साेचाैं त!

Read Time:1 Minute, 51 Second

२०८१ असाेज ५/पूर्ण बहादुर राना

कतै जन्म
कतै मृत्यु
कतै सफलता
कतै असफलता
कतै कमाई
कतै खर्च
कतै दिन
कतै रात
कतै गर्मी
कतै चिसाे
कतै खडेरी
कतै वर्षा
कतै हिउँ
कतै बालुवा
कतै ढुङ्गा
कतै माटाे
कतै पानी
कतै मरूभुमि ।

कोही धनी
कोही गरिब
कोही नेता
कोही भाेटर
कोही शिक्षक
कोही विद्यार्थी
कोही डाक्टर
कोही बिरामी
कोही ब्यापारी
कोही ग्राहक
कोही पाईलट र ड्राइभर
कोही यात्रु
कोही शासक
कोही शासित
कोही कपाल काटिरहँदा
कोही कटाई रहेका ।

काेहि हिड्न सक्दा
काेहि हिंड्न नसक्ने
काेहि रहर गर्दा
काेहिकाे रहर मरिरहेकाे
काेहि जागा रहँदा
काेहि सुतिरहेका ।

कसैले पानी पिईरहँदा
कसैले पिसाब फेरिरहेकाे
कसैले खाना खाईरहँदा
कसैले दिसा गरिरहेकाे
काेहि हाँसिरहँदा
काेहि राेईरहेकाे
काेहि खुसि हुँदा
काेहि दु:खि ।

काेहि गरिरहँदा
काेहि गराईरहेका
काेहि गाईरहँदा
काेहि सुनिरहेका
काेहि नाचिरहँदा
काेहि हेरिरहेका
काेहि खेलिरहँदा
काेहि खेलाईरहेका ।

काेहि भाेकाईरहँदा
काेहि मरिदिनुपर्ने
कसैकाे अस्तित्वको लागि
कसैकाे अस्तित्व गुमाउनु पर्ने
विचित्रको समाज
विचित्रको वातावरण
विचित्रको पर्यावरण
विचित्रकाे मानिस
विचित्रको पशुपंक्षि
विचित्रको जिवजनवार
विचित्र भित्रकाे चरित्र
चरित्र भित्र स्वर्थ दरिद्र ।

यसकाे समाधान संभव हाेला?

3 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %