वर्षाका कारण स्थगित भलिबल आइतबारबाट सुरु, सोमबार सेमिफाइनल हुने

Read Time:3 Minute, 37 Second

पोखरा , असोज १३ गते ।अविरल वर्षाका कारण २ दिन स्थगित भलिबल प्रतियोगिता आइतबारबाट पुनः सुरु भएको छ ।

पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता असोज ९ गते वुधबारदेखि सुरु भएको शुक्रबार र शनिबार वर्षाका कारण रोकिएको थियो ।

पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले हरेक नेपालीले मन पराउने लोकप्रिय खेल भलिबल भएपनि गण्डकी प्रदेशमा यसको क्रेज अरु प्रदेश भन्दा बढी भएको उल्लेख गरेका थिए । उनले गण्डकी प्रदेशमा क्लब देखि लिएर अन्तराष्ट्रिय स्तरका खेलहरु हुँदै गरेको जानकारी गराउदै आगामी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गण्डकी प्रदेशले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा लिएको जानकारी गराए ।

त्यसैगरी उपाध्यक्ष गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल खेलबाट स्तरीय राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रशिक्षण गराउँदै आइरहेको जानकारी पाउँदा खुसी भएको व्यक्त गरेका थिए।

आइतबार भएको खेलबाट सेमीफाइनलमा प्रवेश गरेका महिला र पुरुष तर्फका २÷२ को खेल सोमबार विहान देखि नै हुने प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले बताए । उनका अनुसार महिला तर्फ विहान ८ बजे नदिपुर एसपी पोखरा र शान्ता भलिबल खेल हुनेछ भने १० बजे टिम बागलुङ र धादिङ स्पोट्र्स क्लब धादिङको प्रतियोगिता हुनेछ त्यसैगरी पुरुष तर्फ १२ वजे आँधिखोला दिल्ली र गल्कोट स्पोर्टस् क्लब वागलुङको हुनेछ भने दिनको २ बजे एपिएफ मालेपाटन र नेपाल युथ स्पोर्टस् जापान फाइनलको लागि भिड्ने जानकारी गराए । मंगलबार फाइनल खेल हुने छ ।

प्रदेश खेलकुद परिषदका सदस्य शुभकन्या गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । भने टाइगर क्लब अप पोखराका उपाध्यक्ष देवेन्द्र केसी, समाजसेवी देवेन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

अशोक थापाले सञ्चालन गरेको तेस्रो चरणको उद्घाटन कार्यक्रम प्रशिक्षण केन्द्रका सन्चालक मनोज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष कुलबहादुर छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
50 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %