उत्कृष्ट प्रदर्शन गर्ने छात्राहरूलाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान

Read Time:2 Minute, 54 Second

ईभा तामाङ

काठमाडौँ । राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१ मा प्रथम हुने आस्था विद्या मन्दिरका छात्राहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेकाे छ ।

नेपाल बाल संगठनले आयोजना गरेको देशब्यापी ‘राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको हाे ।

लोक नृत्य प्रतियोगिता २०८१ मा सहभागी आस्था विद्या मन्दिरका कक्षा सात र आठका छात्राहरू मिनाक्षी, आयुष्मा, एलिना, अक्क्षा, यनी, रोइस्का, आयुषा, र रश्मीले, सर्वोत्कृष्ट नृत्यू प्रस्तुत गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए।

avm4-1726627252.jpg

बाल दिवस २०८१ को अवसरमा आयोजित नृत्य प्रतियोगीहरुले निर्णायक मण्डलहरुलाई प्रभावित पार्दैै उपस्थित दर्शकहरूको भारी प्रशंसा बटुल्न सफल भएका थिए। प्रतियोगिताको अवलोकन गर्दै विजयी छात्राहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गरेको हो।

प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गर्दै बालबालिकाको सृजनात्मकता, संस्कृति र प्रतिभाको प्रोत्साहन गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा उल्लेख गर्दै छात्राहरूको कडा मेहनत र समर्पणलाई पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए।

avm2-1726627250.jpg

प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृति जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका थिए ।

विजयी टोली आस्था विद्या मन्दिरका छात्राहरूलाई हार्दिक बधाई दिँदै, बालबालिकाको सृजनात्मक विकासका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता प्रधानमन्त्री ओलीले औंल्याइएका थिए ।

1 0
Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %