जसकाे सराेकार, उसैकाे प्रतिनिधित्वको अधिकार

Read Time:1 Minute, 43 Second

पूर्ण बहादुर राना

२०८१ असाेज १४

ए मधेसी!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए मुस्लिम!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए दलित!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए महिला!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए आदिवासी!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए सबैले हारा सर्वहारा!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए पिछडिएको क्षेत्र!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

ए अपांग!
तँ आफै उठ्
तेराे समस्या
तेराे सराेकार
तेराे ईच्छा चाहाना
र आवश्यकता
मलाई के थाहा?

मलाई थाहा भएको त
जसकाे सराेकार
उसैकाे हुनुपर्छ
प्रतिनिधित्वको अधिकार

किनकि
मैले महिलाकाे समस्या
अपांगको समस्या
दलित, मधेसी र मुस्लिमकाे समस्या
सुन्न रदेख्न सक्छु
तर
भाेग्न र अनुभव गर्न सक्दिन ।
भाेग्न र अनुभव गर्न सक्दिन ।
भाेग्न र अनुभव गर्न सक्दिन ।

2 0
Happy
Happy
50 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
50 %
Surprise
Surprise
0 %