पूर्ण बहादुर राना / २०८१ असाेज १२

प्रकृतिसँग निहुँ नखाेज मान्छे
ए मान्छे तैं हाेस्
लाेभिपापि
प्रकृतिसँग निहुँ खाेज्ने
प्रकृतिलाई दाेहाेन गर्ने
प्रकृतिलाई लुट्ने
प्रकृतिलाई बिगार्ने
प्रकृतिलाई भत्काउने
तैं हाेस् मान्छे।
आफ्नो सुरमा बग्ने
खाेलालाई यता गर्ने उता गर्ने
आफ्नो सुरमा बग्ने
नदीलाई यता गर्ने उता गर्ने
पानीकाे बाटाे छेक्ने
खाेलाकाे बाटाे छेक्ने
नदीकाे बाटाे छेक्ने
तैं हाेस् ।
रूख बिरूवा काट्ने
चराचुरुङ्गी मार्ने
जिवजजवार मास्ने
खानि निकाल्ने
तैं हाेस् मान्छे ।
तँ लाेभिपापी मान्छे
पकाएर खाने
गाडि कुदाएर
धुँवा निकाल्ने
तैं हाेस् मान्छे ।
जिवजनवार
पशुपंक्षिले
र किराकमिलालृ
पकाएर खाएकाे
देखेकाे छस्?
गाडी कुदाएकाे
देखेकाे छस्?
तेराे दुर्दशा
सरूभएकै
आगाे पत्ता लगाएर हाे
राप, ताप र चाप पत्ता
लगाएर हाे
ईनर्जि, परमाणु र हाईड्राेजन
पत्ता लगाएर हाे ।
बुद्धले भनेकाे ठिक
तेराे फलकाे कारक
तेराे कर्म हाे ।
भविष्यलाई साेंचेर
खानेकुरा जम्मा गर्ने
तैं हाेस् ।
त्यसैले त
तेराे घरकाे काेठामा
पानी पसेकाे छ
तेराे घरमा खाेला पसेकाे छ
तेराे शघर पहिराेले बगाकाे छ
तेराे घर बाढिले बगाकाे
तँलाई खाेलाले बगाकाे छ
पहिराेले पुरेकाे छ ।
खबरदार मान्छे!
तेराे कारणले
पानी नहुने ठाउँमा
पानी जमेकाे छ
पानी बगेकाे छ
पहिराे गाकाे छ
गर्मि बढेकाे छ ।
हेर मान्छे!
यस्तै गरिरहे
तँ एकदिन डाईनाेसर बन्नेछस् ।