर्गाले महिषासुर मारेर बिजय दशैलाई बिजय दशमी भनेको हो । राम र दुर्गालाई आदिवासीले पूज्दैनन् ।
(४) हिन्दु धार्मिक ग्रन्थमा उल्लेख भएका असुरहरू, रावण र महिषासुर आदिवासीका पूर्खाहरू हुन । आफ्ना पूर्खाहरूको हत्या गरेको दिनलाई चाडको रूपमा मनाउनु हुदैन ।

(५) नेपालमा गोरखा राज्य विस्तार भए पछि अतिहिन्दुवादी निरंकुश गोरखाका शाह राजाले आदिवासी जनजातिलाई पहाडे बाहुनको शासन, हिन्दुधर्म संस्कृति र गोर्खा भाषालाई स्वीकार्न बाध्य परेको ईतिहांस १२ बजेको घाम जतिकै छर्लङ छ ।
(६) राई : दशैको टिका थाप्न राणा शासकको आदेश पालन नगर्दा आदिवासी जनजाति राम्लिहाङ र रिदमा आठपरिया राईलाई धनकुटमा झुण्डाएर हत्या गरेको थियो ।
(७) लिम्बु : सन १८३१ मा गोरखाका शाह राजाले दशै नमाने लिम्बुहरुको सुव्वाङ्गी र किपट खोस्ने धम्की दिएकोले बाध्य भएर लिम्बुहरुले दशै मानेका हुन । जोगीको वेशमा लिम्बु गाउँमा जासुस पठाएर दशै नमान्ने लिम्बुहरुलाई चरम यातना दिएर दशै मान्न बाध्य बनाएका थिए ।
(८) नेवा : षडयन्त्रपूर्वक गोरखाका राजाले काठमाडौ उपत्यका कब्ज गरेता पनि नेवाहरुले गोरखा राजाको शासन स्वीकारेका थिएन्न । नेवाहरुलाई गोरखा राजाको शासन स्वीकार्न बाध्य बनाउन गोरखा दरबारबाट फुलपाती ल्याएर काठमाडौको टुडिखेलमा फुलपाती बढाई गरेर नेवाहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(९) गुरुङ : पृथ्वी नारायण शाहको आदेश अनुसार सेनमा काम गर्ने गुरुङहरु, उनीहरुका परिवारहरुलाई र गोरखाका नजिक गाउँका गुरुङहरुलाई दशैमा अनिवार्य पशु बलि दिनु पर्ने र बलि दिए पछि हत्केलामा रगत लगाएर ढोकाको दायाँ र बाँया लगाउन बाध्य बनाएका थिए । बिक्रम सम्बत १८२६ देखि राजेन्द्र बिक्रम शाहले गुरुङहरुलाई लामा पुजारी राख्न बन्देज लगाएरु बाहुन पुजारी चलाउन बाध्य बनाएका थिए ।
(१०) मगर : बिक्रम सम्बत १६१६ मा द्रब्य शाहले खडका मगर राजालाई निर्मम हत्या गरेको मगरहरुमाथी शासन गरेको दिनदेखि मगरहरुलाई दशै मान्न बाध्य बनाएको इतिहास छ ।

(११)!तामाङ : सुनकोशीको बगरमा हातियार लुकाएर राखेर पृथ्वीनारायण शाहले तामाङका राजा रिन्जेन दोर्जेलाई मित लगाउन विना हतियार आउनु भनेर तिमाल बेशी भन्ने ठाउँमा बोलाए निर्ममतापूर्वक हत्या गरेर तामाङहरुलाई दशै मान्न बाध्य बनाएका थिए ।
(१२) सामाजिक सदभावको नाममा हामी आदिवासीहरूलाई षडयन्त्रपूर्वक हिन्दुका चाड पर्व दशै, तिहार, तीज, कृष्ण जन्मअय्टमी आदी मनाउन लगाउछन् ।
(१३) तर हामी आदिवासीको चाडपर्व, लोसार, साकेला, उद्यौली उभौली, महपूजा, तेमाल, जात्रा, माघे सकराती, छठ, भुमे पूजाहरूमा बाहुन बाहुनीहरूले मनाएको कसैले देख्नु भएको छ ?
बुझ्नेलाई यो कुरा गहिरो छ
नबुझ्नेलाई घर छेउमा पहिरो छ
नोट: “मतुवाली” शब्द राणा शाकालिन शब्द जुन जाड ,रक्सी अत्यद्धिक मात्रमा पिउने जाती भनेर हेयको शब्द प्रयोग भएको थियो ,हाल यो शब्दको प्र्योग औपचारिक रुपमा प्रयोग गर्न मान्य वा प्रचलनमा नभए पनि अहिले आदिवासी जनजाती भनिने( मगर ,गुरुङ ,राइ ,लिम्बु ,तमाङ ,शेर्पा )आदी “मङोलियन रेस” भनेर बुझिन्छ यधपी उनिहरुलाई अनौपचरिक रुपमा “मतवाली “शब्दको प्रयोग हुँदै आएको पाईन्छ र यही शब्द मानस पातलमा गडीएको कारण मतुवाली शब्द सबैले बुझ्ने भएको कारण यहाँ प्रयोग गरिएको छ।-रास
-आङ काजी शेर्पा, पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासंघ र राजनीतिक अभियन्ता हुन ।